site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
चीन र भारत 'मिले पनि डर जुधे पनि डर' 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

नेपालका दुई ठूला छिमेकी मुलुकहरू भारत र चीनका बीचमा शनिबार नयाँ दिल्लीमा भएको सीमासम्बन्धी उच्चस्तरीय बैठकमा सीमाको प्रश्नलाई दुवै देशको रणनीतिक अवधारणामा केन्द्रित रहेर आधारभूत चासो सम्बोधन गर्ने सहमति भएको छ । बैठक चीनका स्टेट काउन्सिलर तथा विदेश मन्त्री वाङ यी र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभलले नेतृत्वमा भएको थियो । भारत र चीनबीच सीमासम्बन्धमा हुँदैआएको विशेष प्रतिनिधिस्तरको नियमित बैठक केही समय यता हुनसकेको थिएन । बैठकपछि भारतको विदेशमन्त्रालयले जारी गरेको वक्तव्यमा दुवै देशबीच सीमाको प्रश्नलाई रणनीतिक अवधारणामा केन्द्रित रहेर आधारभूत चासो सम्बोधन गर्दै समाधान गर्ने सहमति भएको जनाइएको छ । आपसी सम्बन्धको विकासमा सीमा क्षेत्रमा शान्ति कायम हुनु महत्त्वपूर्ण हुने स्वीकार गर्दै थाती रहेका सीमाका प्रश्न समाधान गर्न पनि सहयोग पुग्ने  वक्तव्यमा उल्लेख भएको समाचारमा जनाइएको छ । 

हाम्रा विशाल छिमेकीहरूले उनीहरूलाई फाइदा हुने विषयमा नेपालको हित र सार्वभौमसत्तालाई समेत गौण मान्दै आएका उदाहरण इतिहासमा थुप्रै पाइन्छ । सन् २०१५ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणपछि जारी संयुक्त विज्ञप्तिमा भारत र चीन लिपु लेक नाकाबाट सीमा व्यापार विस्तार गर्न सहमत भएको उल्लेख गरियो । लिपु लेक नेपालको सीमाभित्र पर्छ । चीन र भारले नेपाली भूभाग लिपु लेकका बारेमा सहमति गरेकोमा नेपालले असन्तुष्टि व्यक्त गरेपछि चीनले सामान्य प्रतिक्रिया दिए पनि भारतले वास्तै गरेन । यसभन्दा पहिले पनि चीन र भारतले सन् १९५४ मा गरेको व्यापार सन्धिमा लिपु लेकलाई दुई मुलुकबीचको व्यापार नाकाका रूपमा उल्लेख गरेका छन् । पछिल्लो समय विशेषगरी भारतबाट चर्चामा ल्याइएको ‘दुई जोड एक’ को अवधारणाले पनि हाम्रा ‘महान्’ छिमेकीहरू नेपालको सार्वभौमसत्ताप्रति कति संवेदनशील छन् भन्ने उजागर भइसकेको छ ।

चीन र भारतका बीचमा सहमति वा विमतिको प्रत्यक्ष अप्रत्यक्ष प्रभाव नेपालमा पनि पर्छ । यसैले सीमाका सम्बन्धमा उनीहरूबीचको सहमतिले नेपालमा के प्रभाव पर्छ भन्ने विषयमा चनाखो हुनु आवश्यक छ । चीन र भारतबीचमा सम्बन्ध राम्रो हुँदा यस क्षेत्रका केही मुलुकको सार्वभौमसत्ता समाप्त भएको छ । एउटा अफ्रिकी आहान छ — दुईवटा हात्ती जुधुन् कि माया गरून मिचिने त घाँस नै हो । भारत र चीनको सम्बन्ध पनि नेपालका हकमा त्यस्तै हो । दुवै देश झगडा गरे भने त्यसको तनाव नेपालले पनि भोग्नुपर्छ । उनीहरूबीच मेलमिलाप हुँदा पनि नेपाल झस्कनु पर्ने हुन्छ । स्पष्ट प्रमाण नभेटिँदासम्म उत्ताउलो भएर वक्तव्यवाजी गर्नु उचित हुँदैन । तैपनि, चीन र भारतबीचका सीमासम्बन्धी उच्चस्तरीय सहमतिप्रति नेपाल सजग हुनु भने आवश्यक देखिन्छ । विगतमा लिपु लेकमा भारत र चीनको सहमतिले हाम्रो पक्ष कमजोर जो बनाइिदएको छ आखिर हामी हौँ त ‘दुई ढुंगाका बीचको तरूल’ नै ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस ६, २०७६  १३:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC