site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को आन्तरिक खिचातानीले सभामुख चयन प्रक्रिया ढिलो हुनु गम्भीर चिन्ताको विषय हो । आफूमाथि बलात्कारको अभियोग लागेपछि कृष्णबहादुर महराले राजीनामा दिएकाले सभामुखको पद रिक्त भएको हो । प्रतिनिधि सभाको अधिवेशन बोलाइसकिएको छ । उपसभामुखले बैठक सञ्चालन गर्दै आएकीछन् । सभामुखको निर्वाचनका लागि संसद् सचिवालयले तयारीसमेत गरिसकेको छ । तर, सभामुख पद सत्तारुढ दलभित्रका पूर्व एमाले वा माओवादीमध्ये कुन घटकले लिने भन्ने विवादले गर्दा निर्वाचन प्रक्रिया सुरु हुनै सकेको छैन । संविधानमा सभामुख र उपसभामुख फरक फरक दलको हुनुपर्ने प्रावधान छ । बहालवाला उपसभामुख नेकपाको एउटा घटक पूर्वएमालेकी भएकाले उनले राजीनामा नदिएमा सभामुख अर्को दलको नेतालाई दिनुपर्ने हुन्छ । 

राजनीतिक दलका नेताहरूको संकीर्ण संस्कार हेर्दा अर्को दललाई सभामुखको पद सजिलै छाड्ने कल्पना पनि गर्न सकिँदैन । त्यसमाथि कम्युनिस्टहरू झन् बढी असहिष्णु छन् । यसैले नेकपा सभामुख पद छाड्न तयार नहुनु स्वभाविकै हो । तर, संकटको गाँठो यतिले मात्र फुक्तैन । पहिलेका सभामुख महरा नेकपाको माओवादी घटकका भएकाले यो पद पूर्वमाओवादीले नै पाउनुपर्छ भन्ने एउटा पक्ष र पूर्वएमालेबाट सभामुख बनाउनुपर्छ भन्ने अर्को पक्षबीच सहमति नहुँदा संसदीय प्रक्रिया नै बन्धक बनाएर राखिएको छ । प्रतिनिधिसभामा तीन महिनादेखि सभामुख नहुँदा संसद्का कामकारबाहीमा समेत असर परेको छ । उपसभामुखले सामान्य दैनिक कार्यसञ्चालन गरे पनि विधेयक प्रमाणीकरणजस्ता काम रोकिएका छन् । यसैले एक दिन पनि ढिलो नगरी सभामुख चयन प्रक्रिया सुरु गर्नुपर्थ्यो । विडम्बना, राजनीतिक स्थिरताको डिङ हाक्ने सत्तारुढ नेकपाका नेताहरूले भागबन्डाको लोभमा परेर संसद्लाई नै बन्धक बनाइदिए ।  

संसद्को गरिमा र महत्त्वभन्दा नेकपाका अध्यक्ष द्वयले गुटको स्वार्थलाई प्राथमकिता दिएकाले नै अहिलेको लाजमर्दो अवस्था उत्पन्न भएको स्पष्टै देखिन्छ । कम्युनिस्ट नेताहरू कर्मचारीतन्त्रदेखि अदालतसम्म सबैको साख गिराउन उद्यत हुने गरेका छन् । सिद्धान्ततः संसदीय लोकतन्त्रमै विश्वास नभएका कम्युनिस्टहरूले लोकतान्त्रिक संस्थाहरूको गरिमा बढाउने अपेक्षा राख्न त मिल्दैन तर संविधानअनुसार सत्तामा पुगेकाले राज्यका प्रमुख अंगको साख जोगाउनु भने तिनको पनि कर्तव्य नै हो । कर्मचारीसँग करार गर्ने र त्यसको मसी नसुक्तै सरुवा गरिदिने, नियोजित भ्रष्टाचारका लागि कानुनै संशोधन गरेर व्यवस्थापिकालाई उपहासको पात्र बनाउने, न्यायाधीशहरूलाई धम्की दिइरहने, स्वतन्त्र पत्रकारिताविरूद्ध खुलारूपमै उत्रनेजस्ता व्यवहारले सरकारले लोकतन्त्रका खम्बामा धमिरा सल्काउन थालेको देखिएको छ ।  सत्ता उन्माद र अधिनायकवादी  कम्युनिस्ट धङधङीमा सरकारले शक्ति संविधानबाट पाएको हो भन्ने बिर्सेको हो भने त्यो राष्ट्रकै लागि दुर्भाग्यपूर्ण हुनेछ । सभामुख पदलाई गुटगत स्वार्थभन्दा  माथि राखेमा संसद्को मर्यादा थोरै भए पनि बढ्छ । के कम्युनिस्टसँग राज्यका लोकतान्त्रिक संस्थाहरूको मर्यादा राख्न गरिएको आग्रह अरण्य रोदनमात्र हुने हो त रु 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस १२, २०७६  १५:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC