site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
 उद्दण्डताको चपेटामा नपरोस् भ्रमण वर्ष ! 
Sarbottam CementSarbottam Cement

आजदेखि सन् २०२० सुरु भयो । नेपालले २०२० लाई २० लाख पर्यटक भित्र्याउने गरी भ्रमण वर्षको रूपमा मनाउने तयारी गरेको छ । नेपाल आउँदा भौगोलिक सीमा जोडिएका उत्तर र दक्षिणका मुलुकबाट समेत पर्यटकहरू हवाई मार्गबाट आउँछन् । यसैले भ्रमण वर्षको सफलताका लागि हवाई यात्रा सुरक्षित, सहज र सुविधाजनक हुनु अनिवार्य हुन्छ । विदेशी विमान सेवाहरू मूलतः नाफामात्रका लागि नेपाल आउने हुन् । नेपालको भ्रमण वर्ष सफल बनाउनैका लागि तिनले विशेष योगदान गर्ने अपेक्षा गर्न मिल्दैन । यसैले भ्रमण वर्ष, २०२० सफल बनाउन नेपाल वायुसेवा निगमको भूमिका महत्त्वपूर्ण हुने देखिन्छ । विडम्बना, यति महत्त्वपूर्ण भएर पनि राष्ट्रिय ध्वजावाहकको अवस्था भने अत्यन्त दयनीय छ । 

उद्घाटनको तामझामले मात्र लक्ष्य पूरा हुने भए सायद भ्रमण वर्षको सफलताका बारेमा पनि चिन्ता गर्नुपर्ने थिएन । सरकारी आदेश र घोषणाबाट काम हुने भए पनि सबै सहज र सरलरूपमा सम्पन्न हुन्थ्यो । निजी क्षेत्रको सहयोग र उत्साहमात्र पर्याप्त हुने भए पनि शंका गर्नुपर्ने थिए । विगतमा जस्तै निजी क्षेत्र यसपटक पनि निकै उत्साहित देखिएको छ । हवाई यात्रुहरूलाई सुरक्षा, सुविधा र सहुलियत दिन हवाई उडानसँग सम्बन्धित सरकारी निकायहरू बढी जिम्मेवार र जाँगरिलो हुनुपर्छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारी नेताको अराजक अभिव्यक्तिलाई ‘स्थाली पुलाक न्याय’अनुसार हेर्ने हो भने यो नियामक निकायबाट पनि भ्रमण वर्ष सफल बनाउन अपेक्षित भूमिका पूरा हुने देखिँदैन । 

Prabhu Bank
Agni Group
NIC Asia

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीका शब्दमा ‘‘ह्पाप्पी बर्थ डे भन्ने दिन तँलाई कात्रो ल्याउँछौँ’’ भन्ने कर्मचारी तन्त्रबाट जिम्मेवारी पूरा हुने हैन संस्था र राष्ट्रकै कुभलो हुनेमात्र अनुमान गर्न सकिन्छ । नेपाल वायुसेवा निगमको दुर्दशाका लागि सरकारी हस्तक्षेप जति दोषी छ व्यवस्थापनको दुस्साहस र भ्रष्टाचार उत्तिकै दोषी छ । सँगै निगमका कर्मचारीको गैरजिम्मेवार, अल्छी र भ्रष्ट प्रवृत्ति पनि दोषी छ । कर्मचारी नेताले मन्त्रीलाई सार्वजनिक समारोहमा धम्की दिनुको साटो आफ्नो काम राम्ररी गरेको भए अहिले प्राधिकरण टुक्य्राउने चर्चा नै हुँदैन थियो होला । कहाँबाट आयो सुविधा कटाउनेको ‘हात काट्ने’ धम्की दिने आँट ? पक्कै पनि प्राधिकरण व्यवस्थापनकै कमजोरीले कर्मचारी यति उद्दण्ड भएको हुनुपर्छ । यसैले अराजकता हुर्काउने चाटुकारहरूलाई बेलैमा पर्गेल्न सकेमात्र लक्ष्य हासिल हुनसक्छ ।
 
निगम र प्राधिकरणको व्यवस्थापनमा कमजोरी नभएको भए यस्तो दुर्दशा हुने थिएन । यसैले, भ्रमण वर्ष सफल बनाउने हो भने निगम र प्राधिकरणको व्यवस्थापनमा सुधार गरेर तिनलाई जिम्मेवार पनि बनाउन तत्काल आवश्यक उपाय अपनाउनुपर्ने देखिन्छ । मन्त्रीले कर्मचारीसँग जुहारी खेल्नुको साटो अराजकता अन्त्य गर्न र संस्थालाई सही गति र दिशा दिन सक्रियता देखाउनुपर्छ । निगमले भ्रमण वर्षभर नियमित, अपेक्षाकृत सस्तो र सहज सेवा दिने अनि प्राधिकरणले विमानस्थललाई सफा, सुरक्षित र आकर्षक बनाइराख्ने तथा यात्रुलाई अप्ठेरो हुन नदिने हो भने त्यसले पक्कै सकारात्मक प्रभाव पार्नेछ । यस्तो प्रभाव दिगो पनि हुनेछ । त्यसले नेपालको पर्यटनलाई स्वःस्फूर्त गति र दिशा दिनेछ । यसैले भ्रमण वर्ष, २०२० सफल बनाउन प्रतिबद्ध देखिएका सरकार विशेषगरी तालुकवाला मन्त्रीले निगम र प्राधिकरणको सुधारमा ध्यान दिने अपेक्षा अर्घेल्याइँ नठहरियोस् ।    

 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस १६, २०७६  १३:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC