site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गण्डकी प्रदेशमा राष्ट्रियसभाको गणितः कसको मतभार कति ?
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
SkywellSkywell

पोखरा । माघ ९ गते राष्ट्रियसभाको निर्वाचन हुँदैछ । यस (गण्डकी) प्रदेशमा राष्ट्रियसभा सदस्यमा दुई महिला र अन्य पदको लागि निर्वाचन हुँदैछ ।  यस प्रदेशमा २०७४ को निर्वाचनमा कांग्रेसबाट विजयी भएका सदस्य सुरेन्द्रराज पाण्डे र विन्दादेवी रानाको २ वर्षे पदावधि सकिन लागेको हो ।

पहिलो एकतिहाइको पदावधि दुईवर्षको हुने संवैधानिक व्यवस्थाबमोजिम उनीहरुको भागमा दुईवर्षे कार्यकालको गोलाप्रथा परेको थियो ।

रिक्त पदको लागि निर्वाचन आयोगले कार्यतालिका प्रकाशन गरेर निर्वाचन प्रक्रिया अगाडि बढाइसकेको छ ।  अहिलेको चुनावमा विगतको जस्तो एकल संक्रमणीय मत प्रणाली लागु हुँदैन । यसकारण बहुमतीय आधारमा बढी मतभार ल्याउने उम्मेदवार नै विजयी बन्ने निश्चित छ ।

KFC Island Ad
NIC Asia

राष्ट्रियसभामा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख–उपप्रमुखले मतदान गर्नेछन् । तर, उनीहरुको मतभार भने फरक हुन्छ । राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख–उपप्रमुखको मतभार १८ तोकिएको छ ।

यसका आधारमा गण्डकीमा ६० प्रदेशसभा सदस्यको दुई हजार ८८० र ८५ स्थानीय तहका १७० जनप्रतिनिधिको मतभार तीनहजार ६० सहित कुल मतभार पाँच हजार ९४० रहेको छ ।
पाँच हजार ९४० मतभारमा बढी ल्याउने दुई उम्मेदवार विजयी बन्नेछन् ।

नेकपा एक्लैको ५७ प्रतिशत मतभार

यसपटक प्रदेशगत रुपमा प्रत्येक क्लष्टरबाट एक–एक जनामात्रै चुनिने भएकाले बहुमत ल्याउने व्यक्तिले चुनाव जित्नेछन् । बहुमतीय प्रक्रियाबाट निर्वाचित हुने भएपछि यहाँ तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको एकीकरण पश्चात देशको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवारको जित सुनिश्चित छ ।

प्रदेशसभामा नेकपाको एकल दुइतिहाई बहुमत छ भने, स्थानीय तहमा पनि नेकपा नै अग्रस्थानमा छ । 

यस प्रदेशमा एक महानगर २६ नगरपालिका र ५८ गाउँपालिका सहित ८५ स्थानीय तह रहेका छन् ।  स्थानीय तहको मतपरिणाम अनुसार नेकपा (एमाले+माओवादी केन्द्र) ले प्रमुख–अध्यक्षमा (३४+५=३९) तथा उपप्रमुख–उपाध्यक्षमा (३६+७=४३) स्थानमा विजयी बनेको थियो ।
त्यस्तै, नेपाली कांग्रेस प्रमुख–अध्यक्षमा ४४ स्थान तथा उपप्रमुख–उपाध्यक्षमा ३७ स्थानमा विजयी बनेको थियो ।

राष्ट्रिय जनमोर्चा र स्वतन्त्रका उम्मेदवारले एक–एक स्थानमा प्रमुख पद जितेका थिए ।  राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनमोर्चाले दुई–दुई वटा उपप्रमुख पदमा विजयी बनेका थिए । उपप्रमुखमा एक स्वतन्त्र उम्मेदवार पनि विजयी बनेका थिए ।

स्थानीय तह निर्वाचनमा प्रमुख–उपप्रमुख गरि ८२ स्थानमा जित हात पारेको नेकपाको मतभार एक हजार ४७६ रहेको छ । प्रदेशसभामा ४० सिटसहित सत्तारुढ नेकपाको मतभार एक हजार ९२० सहित कुल तीन हजार ३९६ मतभार रहेको छ । नेकपाको मतभार ५७.१७ प्रतिशत रहेको छ ।

८१ स्थानीय तहका प्रमुख–उपप्रमुख जितेको कांग्रेसको मतभार एक हजार ४५८ रहेको छ । 

प्रदेशसभा निर्वाचनमा भने कांग्रेसले १५ सिट मात्र जितेको छ ।  यसमा प्रत्यक्ष ६ र समानुपातिकका ९ प्रदेससभा समावेश भएका छन् । १५ प्रदेससभा सदस्यको मतभार ७ सय २० हुन आउँछ ।  दुवै मिसाएर नेपाली कांग्रेसको मतभार दुई हजार १७८ हुन आउँछ । जुन कुल मतभारको ३६.६७ प्रतिशत हो ।

प्रदेशमा सरकारलाई समर्थन गर्दै विपक्षमा बसेको राष्ट्रिय जनमोर्चाका तीन प्रदेशसभा सदस्य र स्थानीय तहका तीन प्रमुख–उपप्रमुख मतदाता छन् । 

जनमोर्चाको मतभार कुल १९८ मतभार छ ।  समाजवादी पार्टीका दुई प्रदेशसभा सदस्यको ९६, स्थानीय तहमा दुई स्थानामा जितेको राष्ट्रिय प्रजातन्त्र पार्टीको ३६ र स्वतन्त्रबाट विजयी दुई जनप्रतिनिधिको ३६ मतभार रहेको छ । जनमोर्चाले यसअघि नेकपालाई सघाएको थियो । अहिलेको चुनावमा पनि नेकपालाई नै सहयोग गरेको खण्डमा नेकपाले थप १९८ मत पाउनेछ । स्वतन्त्रबाट विजयी दुई स्थानीय तहका जनप्रतिनिधीको ३६ मतभार पनि नेकपाकै पोल्टामा छ ।

बहुमतीय प्रक्रिया अवलम्वन हुने हुँदा नेकपाको जीत सुनिश्चित छ । यहाँ नेकपाले गोरखाका नारायणकाजी श्रेष्ठ र तनहुँका भगवती न्यौपानेलाई उम्मेदवार बनाएको छ । 

पार्टी प्रवक्ता, सचिवालय सदस्यसमेत रहेका श्रेष्ठ गत ०७४ को प्रतिनिधीसभा निर्वाचनमा समाजवादी पार्टीका संयोजक डा. बाबुराम भट्टराईसँग पराजित भएका थिए । यस्तै, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले स्याङजाका सूर्यप्रसाद रेग्मी र म्याग्दीकी विमला गौचनलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । 

तर, यहाँ मतभारको तुलना गर्दा कांग्रेसको हार निश्चितजस्तै छ । अन्य दलले भने उम्मेदवार घोषणा गरेका छैनन् । निर्वाचन कार्यतालिका अनुसार शनिबार राष्ट्रियसभा निर्वाचनमा मतदान गर्ने मतदाताको अन्तिम नामावली प्रकाशन गरिएको छ । 

जिल्ला निर्वाचन कार्यालय कास्कीका सूचना अधिकारी रुद्र न्यौपानेका अनुसार निर्वाचनमा स्थानीय तह र प्रदेशसभा सदस्य गरि कुल २७० जनाले मतदान गर्न पाउनेछन् ।

आइतबार भने उम्मेदवारको मनोनयनपत्र दर्ता र सूची प्रकाशनको कार्यतालिका रहेको उनले बताए । २१ गते उम्मेदवारको विरोधमा उजुरी दिने, २२ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने र २३ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको आयोगद्वारा जारी सूचनामा उल्लेख छ । 

२४ गते उम्मेदवारले नाम फिर्ता लिने, २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र निर्वाचन चिह्न प्रदान कार्यक्रम रहेको आयोगले जनाएको छ ।  माघ ९ गते बिहान १० देखि १६ बजेसम्म मतदान कार्यक्रम तोकिएको छ । आयोगका अनुसार मतदान सकिएलगत्तै मतगणना सुरु हुनेछ ।

प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको समानुपातिक निर्वाचन तर्फको उम्मेदवारको बन्दसूचीमा नाम समावेश भएको व्यक्ति राष्ट्रिय सभाको उम्मेदवार हुन नपाउने कानुनी व्यवस्था छ ।

सम्बन्धित दलले नाम फिर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएर बन्दसूचीबाट नाम हटाएको खण्डमा भने उम्मेदवार हुन पाउने नियम छ । निर्वाचनका लागि आयोगले निर्वाचन केन्द्र नै तोकिसकेको छ । गण्डकीको चुनाव जिल्ला निर्वाचन कार्यालय कास्कीमा केन्द्र तोकिएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २०, २०७६  ०८:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro