site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
अष्ट्रेलियामा नेपालीले आयोजना गरेको लिगमा दुईपक्षबीच झडप, एकको अवस्था गम्भीर 
Sarbottam CementSarbottam Cement

अष्ट्रेलिया, सिड्नी । अष्ट्रेलियाली नेपाली समाजबीच लोकप्रिय, सबैभन्दा पुरानो र पहिलो लिग भनेर दाबी गरिएको गोर्खा नेप्लिज कम्यूनिटीले आयोजना गर्दै आएको जीएनसी लिगको खेलमैदानमै दुईपक्ष आक्रमणमै उत्रिएका छन् ।

यो सिजनमा पनि गोर्खालीको कार्यक्रम रणभूमिमा परिणत भएको छ ।  आइतबार दिउँसो सञ्चालित लिग अन्तर्गत क्याम्सी फुटबल क्लब र गोर्खा स्पर्स नामका दुई नेपाली समूदायका क्लबबीचको खेलपछि क्याम्सी एफसीका खेलाडीहरुले गोर्खा स्पर्सका एक खेलाडीलाइ मैदान बाहिर मरणासन्न हुनेगरी आक्रमण गरेका छन् ।

उनको नाम अहिलेसम्म बताइएको छैन ।  खेल सिड्नीको चेष्टर हिलस्थित मैदानमा सञ्चालन भएको थियो । बाह्रखरीलाई प्राप्त केही भिडियो क्लिप्समा पनि आक्रमणमै उत्रिएको देख्न सकिन्छ । भिडियोमा गोर्खा स्पर्सका खेलाडीलाई क्याम्सी एफसी लेखिएको फुटबल जर्सी लगाएका अर्को समूहका सदस्यहरुले निरन्तर आक्रमण गरेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

अघिल्लो वर्ष पनि यसैगरी झडप भएको थियो । 

Global Ime bank

खेल सञ्चालनमै भइरहेकै अवस्थामा कसरी एकाएक आक्रमण सुरु भयो भन्ने सम्बन्धमा अहिलेसम्म जानकारी प्राप्त भएको छैन । आयोजकहरुलाई सम्पर्क गर्न खोज्दा सबै प्रतिक्रिया दिनबाट तर्किएका छन् ।

आक्रमणमा परेका खेलाडीको सिड्नीकै एक अस्पतालमा आईसीयूमा उपचार भइरहेको छ । नेपाली समूदायको सेतु बनेको भनेर खुबै प्रचारबाजी गरिने यो लिग नेपाली युवा विद्यार्थीमाझ लोकप्रिय भए पनि आजसम्म त्यस्तो हुन सकेको छैन ।

सहभागी क्लबमध्येका एकले अब यो लिग पूर्ण रुपमा बन्दै गर्नुपर्ने पनि बताएका छन् । विभिन्न क्लबका भाइबर समूह र त्यसमा आवद्ध सदस्यहरुमाझ जीएनसीको कमजोर व्यवस्थापन, गैर नाफामूलक भए पनि नाफा केन्द्रित आयोजकहरु यसमा सबैभन्दा जिम्मेवार रहेको एक सदस्यले बाह्रखरीलाई जानकारी दिए ।

कस्तो कानुन लाग्छ ?

फुटबल वा अन्य कुनै पनि प्रकारका खेलकुदका दौरान वा खेलपश्चात खेलमैदान बाहिर हुने साधारण झै झगडानै किन नहुन् त्यसलाई अष्ट्रेलियाको कानुनले आपराधिक कार्य मान्ने गरेको छ । कानुनअनुसार दोषी ठहर भएमा त्यस्तो आपराधिक गतिविधिजस्ता सूचना अर्को देशसँग पनि रहने हुनाले अर्को देशको भ्रमणमा समेत रोक लाग्न सक्ने बताइन्छ ।

यस्तो अवस्थामा ज्यान मार्नेसम्मको मुद्दा अघि बढ्न सक्ने कानुनविदहरु बताउँछन् ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर २९, २०७६  १९:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC