site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
लिबियाली प्रधानमन्त्रीद्वारा द्वन्द्वबीच पनि आर्थिक सुधारका लागि काम भइरहेको दाबी
Ghorahi CementGhorahi Cement

त्रिपोली । लिबियामा जारी द्वन्द्वबीच पनि मुलुकले आर्थिक सुधारका लागि भएका काममा सफलता मिलिरहेको राष्ट्रसंघको समर्थनप्राप्त लिवियाली सरकारले जनाएको छ ।

राष्ट्रसंघको समर्थनप्राप्त प्रधानमन्त्री फाएज सेराजले आइतबार कतारका अमिर शेख तामिम विन हमद अल–थानीसँग राजधानी दोहामा भएको भेटवार्तामा आर्थिक सुधारका लागि आफ्नो सरकारले काम गरिरहेको र सरकारले द्वन्द्वबीच पनि आर्थिक उपलब्धी हाँसिल गरिरहेको बताउनु भएको प्रधानमन्त्रीको कार्यालय अन्तर्गत सूचना शाखाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Agni Group

विज्ञप्तिमा भनिएको छ, “ भेटमा प्रधानमन्त्री सेराजले कतारका अमिर अल–थानीलाई लिवियाको राजनीतिक तथा सुरक्षा प्रगतिका बिषयमा जानकारी गराउनु भएको छ । राजधानी त्रिपोलीलगायतका क्षेत्रमा विद्रोही लडाकूले छिटफुट आक्रमणका घटनालाई जारी राखेपनि लिवियाली नागरिकमा पहिलेको तुलनामा क्रमशः शान्तिको प्रत्याभूत हुँदै गइरहेका छन् ।”

“ठाउँठाउँमा राष्ट्रिय सहमतिको संयुक्त सरकार र विद्रोहीबीच छिटफुट द्वन्द्वहरू भइरहेका छन् तर यसका बाबजुद पनि लिवियाले सुरक्षा, स्थायित्व र आर्थिक सुधारका लागि गरेका काममा सफलताहरू मिलिरहेको देख्न सकिन्छ ।”

Global Ime bank

भेटवार्तामा प्रधानमन्त्री सेराजले लिवियामा स्थायी शान्ति र सुरक्षा स्थापनार्थ बर्लिनमा हुने सम्मेलनका विविध बिषयमा पनि छलफल भएको थियो ।

सेराजको सरकारले यसै बर्षको अप्रिलपछि केही महिना त्रिपोली र पूर्वमा रहेका विद्रोही  सैनिकहरूमाथि सुरक्षा कारबाहीलाई सशक्त पारेको थियो । - सिन्ह्वा 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर २९, २०७६  २३:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC