site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौँ, १८ साउन । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच सरकार गठनलगायत विषयमा निर्णायक छलफल हुँदैछ ।

तीनपक्षबाट गठित कार्यदलबीच भएको वार्तामा मस्यौदाको अधिकांश बुँदामा सहमति भएको र बिहान शीर्ष नेताको उपस्थितिमा अन्तिम टुङ्गो लगाइने कार्यदलका सदस्य एवम् काँगे्रस नेता विमलेन्द्र निधिले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले भने, “तीनबुँदे सहमतिको आधारमा छलफल भइरहेको छ, केही शब्दावलीमा छलफल चलिरहेको छ । बिहान अन्तिम प्रस्ताव तयार हुन्छ ।”  मोर्चाका तर्फबाट कार्यदलका सदस्य एवम् सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले सहमतिको खाका तयार भएको र केही शब्दावलीमा छलफल जारी रहेको बताए । तीन पक्षबीच कुरा नमिलेको भन्ने प्रचार गलत भएको र बिहान सहमतिमा हस्ताक्षर हुनेमा आफू ढुक्क रहेको उनको भनाइ छ ।

काँग्रेस सभापति शेरबहादुर देउवा, प्रधानमन्त्रीका उम्मेदवार रहनुभएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, मोर्चाका शीर्ष नेतासहितको बैठक बस्दैछ । व्यवस्थापिका–संसद् भवन नयाँ बानेश्वरमा आज बसेको कार्यदलको बैठकले मधेस आन्दोलनको क्रममा मृत्यु भएकालाई सहिद घोषणा गर्ने, घाइतेको उपचार र उचित क्षतिपुर्ति दिने, संविधान संशोधन प्रक्रिया अगाडि बढाउनेलगायत मोर्चाले उठाउँदै आएका माग सम्बोधन गर्ने र मोर्चाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा निर्वाचित गराउन सघाउने प्रमुख तीन विषयमा केन्द्रित रहेर छलफल भएको थियो । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १९, २०७३  ०७:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC