site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
दुई वर्षमा तीन मल्टिप्लेक्स, लगानी ३८ करोड  
Sarbottam CementSarbottam Cement

विराटनगर । औद्योगिक नगरीको पहिचान बनाएको विराटनगरान पछिल्लो समय मनोरञ्जन उद्योगमा समेत लगानी बढ्न थालेको छ । प्रदेश १ को राजधानीसमेत रहेको यो सहर चलचित्र तथा मनोरञ्जन व्यवसायको हबसमेत बन्ने दौडमा छ । 
पछिल्लो दुई वर्षयता अत्याधुनिक डिजिटल हल निर्माणमा मात्र रु.३८ करोड लगानी थपिएको छ । यही साता क्यूएफएक्सले विराटनगरमा नयाँ सिनेमा हल सञ्चालनमा ल्याएसंगै डिजिटल सुविधासहितको मिल्प्लेक्स हलको संख्या तीन पुगेको छ । जसमा छवटा पर्दा छन् । यसअघिका दुई सिनेमा हलले यहाँ सेवा दिइरहेका छन् । 

एक औपचारिक कार्यक्रमबीच भाटभटेनी सुपरमार्केटमा सिनेमा क्यूएफएक्स सञ्चालनमा आएको छ । यसमा १६ करोड लगानी रहेको छ । क्यूएफएक्सका सीईओ नगिम उद्धीनका अनुसार यो हल क्यूएफएकसको २७ औं हो । रिगल सिनेमाजको लगानी रहेको यसमा टिम क्वेस्टको व्यवस्था छ । यसमा डेप्थ क्यू थ्रीडी टेक्नोजोलीको प्रयोग गरिएको छ । भाटभटेनीमा दुईवटा स्क्रिन छन् । यसको सिट क्षमता ४२४ रहेको छ । यसमा रिक्लाइनर सिट संख्या २८ छ । यो सिटमा सुतेर सिनेमा हेर्न मिल्छ । भाटभटेनीसँग ठाउँ भाडामा लिएर हल निर्माण गरिएको उद्धीनले सुनाए । 

Prabhu Bank
Agni Group
NIC Asia

कम्पनीले सिनेमाको चेनमा मोबाइल एप र लोयल्टी प्रोग्राम गोजी पनि जारी राखेको उद्धीनले जानकारी दिएका छन् । उनले भने,‘‘विराटनगर जस्तो ठाउँमा हामी आउन पाउँदा खुसी छौं । यहाँको जनसंख्याअनुसार सिनेमाको दर्शक पर्याप्त भएकोले ठूलो उत्साह पनि छ ।’’ उनले अहलेको पुस्ताले नयाँ प्रविधिलाई अंगीकार गर्ने भएकोले सिनेमा चल्ने सम्भावना थप बढेको सुनाए ।

कलाकार तथा निर्माता अशोक शर्माले नेपाली सिनेमाहरु गुणस्तरीय बने सुरू भएपछि प्रर्दशन हुने थिएटर पनि त्यही गुणस्तरको बन्न थालेको बताउँदै भने,‘‘राम्रा हल बन्न थालेका छन् अब गुणस्तरीय सिनेमा नबनाई निर्मातालाई पनि सुख छैन ।’’ उनले नयाँ पुस्ता बाहिर सिनेमा पढेर आउने गर्न थालेको र राम्रा सिनेमा बनाउने क्रम बढ्दा बजारसमेत बढेको बताए ।

Global Ime bank

क्यूएफएक्सले नेपालभर १२ वटा हल सञ्चालनमा ल्याएको छ । जसमा २७ वटा स्क्रिन छन् । काठमाडौं बाहिर बिर्तामोड, बुटबल, विराटनगर, नेपालगञ्जमा हल सञ्चालनमा छन् । विराटनगरको हलमासमेत डलबी एटम्स साउन्ड सिस्टम जडान गरिएको छ । यसअघिका हिमालय टाकिज र अरुण सिनेमा पनि सिनेमा पनि सञ्चालनमा छन् । क्यूएफएक्सले टिकट दर रु २५०, ३५० र ८०० रुपैयाँ तोकेको छ । टिकट बिहानी शत्रका सो–रुमा भने ५० प्रतिशत छुटमा पाउने व्यवस्था गरिएको छ । 
विराटनगरको सेन्ट्रल मलमा एक वर्षअघि सेन्ट्रल सिनेमा सञ्चालनमा आएको थियो । विराटनगरका औद्योगिक घरानाको लगानी रहेको मलमा सिनेमा हेर्नेसमेत सुविधाको लागि हल निर्माण गरिएको लगानीकर्ता प्रकाश मुन्दडाले बताएका छन् । पूर्णतः वातानुकूलित सिनेमा हलमा २५० दर्शक क्षमता छ । यहाँ दुई पर्दा छन् । यसमा हाटनेस कम्पनीको स्क्रिन, जेबीएल कम्पनीको स्पिकर तथा टुडी र थ्रीडी प्रोजेक्टर रहेको छ । 

फायर अलार्म, अग्नि नियन्त्रक सेट, ठूला लबी, चमेना गृह र प्राथमिक उपचार केन्द्रसमेत छन् । सञ्चालक मुन्दडाले भने,‘‘नेपाली सिनेमाको टिकट दर २५० तथा भारतीय र अन्य भाषाका सिनेमाको टिकट दर ३५० देखि ५०० राखिएको छ ।’’ वार्षिकोत्सवको सन्दर्भ पारेर सेन्ट्रल सिनेमाले सात दिन रु. सयमा टिकट दिइरहेको छ । हलमा बिहान ८, मध्यान्ह १२, अपरान्ह ३ र साँझ ६ बजेको ‘सो’ चल्छ । 

यसअिघ विराटनगरमा ११ करोड रुपैयाँको लागतमा सिटी सिनेमा सञ्चालनमा आएको थियो । यो हलले नै विराटनगरमा पहिलो पटक डिजिटल प्रविधि भित्र्याएको थियो । लामो सयमपछि आधुनिक सुविधासहित सिटी सिनेमा सञ्चालनमा आएपछि लगागत थप दुई हलले सेवा शुरु गरेका हुन् । सिटीको पाँच कठ्ठा जमिनको पाँच करोड मूल्यसहित ११ करोड रुपैयाँ लगानी भएको लगानीकर्ताले बताएका छन् । यसमा उद्योगी सुशील रिजाल र सुयष प्याकुरेलले लगानी गरेका हुन् । दुई हलमा ३२० जनाले एकै पटक सिनेमा हेर्न मिल्छ । एउटै छातामुनि दुई हल छन् । सञ्चालक सुयष प्याकुरेल भन्छन्,‘‘सुविधाअनुसार पैसा तिरेर सिनेमा हेर्नेहरुको लागि हामीले हल खोलेका हौं । सिटीले आधुनिक उपकरण र जेबीएलसहितको स्पिकर जडान गरेको छ । 

एनईसी टुुके प्रोजेक्टर जडान गरिएको छ । आरामदायी सिट र एसी जडित हलमा सिनेमा हेर्न टिकटको मूल्य ३२०, ४९०  र ७८० रुपैयाँ राखिएको छ । शुक्रबार, शनिबार र आइतबार ३२० रुपैयाँमा विकेन्ड अफर दिएर सिनेमा हेर्ने व्यवस्था गरिएको छ । बिहानीका सोहरुमा छुटको समेत व्यवस्था गरिएको छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस १, २०७६  ११:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC