site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

मासुको भाउ बढाउनका लागि ३० लाख जिउँदा चल्ला खाल्टामा हाल्नु क्रूर र अमानवीय कार्य त हुँदै हो निन्दनीय अपराध पनि हो । नेपाल ह्याचरी उद्योग संघले बजारमा कुखुराको मासुको भाउ बढाउन कुखुराका ३० लाख जिउँदा चल्ला खाल्डोमा गाडेर मारेको छ । प्रचलित बजार भाउअनुसार त्यसरी नष्ट गरिएका कुखुराका चल्लाको मूल्य करिब १५ करोड हुने बताइएको छ । यसैगरी, देशका विभिन्न भागमा ४५ करोड मूल्यको चल्ला निस्कने अण्डासमेत संघको निर्णयअनुसार नष्ट गरिएको समाचार छ । अर्थात्, भाउ बढाएर उपभोक्ताबाट असुल गर्न ह्याचरी उद्योग संघका पदाधिकारीले पहिल्यै राष्ट्रको ६० करोड रुपियाँ नोक्सान पारेका छन् । र यो आत्मघातलाई उनीहरूले ‘बजार सुधार’ को संज्ञा दिएका रहेछन् । 

नेपाल कुखुराको फुल र मासुमा आत्मनिर्भर हुन लागेको थियो । साना किसानले  घरघरै पाल्न सक्ने हुनाले पनि कुखुराको मासु आयात गर्न नपर्ने भएको हो । तर, यसरी अपेक्षाकृत ठूला व्यापारीको सिन्डिकेटले चल्ला नै नष्ट गरिदिन थालेपछि साना किसानहरू हतोत्साही हुनेछन् । भएका चल्ला नष्ट गर्नुका साथै मंसिर २९ देखि पुस ८ सम्म चल्ला उत्पादन गर्न पनि नदिने घोषणा गरिएको छ । यसको तात्पर्य, नेपाल ह्याचरी उद्योग संघका पदाधिकारीहरू देशमा कुखुराको मासुको कृत्रिम अभाव उत्पन्न गर्न चाहन्छन् भन्ने नै हो । नेपालको प्रचलित कानुनअनुसार उपभोग्य वस्तुमा यसरी ‘कार्टेलिङ’ गरेर कृत्रिम अभाव उत्पन्न गर्नु दण्डनीय फौजदारी अपराध हो । कालोबजारको परिभाषाभित्र पर्ने यस्तो अपराध सरकारवादी हुन्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यसरी चल्ला र अण्डा नष्ट गरेपछि बजारमा अभाव हुन्छ र त्यसपछि महँगोमा बेचेर अहिले नोक्सान भएको पैसा पनि असुल गर्न सकिन्छ भन्ने तिनको सोच हुनसक्छ । तर, कुखुराको मासु नभई नहुने खाद्य पदार्थ त हैन । धेरै महँगो भयो भने उपभोक्ताले विकल्प खोज्नेछन् । अर्कातिर, सरकारमाथि मासु र अण्डाको आयात खुकुलो बनाउन दबाब पर्नेछ । चल्लाको सामूहिक हत्याको ‘पाप’ त छँदैछ यस्तो गलत कार्यका कारण बजार गुम्ने जोखिम पनि उत्तिकै छ । विगतमा जस्तै नेपालको कुखुरा उत्पादन घटेका बेलामा आयातित मासुले बजार कब्जा गर्न सक्छ । त्यसपछि नेपालको कुखुरा पालन व्यवसाय बौरिनका लागि निकै समय लाग्नसक्छ । ह्याचरी उद्योगीहरूले चल्ला र अण्डा नष्ट गरेजस्तै घानको बीउ उत्पादकले एक वर्षको बाली नाश गरेर अर्को वर्षदेखि महँगोमा बेच्ने रणनीति अपनाए भने देशको अवस्था के होला ?

सत्तारुढ दलका नेता ‘साम्यवाद’ र ‘समाजवाद’को समुद्र मन्थनमा व्यस्त भएकाले कृषि तथा पशुपंक्षी मन्त्रीलाई कुखुराको चल्ला र अण्डा नाश गर्ने अपराधका बारेमा बुझ्ने र हस्तक्षेप गर्ने फुर्सद भएन होला । परन्तु, ह्याचरी उद्योग संघले अपनाएको आत्मघाती रणनीति तत्काल रोकेर बजारमा कुखुराको चल्ला र मासुको अभाव हुन नदिनु सरकारको दायित्व हो । सरकारले तत्काल हस्तक्षेप गरोस् । उद्यमीका मर्का सुनोस् तर उत्पादन रोक्ने निर्णय फिर्ता गराउन आवश्यक भए बल पनि प्रयोग गर्नुपर्छ । पंछीहरूलाई क्रूरतापूर्वक मारेको र बजारमा उपभोग्य वस्तुको कृत्रिम अभाव बनाउन मिलेमतो र जबर्जस्ती गरेकोमा नेपाल ह्याचरी उद्योग संघका पदाधिकारीमाथि प्रचलित कानुनबमोजिम कारबाही गरेर देशमा सरकार भएको सन्देश पनि देओस् !       

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस २, २०७६  १४:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC