site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । अमेरिकी राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टीका उमेदवार डोनाल्ड ट्रम्पको चुनाव अभियानको समाचार दिन खटिएका दी वासिङटन पोस्टका पत्रकारको परिचयपत्र ट्रम्पको निर्वाचन सहयोगीले फिर्ता लिएका छन् ।
पोस्टको वेबसाइटमा राखिएको भिडियोमा परिचय पत्र खोसेकोमा ट्रम्पले समर्थन गरेको देखाइएको छ । ट्रम्पले पोस्टलाई 'बेइमान' भन्दै गलत समाचार प्रवाह गरेकाले परिचयपत्र खोस्नु सही भएको बताएका छन् । बेइमानलाई किन ससम्मान बस्न दिने भन्ने प्रश्न गर्दै ट्रम्पले पोस्टका पत्रकार भिडमा कतै बसेका होलान् भन्दै खिस्याएका देखिएका छन् ।
यसैगरी उनले रिपब्लिकन पार्टीका दिग्गज नेताहरू पाउल रयान र जोन म्याकेनलाई उनीहरूको निर्वाचनमा आफूले समर्थन नगर्ने धम्की पनि दिएका छन् । यी दुवै नेताले उनलाई अनुमोदन गरेका थिए तर ट्रम्पले खान दम्पतीप्रति गरेको टिप्पणीको आलोचना गरेका थिए । राष्ट्रपति पदको उमेदवारले यसरी दिग्गज नेताहरूलाई समर्थन नगर्ने धम्की दिनुलाई अमेरिकी राजनीतिमा छिचरो व्यवहार मानिने दी वासिङटन पोस्टले बुधबार जनाएको छ ।    
NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १९, २०७३  ०५:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC