site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौंको विद्युत् वितरणमा सुधार नगर्ने हो भने उपभोक्ताले ‘बरु लोडसेडिङ गरिदेऊ’ भनेर माग गर्ने अवस्था आउन लागेको छ । अहिले उपत्यकाका अधिकांश ठाउँमा विद्युत् आपूर्ति अत्यन्त अनियमित हुने गरेको छ । लामो समयसम्म विद्यत् कटौतीको मार सहेका उपत्यकाका उपभोक्ता विगत दुई वर्ष यता सहजरूपमा बिजुली पाएका थिए । नेपाल विद्युत् प्राधिकरणको व्यवस्थापनमा ‘चमत्कारी सुधार’ गरेको जस कार्यकारी निर्देशक कुलमान घिसिङलाई दिइएको थियो । तर, यसबीच विद्युत् आपूर्ति बढे पनि वितरण प्रणालीमा मागबमोजिम आपूर्ति गर्न सक्ने क्षमता बढाउन ध्यान दिइएन । फलस्वरूप, उपत्यकाको वितरण प्रणाली अस्तव्यस्त हुन पुगेको छ । थाहै नदिई बिजुली जाने गर्दा उपभोक्तामात्र हैन विद्युतीय उपकरण पनि संकटमा परेका छन् । कुनै बेला ‘चन्द्र ज्योति’ कहलिने उपत्यकाको बिजुली बले नबलेको टर्च बालेर हेर्नुपथ्र्यो रे ! अहिले स्विच थिच्दाथिच्दै बलिरहेको बिजुली झिलिक्क अल्पिन्छ र आइदिन्छ । आएपछि पनि बलिरहेका ट्युबलाइटहरू बल्दैनन् । 
 
उपभोक्ताले ‘अघोषित लोडसेडिङ’को नाम दिएको यो अव्यवस्थाले हाम्रो व्यवस्थापकीय कमजोरीको पनि पोल खोलेको छ । विद्युत् माग बढ्ने त स्वतः सिद्ध नै थियो । बन्दै गरेका आयोजना पूरा भएपछि आपूर्तिमा पनि अपेक्षाकृत सुधार हुने सबैले थाहा पाउने नै विषय हो । केही समय यता प्रत्यक्ष अप्रत्यक्ष विद्युत् प्राधिकरणकै तर्फबाट पनि आपूर्तिमा समस्या नहुने भन्दै विद्युतीय  उपकरणको प्रयोग बढाउन आह्वान हुनेगरेको छ । ठूलो व्यापार घाटा बेहोरेको मुलुकका जनतालाई आयातित इनधनको साँटो आन्तरिक उत्पादन बिजुलीको प्रयोग गर्न आह्वान गर्नु अस्वाभाविक र अनुचित पनि हैन । तर, वितरणमा पनि त्यही अनुरूपको सुधार नहुँदा उपभोक्ता निराश भएका हुन् । यसैले उपत्यकाको विद्युत् वितरण प्रणालीका कारण नेपाली उपभोक्ताको विश्वास खलबलिन नदिन प्राधिकरणले बेलैमा ध्यान दिनुपर्ने देखिन्छ ।

विद्युत् आपूर्ति एक सेकेन्डमात्रै पनि अवरुद्ध हुँदा इन्टरनेट सेवा अवरुद्ध हुन्छ । त्यसलाई पुरानै अवस्थामा फर्कन केही मिनेट लाग्छ । सञ्चार प्रविधिमा निर्भर हुँदै गएको समाजका लागि त्यो निकै कष्टप्रद र हानिकारक हुनसक्छ । केही दिन पहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा विद्युत् प्रवाह रोकिँदा ठूलै खलबल भयो । हुनत, विमानस्थलको विद्युत् आपूर्तिमा वैकल्पिक व्यवस्था नगर्नेहरू बढी दोषी हुन् तर सेवा अवरुद्ध नभएको भए त्यस्तो अवस्था उत्पन्न हुनेथिएन । यसैले, वितरण व्यवस्थापनमा चमत्कार देखाएका घिसिङले उपत्यकाका अस्तव्यस्तता अन्त्य गर्न प्राथमिकता दिनु जरुरी देखिन्छ । हुनत, अब फेरि ‘लोडसेडिङको तालिका’ बनोस् भन्ने चाहना सामान्य उपभोक्ता कसैले पनि गरेका छैनन् होला तर यस्तै रहने हो भने बरु केही समय विद्युत् कटौती घोषित गरे हुन्छ । हैन, ‘लोडसेडिङ’को दुनियाँमा फर्कन लाज लाग्ने हो वितरण व्यवस्थामा तत्काल सुधार आवश्यक छ । कार्यकारी निर्देशक घिसिङले आफ्नो साख जोगाउन पनि यो चुनौती स्वीकार गर्नुपर्छ । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २०, २०७६  १४:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC