site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

मुहानै फोहोर भएपछि चुहान सफा हुने आशा गर्नु पनि मूर्खता हुन्छ । नेपालमा नदीका मुहान त अहिलेसम्म सफा नै छन् तर शासन प्रशासनको भने मुहानै धमिलो छ । दलयि राजनीतिक पद्धतिमा राजनीतिक दलहरू नै शासनमा निर्णायक हुन्छन् । मूलतः दलकै नेताहरू जनादेश प्राप्त गरेर संसद्मा पुग्छन् । संसद्मा बहुमत हुनेले सरकार बनाएर शासन गर्छन् । अल्पमतमा हुनेले सरकारको निगरानी गर्छन् । संसद्का सबै मिलेर देशका कानुन बनाउँछन् । अर्थात्,  शासनको तालसाँचो राजनीतिक दलका हातमा हुन्छ । यति महत्त्वपूर्ण भएर पनि राजनीतिक दलहरूको सञ्चालन भने अत्यन्त अपारदर्शी र तजबिजी शैलीमा हुनेगरेको छ । नेपालको राज्य संयन्त्रमा भ्रष्टाचार व्याप्त भएको थाहा पाएर पनि कसैले केही नगर्ने मूल कारण यही हो ।

दलहरूका आआफ्ना विधान र संगठनात्मक संरचना हुन्छन् । दलका नेताले भने आफ्नै विधानको पनि पालना गरेका हुँदैनन् । यस्ता विषयलाई दलका आन्तरिक विषय भनेर पन्छाए पनि निर्वाचन प्रयोजनका लागि दर्ता भएका दलहरूले निर्वाचन आयोगका सम्बन्धित कानुनका साथै राजनीतिक दलहरूसम्बन्धी कानुन र नियम भने पालना गर्नैपर्छ । यसमा दलको आम्दानी खर्चको विवरण बुझाउनु पर्ने प्रावधान पनि रहेको छ । यस्तै, हरेक निर्वाचनपछि चुनाव खर्चको पनि विवरण निर्वाचन आयोगमा बुझाउनु पर्छ । कतिपय दलले तोकिएको म्यादभित्र निर्वाचन खर्चको विवरण नै बुझाउँदैनन् । बुझाउनेले पनि झारा टार्ने काममात्र गर्छन् । तिनले बुझाएको विवरण पत्याउने कुनै आधार हुँदैन । विडम्बना, दलको आम्दानी खर्चको निगरानीसमेत गर्ने अधिकार पाएको निर्वाचन आयोगले भने कहिल्यै सामान्य प्रश्नसम्म पनि गरेको थाहा छैन । 

Prabhu Bank
Agni Group
NIC Asia

राजनीतिक दलको आयव्यय नै देशमा व्याप्त भ्रष्टाचारको प्रमुख स्रोतमध्येको हो । अवैध स्रोतबाट अपारदर्शीरूपमा रकम संकलन गरेका राजनीतिक दलले सही आयव्यय विवरण कहिल्यै सार्वजनिक गर्दैनन् । दलका नेतालाई लुकाएर पैसा दिनेहरूले उनीहरू सत्तामा पुग्नेबित्तिकै लगानीको चौबर असुल्दा रहेछन् । ‘घरबेटी’ ठेकेदारको उन्मुक्ति वा ६ वर्षपछि म्याद सकिने लिजको अपारदर्शी नवीकरण गर्नेसरकारी निर्णयका कारण यस्तै अपारदर्शी लेनदेन हुनुपर्छ भन्ने सजिलै बुझिन्छ । राजनीतिक दलका नेताहरूको आफू लुकेर पैसा लिने र राज्यको दोहन गरेर गुन तिर्ने अपराधी प्रवृत्ति नियन्त्रण नगरी उपचारका जति नै उपाय अपनाए पनि भ्रष्टाचारको रोग निको हुँदैन ।

राजनीतिक नेताहरूलाई उत्तरदायी बनाउन दलहरूको आयव्ययको स्रोत खोज्ने काम निर्वाचन आयोगले गर्नुपर्थ्यो । तर, निर्वाचन आयोगका आयुक्तहरूको नियुक्ति दलगत भागबन्डामा गर्ने परम्परा नै बसालिएको छ । सम्भवतः यही कारणले बिरलैमात्र आयुक्तहरूले राजनीतिक दलका नेताको आचरणमा प्रश्न उठाउँछन् । यद्यपि, उनीहरूको नियुक्ति सिफारिस गर्ने संवैधानिक राज्यकै एउटा अंग भएकाले तिनको निष्ठा दलका नेता हैन राष्ट्रप्रति हुनुपर्थ्यो । यस्तो अवस्थामा सुधार नभए लोकतन्त्र अहिलेजस्तै उपहासको विषय बन्न पुग्छ । यसैले दलका नेताहरू आफ्रँै सुध्रिन सक्तैनन् भने निर्वाचन आयोग तिनको आयव्यय पारदर्शी बनाउन प्रभावकारी हस्तक्षेप गर्न अग्रसर हुनुपर्छ । मुहान फोहर नभए चुहान धमिलिए थेग्य्राएर भने पनि पानी सफा बनाउन सकिन्छ । मुहानमै धमिलो रहुन्जेल तल सफा गर्नु अर्थहीन हुन्छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस १, २०७६  १३:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC