site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
अखिल क्रान्तिकारीमा विवाद चुलियो
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
काठमाडौँ । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा विवाद देखिएको छ । साउन १३ गते एकता पश्चात तिनै विद्यार्थी संगठनका अध्यक्षलाई समान स्तरको जिम्मेवारी दिने सहमति भएको तर त्यसको कार्यान्वयन पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बादल पक्षका लागि मात्र भएको मातृका यादव पक्षबाट एकतामा आएका माओवादी केन्द्रका एक नेताले विरोध जनाएका छन् । 
“विद्यार्थी संगठनहरूबीच एकता गर्ने दिन बिहान बानेश्वरको एक होटलमा बैठक बसी एकतामा आएका तिनै पार्टी निकटका विद्यार्थी संगठनका अध्यक्षहरुलाई विद्यार्थी संगठनबाट विदा गर्ने र पार्टीमा समान स्तरको जिम्मेवारी दिने सहमति भएको थियो,” ती नेताले बाह्रखरीसँग भने, “बैठकमा विद्यार्थी फ्याक्सन इन्चार्ज हितमान शाक्य, तीनै संगठनका अध्यक्षहरू रमेश मल्ल, रत्न ढकाल, सन्तोष विष्ट, संगठनको प्रस्तावित तथा अहिलेका संयोजक न्यौपाने, क्रान्तिकारीका पूर्व महासचिव अनिल शर्मा लगायतका नेताहरू सहभागी सो बैठकले सबै नेताहरुलाई समान जिम्मेवारी दिने निर्णय गरेको थियो तर सो सहमति कार्यान्वयन भएन ।” 
उनले अगाडि भने, “पार्टीले सहमतिविपरित प्रचण्ड र बादलपक्षका विद्यार्थी संगठनका पूर्व अध्यक्षहरुलाई जिम्मेवारी दिएको छ । तर एकतामा आउने हामीहरुलाई जिम्मेवारी दिइएन ।” 
पूर्व एनेकपा माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका अध्यक्ष रमेश मल्ललाई विद्यार्थीको सह इन्चार्ज, ३ नं. प्रदेशको विद्यार्थी फ्याक्सन इन्चार्ज र काठमाडौं  विद्यार्थी विशेष जिल्लाको इन्चार्जको जिम्मेवारी दिएको छ । यसैगरि बादल पक्षबाट एकतामा सहभागी विद्यार्थी संगठनका पूर्वअध्यक्ष रत्न ढकाललाई काठमाडौं विद्यार्थी विशेष जिल्लाको संयोजक तथा पार्टीको पोलिटव्यूरो सदस्यको जिम्मेवारी दिइएको छ । 
 
यता क्रान्तिकारी विद्यार्थी संगठनका पूर्व अध्यक्ष सन्तोष विष्टलाई भने केन्द्रीय सदस्यमात्र बनाइएको छ, ती नेताले भने । मातृका यादवबाट एकतामा आएका माओवादी केन्द्रका सचिवालय सदस्य गोपाल ठाकुरले विद्यार्थी फ्याक्सन इन्चार्ज हितमान शाक्यसँग यसबारे कुरा राख्दा शाक्यले प्रचण्डसँग कुरा गर्न भनेको श्रोतले बतायो । 
विद्यार्थीहरूबीच एकता भएको दिन विष्टले प्रचण्डकै अगाडि उनलाई सार्वजनिक रूपमै आलोचना गरेपछि उनलाई माइनस गर्न खोजेको नाम उल्लेख नगर्न भन्दै माओवादी केन्द्रका एक उच्च नेताले बताए ।
 
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १८, २०७३  १७:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC