site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

खेतमा उखुको नयाँ बाली काट्ने बेला भइसकेको छ । किसानहरू भने चिनी कारखानाका मालिकहरूसँग लिन बाँकी पैसा खोज्दै मीनपचासको चिसोमा काठमाडौंमा धर्ना बस्दैछन् । उखु किसान संघर्ष समितिका प्रतिनिधिले करिब १२ हजार किसानको लगभग ५० करोड रुपियाँ वर्षौंदेखि लिन बाँकी रहेको दाबी काठमाडौंमा धर्ना बस्न आउने दाबी गरेका छन् । तराईका किसानहरू रहरले त यो बेला काठमाडौं आएका पक्कै हैनन् । सानोतिनो करले यति बेला कोही पनि काठमाडौं आउँदैन ।  त्यसमा पनि धर्ना बस्न त झन् कोही आउँदैन होला । यसैले अहिले काठमाडौं आएर उखुको बक्यौता रकमको भुक्तानी माग्ने किसानहरूलाई ठूलै मर्का परेको रहेछ भन्ने सरकारी अधिकारी र किसानलाई पैसा भुक्तानी दिनुपर्ने चिनी कारखानाका मालिकहरूबाहेक अरू जो सुकैले पनि सजिलै बुझ्छन् । 

आफ्नै बालीको पैसा पाउन पनि यसरी धर्ना बस्न बाध्य बनाएपछि किसानको खेती गर्ने मन हुँदैन र किसानले खेतीमा मन लगाएनन् भने देशमा भोकमरी हुन्छ । भन्सार उठाएर सरकार चलाउनेहरूले भने किसानले खेती नगरे आयात गरेर गर्जो टारौँला भन्ने ठानेका हुनसक्छन् । तर, त्यसो ठान्नु आत्मघाती मूर्खता हो । प्रधानमन्त्रीलाई नै ‘झुक्याउन’ सक्ने चिनी कारखानाका मालिकहरू उखु किसानलाई ठग्न नहिचकिचाउनु अनौठो नहोला । तर, चिनी किसानलाई धोका दिनु उनीहरूका लागि पनि प्रत्युत्पादक हुनसक्छ । किसानहरू साँच्चै नै विरक्त भए भने उनीहरूले उखु खेती नै नगर्न सक्छन् । अन्न वा अरू बाली लगाए पनि किसानको त गुजारा टर्छ । चिनी कारखाना त त्यति बेला बन्दै हुनेछन् । चिनी कारखानाका मालिकहरूको चाहना मिल बन्द गर्ने नै हो त ?

Prabhu Bank
Agni Group
NIC Asia

उद्योगीहरूको चाहना कारखाना बन्द गर्ने त नहुनुपर्ने हो । यसैगरी स्थानीयदेखि संघसम्मका सरकारहरूले पनि किसानको पैसा डुबोस् र नेपालमा उखु खेती बन्दै होस् भन्ने नचाहनु पर्ने हो । तर, तिनको व्यवहारले पनि जे नहुनु पर्ने हो त्यही गरिरहेको देखाएको छ । किसानहरूले चिनी कारखानाका मालिकसँग बाँकी पैसा लिन आन्दोलन गरेको यो पहिलो पटक हैन । पटकपटक बाँकी रकम भुक्तानी दिने सम्झौता भएका थिए । त्यसपछि राजनीतिक प्रभाव र पहुँच हुने किसानले भुक्तानी पनि पाए तर सामान्य किसानले भने पैसा पाएनन् र फेरि आन्दोलन गर्न बाध्य भए । यस वर्ष पनि उखुको पसल तयार भइसकेको छ । सरकारले समर्थन मूल्य तोकेको छैन । तोके पनि किसानले कारखाना मालिकले तोकेको भन्दा बढी भाउमा बेच्न सक्तैनन् । त्यही पनि उधारोमा बेच्नुपर्ने बाध्यता हुन्छ । 

यो दुश्चक्र निरन्तर रहनुको अर्थ देशमा किसानहरूविरुद्ध ‘साहु’ र भारदारको षड्यन्त्र सफल हुनु नै हो । धन्न, अहिलेसम्म भारतमा जस्तै नेपाली किसानले आत्महत्या गर्न थालेका छैनन् । मर्का त यिनलाई पनि चर्कै परेको छ । नेपाली किसान अपेक्षाकृत जीवट भएकाले उनीहरूले मर्काको सामना गरेको हुनुपर्छ । जेहोस्, राज्य किसानहरूप्रति संवेदनशील हुनुपर्छ । आफ्नो बालीको पैसा लिन राजधानी धाउनु र आन्दोलन गर्नुपर्ने अवस्था सरकारको कमजोरीका कारण उत्पन्न भएको हो । यसैले सरकारले काठमाडौं आएका किसानहरूसँग तत्काल वार्ता गरेर चिनी कारखानाका मालिकहरूको उचित कारण भए सम्बोधन गरेर किसानको पैसा तिर्न लगाउनुपर्छ । कारखाना मालिकहरूले तत्काल भुक्तान दिन नसक्ने कुनै उचित कारण देखाए भने सरकारले अहिले किसानको बाँकी रकम उपलब्ध गराएर पछि शोधभर्ना लिए पनि हुन्छ । किसानहरू काठमाडौंबाट निराश भएर फर्कन नपरोस् ! किसान निराश भए भने देश  थप परिनर्भर हुनेछ ।          
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस १३, २०७६  १४:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC