site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रधानमन्त्रीको ह्यान्डलबाट रि–ट्विट ‘ठूलै योजनाअनुसार’ !
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आधिकारिक ट्विटर ह्यान्डलबाट शुक्रबार भारतीय कंग्रेस आइकी अध्यक्ष सोनीया गान्धीको ट्विट रि–ट्विट गरिएपछि त्यसले तरंग सिर्जना गरेको छ ।

भारतीय विपक्षी दल कंग्रेस आइकी अध्यक्ष सोनीया गान्धीको २.३७ मिनेटको भिडियो सन्देशलाई नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको आधिकारिक ट्विटर ह्यान्डलबाट रि–ट्विट भएपछि त्यसको चर्चा भारतीय मिडियामा पनि भइरहेको छ । 

शिवम विज नाम गरेका एक भारतीय पत्रकारले शुक्रबार सन्देश लेख्दै भारतमा हिंसा चर्किएको बेला ‘देशवासीलाई सम्बोधन गर्ने विपक्षी दल कंग्रेसकी नेत्री सोनीया गान्धीको शान्त शैली’को प्रशंसा गर्दै त्यस्तो काम प्रधानमन्त्री नरेन्द्र मोदीले गर्नुपर्ने सुझाव दिएका थिए । सोही ट्विट नेपालका प्रधानमन्त्रीको ट्विटर ह्यान्डलबाट रि–ट्विट भएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

सामाजिक सञ्जालमा आलोचना भएपछि सो सन्देश शुक्रबार  नै मेटाइएको थियो ।  कसैले प्रधानमन्त्रीको ट्विटर पासवर्ड दुरुपयोग गरेको हुन सक्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका थिए ।  सो विषयमा छानबिन भइरहेको थापाले बताएका छन् । 
भारतीय पत्रिका टेलिग्राफ, इन्डियन एक्सप्रेसलगायतले  प्रधानमन्त्री ओलीको रि–ट्विटबारेमा समाचार बनाएका छन् ।

कसले चलाउँछ प्रधानमन्त्रीको ट्विट ?

Global Ime bank

प्रधानमन्त्री ओलीले आफैं ट्विट चलाउने गरेको यसअघि चर्चा हुने गरेको थियो । तर, सचिवालयका केही सदस्यलाई समेत त्यसको पासवर्ड दिइएको सम्बद्ध स्रोतले बताएको छ ।  यसबारेमा प्रधानममन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आज बिहान बाह्रखरीसँगको कुराकानीमा कसैले पासवर्ड दुरुपयोग गरेका कारण त्यस्तो भएको हुन सक्ने जनाए । 

कसले गरेको हो भन्ने बारेमा सम्बद्ध निकायले छानबिन गरिरहेको जनाउँदै उनले भने, ‘‘ठूलै योजनाअन्तर्गत कसैले गल्ती गरेको छ । त्यसको छानबिन भइरहेको छ । पत्ता लागेपछि हामी भन्नेछौं ।’’

थापाले शुक्रबार राति नै पासवर्ड दुरूपयोग गरि यस्तो गरिएको हुन सक्ने आशंकामा छानबिन भइरहेकोले कुनै प्रकारको भ्रममा नपर्न आग्रह गर्दै सामाजिक सञ्जालमार्फत् जानकारी गराएका थिए ।

स्रोतका अनुसार यो विषयमा प्रहरीले अनुसन्धान थालिसकेको छ ।  नेपाल प्रहरीको साइबर ब्युरोले अनुसन्धान थालेको स्रोतले जानकारी दिएको छ ।  सुशील कोइराला प्रधानमन्त्री हुँदा सन् २०१५ मा पहिलोपटक नेपालका प्रधानमन्त्रीका लागि ट्विटर अकाउन्ट खोलिएको थियो । सोही अकाउन्ट त्यसपछिका प्रधानमन्त्रीले चलाउँदै आएका हुन् । 

अहिले भारतमा नागरिकता कानुन संशोधनको सम्बन्धमा व्यापक विरोध प्रदर्शन भइरहेको छ ।  सोही कानुनको विरुद्धमा सोनीया गान्धीले दिएको भिडियो सन्देश प्रधानमन्त्रीले बिना कुनै टिप्पणी रि–ट्विट गर्दा त्यसको नेपालका तर्फबाट समर्थन गरेको जस्तो देखिएकाले यो कुरा विवादास्पद भएको हो । 

व्यक्तिगत रुपमा कसैले समर्थन वा विरोध गर्न सक्ने भए पनि प्रधानमन्त्री संस्थाको ट्विटरबाट त्यसो गरिनुले नै भारतको आन्दोलनको पक्षमा नेपाल रहेको जस्तो भ्रम फैलाउने प्रयास गरिएको  छ ।

सम्बद्ध विज्ञहरुका अनुसार प्रधानमन्त्रीको ट्विट कसले चलाएर त्यो सामग्री रि–ट्विट भयो भन्ने कुराको जानकारी हासिल गर्न कुनै अप्ठेरो काम होइन ।  यतिन्जेलसम्ममा दुरुपयोग गर्नेलाई कारवाही भइसक्नुपर्नेमा अझै पनि ‘छानबिन भइरहेको’ भनेर अल्मलिनुलाई अनौठो मानिएको छ । शुक्रबार राति प्रधानमन्त्री ओलीको ह्यान्डलबाट भारत सरकारको विरोध गरिएको सोनियाको सो सन्देश रि–ट्विट गरिएको थियो । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस ६, २०७६  ०८:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC