site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नेकपा स्थायी कमिटीकाे बैठक सुरु, प्रधानमन्त्री अनुपस्थित
Sarbottam CementSarbottam Cement

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सुरु भएको छ । पार्टी कार्यालय धुम्बाराहीमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा स्थायी कमिटी बैठक सुरु भएको हो ।

इन्स्टाग्राममा तस्बिर सार्वजनिक गर्दै अध्यक्ष प्रचण्डले बैठक सुरु भएको जानकारी गराएका छन् । “नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बराहीमा अध्यक्ष प्रचण्डको अध्यक्षतामा सुरु,” इन्स्टाग्राममा तस्बिरसँगै उनले लेखेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटामार बसेको नेकपाको सचिवालय बैठकले स्थायी कमिटी बैठकका लागि प्रस्ताव तय गरेको थियो । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठकले स्थायी कमिटी बैठकका लागि प्रस्तावहरू तय गरेको जानकारी दिए ।

उनकाअनुसार स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक प्रतिवेदन पेस गर्नेछन् । प्रचण्डले अध्यक्षसँग रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँगको परामर्शमा राजनीतिक प्रतिवेदन तयार गरेको बताइएको छ । बैठकमा पार्टीको विधान संशोधन, नेपाल–भारत सीमा समस्या, केन्द्रीय कमिटी बैठकलगायतका एजेन्डा पनि पेस हुने छन् ।
बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली भने उपस्थित भएका छैनन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर २९, २०७६  १३:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC