site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
अप्रिलियाका सय राइडर चित्लाङ पुगे
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । भ्रमण वर्ष २०२० प्रवर्द्धनका लागि भन्दै अप्रिलिया बाइकका सय राइडर चित्लाङ पुगेका छन् । नेपालका लागि पियाजियोको भेस्पा र अप्रिलिया टु ह्विलर्सका आधिकारिक बिक्रेता एमभी दुगड ग्रुपअन्तर्गतको दुगड ब्रदर्स एन्ड सन्स प्रालिले शनिबार ‘राइड टु चित्लाङ २०१९’ सम्पन्न गरेको हो ।

नक्सालमा रहेको अप्रिलियाको सोरुमबाट सुरु यात्रा चित्लाङको अग्र्यानिक भिलेज रिसोर्टमा पुगेर विभिन्न मनोरञ्जनात्मक खेलमा सहभागी बनेको थियो । यो यात्राको फ्ल्याग अफ दुगड ब्रदर्स एन्ड सन्स प्रालिका भाइस प्रेसिडेन्ट विजयकुमार महत्तोले गरेको पीआर हेड विमला थापाले जानकारी दिइन् ।

नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भका लागि नेपालको प्राकृतिक रमणीय स्थलमध्ये एक मानिने चित्लाङ गाउँको प्रवद्र्धनका लागि राइडको आयोजना गरिएको थियो । नेपालको टु ह्विलर्सको इतिहासमा सम्भवतः पहिलोपटक सयभन्दा बढी क्रेतालाई नाइट आउट राइडमा लगिएको हो । 

युवा जमातले अत्याधिक रुचाइएको अप्रिलियाको स्कुटरको उक्त राइडलाई सागर थापा र विभव कार्कीले नेतृत्व गरेका थिए । सवारी चलाउँदा धैर्य, अनुशासन र अनुभव चाहिने हुँदा थापा र कार्कीले सबैलाई प्रोत्साहन गर्दै चित्लाङसम्म पुर्‍याएका थिए । कार्यक्रमका सय राइडरका लागि कुशल व्यवस्थापन ब्रान्ड मेनेजर करुणा पुडासैनीे र उनको टिमले गरेका थिए । राइडरहरूलाई चित्लाङमा विभिन्न खेलमा सहभागी गराएर विजेतालाई पुरस्कारसमेत वितरण गरिएको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस ८, २०७६  १४:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC