site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

सरकार परिवर्तन नहुँदैमा राजनीतिक स्थिरता हुने हैन । अहिले संसद्मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्पष्ट बहुमत छ । प्रधानमन्त्री केपी ओलीलाई दलभित्र वा बाहिरबाट कुनै चुनौती छैन । तर, राजनीतिमा भने अस्थिरता बढ्ने संकेत देखिन थालेको छ । सत्तारुढ दलमध्येको एउटा घटक समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिँदा राजनीतिक अस्थिरताको लक्षण थप स्पष्ट भएको हो । उपप्रधानमन्त्री उपेन्द्र यादवले संविधान संशोधनका लागि प्रधानमन्त्री ओली सकारात्मक नभएको आरोप लगाएर पदबाट राजीनामा दिएपछि समाजवादी पार्टी सत्ताबाट विधिवत् बाहिरिएको हो । सार्वजनिक भएका समाचारअनुसार उपप्रधानमन्त्री यादवले मन्त्रिपरिषद्को बैठकमा लगेको संविधान संशोधनको बाटो खोल्ने ठाडो प्रस्तावलाई प्रधानमन्त्री ओलीले सोझै अस्वीकार गरेपछि समाजवादी पार्टीले सरकार छाड्ने निर्णय गरेको हो । 

वर्तमान सरकार गठन भएलगत्तै समाजवादी र नेकपाबीच ‘संविधान संशोधन’ गर्ने सहमति गरिएको थियो । नेपालको राजनीति बुझ्नेहरूले उतिबेलै त्यो सहमति संविधान संशोधनका लागि नभएर समाजवादीलाई सत्तामा जान सजिलो बनाइएकोमात्र हो भनेकै थिए । तराईका राजनीतिक दलहरूका लागि पनि ‘संविधान संशोधन’ यथार्थमा चुनावका लागि बचाइराख्नु पर्ने विषयमात्र हो भन्ने यसबीचमा समाजवादी र राष्ट्रिय जनता पार्टीका क्रियाकलापबाट स्पष्टै भएको छ । नेकपा र अझ प्रधानमन्त्री ओलीलाई आफ्नो सरकारको संसद्मा दुई तिहाइ बहुमत भएको देखाउनुबाहेक संविधान संशोधन गर्ने कुनै चाहना थिएन । सत्तामा रहेरै समाजवादी पार्टीका नेताहरूले विपक्षीको जस्तो सरकारको विरोध गर्दै आएका थिए । प्रधानमन्त्री ओलीजस्ता असहिष्णु व्यक्तिलाई उपप्रधानमन्त्री यादवको ‘अराजक’ व्यवहार पक्कै मन परेको थिए । यसैले ओलीले आफ्नो असन्तुष्टि देखाउन उपप्रधानमन्त्री यादवको मन्त्रालय हेरफेर गरिदिएको हुनुपर्छ । त्यसपछि नै यादवले सरकार छाड्ने मनःस्थिति बनाइसकेको देखिएको थियो ।

मन्त्रिपरिषद्मा लगिएको संविधान संशोधनको प्रस्ताव त समाजवादी र नेकपा दुवै पक्षका लागि ‘रोएजस्तो’ र ’कुटेजस्तो’मात्रै हो । संविधान संशोधन गर्नेबाहेक अरू शासकीय कामका लागि संसद्मा दुई तिहाइ बहुमत आवश्यक हुँदैन । दुई तिहाइ वा सामान्य बहुमतले सरकारलाई कुनै कामकाज गर्न फरक पर्ने पनि होइन । यसैले समाजवादी पार्टी सरकारमा हुँदा र नहुँदामा शासनमा कुनै अन्तर हुँदैन । संस्थागत तथा नीतिगत भ्रष्टाचार रोक्न समाजवादीका नेताहरूले सरकारमा हुँदा पनि मन्त्रिपरिषद्मा आवाज उठाएका त थिएनन् । प्रधानमन्त्री ओलीले समाजवादीसमेतका विरुद्ध राजपासँग राष्ट्रिय सभाका लागि चुनावी गठबन्धन गरेर संकेत पनि दिएकै थिए । अर्को कुनै दललाई मन्त्रिपरिषद्मा सामेल गरेर कृत्रिम दुई तिहाइ बहुमतको दम्भ देखाउने रहर नगरे बरु सरकार र राजनीतिक स्थिरताको सन्देश जानेछ । यस्तै, प्रदेश नम्बर २ मा सत्तारुढ गठबन्धन टुटाउने प्रयन्त गर्नु पनि नेकपाका लागि प्रत्युत्पादक हुनेछ । रहे, समाजवादी र राजपा उनीहरूलाई आफ्नै नेताहरूको कुशासनले समाप्त बनाइरहेको छ । राजनीतिक कपटखेल छाडेर बरु सबै तहका सरकार चलाउनेहरूले शीतलहरको कहरबाट तराईका गरिबलाई जोगाउन ध्यान दिए हुन्थ्यो ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस ९, २०७६  १२:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC