site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
 उत्तर कोरियाले गर्‍यो ‘महत्वपूर्ण परीक्षण’, अमेरिकालाई ‘अशुभ क्रिसमिस गिफ्ट’ दिने चेतावनी
Ghorahi CementGhorahi Cement

बीबीसी । उत्तर कोरियाले अर्को 'महत्वपूर्ण परीक्षण' गरेको बताएको छ । उत्तर कोरियाली सञ्‍चारमाध्यम केसीएनएले शनिबार जनाएअनुसार उत्तर कोरियाले स्याटेलाइट लञ्‍च साइटमा शुक्रबार रणनीतिक परमाणुमा आफूलाई अब्बल देखाउन रणनीतिक परीक्षण गरेको छ । 

उत्तर कोरिया सरकारका प्रवक्ताले उक्त समाचार संस्थालाई उक्त परीक्षण शुक्रबार सोही स्याटेलाइन लञ्‍चङ् ग्राउण्डमा गरिएको हो । तर, यसको थप विवरण भने दिन इन्कार गरेका छन् । एक सातामै यहाँ दोस्रोपटक परमाणु परीक्षण गरिएको हो । 

Agni Group

उक्त क्षेत्रमा के परीक्षण गरिएको थियो भन्‍ने यकिन खुलाइएको छैन । उत्तर कोरिया विज्ञ अमेरिकी वैज्ञानिक अंकित पण्डाका अनुसार जमिनमा ब्यालेस्टिक मिसाइल इन्जिन परीक्षण गरिएको हुनसक्ने बताएका छन् । 

दक्षिण कोरियाका रक्षामन्त्रीले यसअघि नै उत्तर कोरियाले डिसेम्बरमा गरिने परीक्षणको पूर्वतयारी भइरहेको बताएका थिए । 

Global Ime bank

Satellite image of launch site

नोभेम्बरमा लगातार मिसाइल परीक्षण गरेपछि उत्तर कोरिया फेरि परमाणु विस्फोटमा फर्किएकोप्रति जापानले निन्दा गरेको थियो । 

संयुक्त राज्य अमेरिका र उत्तर कोरियाबीचको परमाणु योजनासम्बन्धी वार्ता स्थगित भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाले पूर्णरुपमा परमाणु निशस्त्रीकरण नगरुञ्‍जेलसम्म प्रतिबन्ध नहटाउने बताएका छन् । 

तर, उत्तर कोरियाली नेता किम जोङ उनले भने नयाँ एजेण्डासहित यही वर्षको अन्त्यमा वार्ताका लागि आग्रह गरेका छन् । पयोङ्याङले वार्ताका लागि नयाँ तरिका अपनाइने बताएको छ । यदी नयाँ तरिका नअपनाइएमा अमेरिकाले अशुभ 'क्रिसमस गिफ्ट' पाउने चेतावनी दिएको छ । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर २८, २०७६  १६:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC