site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

शिक्षा प्रणालीको दुर्दशा र खेलाँची हेर्ने हो भने देशका लागि बलियो सरकार अभिशाप बन्न पुगेको देखिन्छ । कथित राष्ट्रिय शिक्षा पद्धतिका नाममा २०२८ सालमा नयाँ शिक्षा योजना लागु गर्दा देशमा एकछत्र पञ्चायती शासन थियो । शिक्षालाई पूरै राष्ट्रियकरण गर्ने नयाँ शिक्षा प्रणाली एक दशक पनि चलेन । त्यसपछि सुधारका नाममा विकृतिहरू थप्ने काम त भइरहे पनि शिक्षामा आमूल परिवर्तनको प्रयास भएन । पञ्चायत समाप्त भएपछि सुरुका ३ वर्षमात्र देशमा राजनीतिक स्थिरता रह्यो । यसैले शिक्षामा सुधारका नाममा आधारभूत केही भएन । निजी क्षेत्रलाई सबै तहको शिक्षामा संलग्न गराउने नीति राज्यले अपनायो । यसबाट शिक्षाको ‘कालोबजार’ भएको व्यापक गुनासो भयो भने गुणस्तर कायम गर्न केही सहयोग पनि पुग्यो । अहिले फेरि सायद स्थिर सरकार भएकाले होला सरकारले नयाँ शिक्षा नीति सार्वजनिक गरेको छ । 

नयाँ शिक्षा नीतिमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सरकारले शिक्षालाई पनि पञ्चायतले जस्तै राजनीतिकरण गर्न खोजेको आरोप त छँदैछ संविधानमै व्यवस्था भएका अधिकार बाँडफाटको व्यवस्था पनि बिगारेको छ । हालै सार्वजनिक गरिएको ‘राष्ट्रिय शिक्षा नीति, २०७६’मा स्थानीय सरकारहरूको शिक्षासम्बन्धी अधिकार कटौती गर्ने असंवैधानिक प्रयास गरिएको देखिन्छ । स्थानीय सरकारहरूको मात्र हैन जनसाधारणको अधिकार पनि शिक्षा नीतिमार्फत् कटौती गरिएको छ । नेपालको संविधान, २०७२ को धारा ३१ को उपधारा (२) मा ‘‘ प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक हुने’’ उल्लेख गरिएको छ । हालै सार्वजनिक शिक्षा नीतिमा भने आधारभूत तह अर्थात् कक्षा ८ सम्ममात्र शिक्षा निःशुल्क हुने उल्लेख गरिएको छ । यसैगरी संविधानको अनुसूची ८ को (८) अनुसार स्थानीय तहको अधिकार सूचीमा रहेको  ‘आधारभूत र माध्यमिक शिक्षा’ मा पनि केन्द्र सरकारले हस्तक्षेप गरेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

संविधानले गरेको व्यवस्थालाई सरकारले नीतिबाट उल्ट्याउनु खोज्नु सही होइन । यसले संविधानलाई कमजोर बनाउँछ । संविधान संशोधन नहुँदासम्म यसो गर्नु असंवैधानिक पनि हुन्छ । संविधानका लोकतान्त्रिक प्रावधानहरू अधिनायकवादी मनसुवा भएको सरकारका लागि मन नपरेको हुनसक्छ । तैपनि, सरकारले संविधान पालन त गर्नैपर्छ । स्थानीय तहको अधिकारमा गरिएको हस्तक्षेप यसैले सैद्धान्तिकरूपमै आपत्तिजनक छ । व्यवहारमा पनि केन्द्रीकरणले शिक्षा पद्धति लथालिंग बनाएको अनुभव २०२८ मै गरिसकिएको हो । यसैले अहिलेको प्रयासले पनि राम्रो परिणाम दिनेछैन भन्न हिचकिचाउनु पर्दैन । राष्ट्रिय शिक्षा नीति ल्याउँदा सरकारले नै गठन गरेका पहिलेका समिति र आयोगहरूको प्रतिवेदनलाई उपेक्षा गरिएको आरोप पनि सम्बन्धित विज्ञहरूले लगाएका छन् ।

शिक्षाको नीति र व्यवहार दुवै पक्षमा सुधारको आवश्यकता छ । तर, शिक्षामा सुधार एक वर्ष वा एक दशकलाई मात्र हेरेर गर्नु मूर्खता हुन्छ । शिक्षा पद्धतिको प्रभाव देशको भविष्यमा पर्छ । यसैले राष्ट्रिय शिक्षा नीति तय गर्दा दल र समूहको स्वार्थभन्दा माथि उठेर व्यापक छलफल गरी शिक्षाविद्हरूकै रायअनुसार गर्नुपर्छ । पार्टी वा व्यक्ति विशेषको स्वार्थ पूरा गर्न देशकै भविष्यमा आघात पार्न तम्सने प्रवृत्ति शिक्षाका हकमा नदोहोरियोस् । राष्ट्रिय शिक्षा नीतिलाई पनि लागु गर्नुभन्दा पहिले व्यापक विमर्श गरियोस् । बलमिच्याइँ गरियो भने विफल हुने त छँदैछ त्यसबाट राष्ट्रको भविष्यमा हुने हानि अपूरणीय हुनेछ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस ५, २०७६  १५:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC