site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
‘बालबालिकाका हातमा मोबाइल होइन, कोकिन छन्’
Sarbottam CementSarbottam Cement

काठमाडौं । पछिल्लो समय बालबालिकाको हातमा विभिन्न ग्याजेट्स छन् । किताब-कापीमा अभ्यस्त हुनुपर्ने सिकारु पुस्ता मोबाइल, ट्याबमा बरालिँदा अधिकांश अभिभावकलाई टाउको दुखाइ बनेको छ । यसले दिमागको मौलिक र प्राकृतिक विकास त मासिँदैन भन्ने चिन्ता पनि बढ्दो छ ।

पोखरा लिटरेचर फेस्टिभलको दोस्रो दिन (शनिबार)को पहिलो सत्रमा यहीबारे विमर्श भयो । छलफलको विषय थियो- ‘बालकालिकाको हातमा मोबाइल कि पुस्तक ?’

बहसमा थिए, मनोविद् करुणा कुँवर, बाल स्याहार–बाल शिक्षामा बहस गर्दै आएका इन्जिनियर वसन्त गौतम र कथाकार बिना थिङ् तामाङ । बहसलाई सहजीकरण गरेका थिए, बालसाहित्यकार भवसागर घिमिरेले ।

Prabhu Bank
Agni Group
NIC Asia

बहसमा भाग लिँदै मनोविद् करुणा कुँवरले बालबालिकाको वैयक्तिक विकासमा ग्याजेट्स बाधक बन्दै गएको औंल्याइन् ।

र, यो कोकिनजत्तिकै घातक हुने उनको अनुभव थियो । भनिन्- “अभिभावकहरू आफ्नो सजिलोका लागि सह्यारसुसार, रेखदेख गर्न छाडेर कलिला बालबालिकाका हातमा मोबाइललगायत ग्याजेट्स थमाउन थालेका छन् । बिस्तारै त्यो एडिक्सनमा परिणत हुँदैछ । उनीहरूको शिर्जनशीलता, कौतूहलतामा ह्रास ल्याउँदैछ ।”

Global Ime bank

बढ्दो ग्याजेट्स (मोबाइल, ट्याब, ल्यापटप, डेक्सटपआदि)को प्रयोगले घरघरमा नयाँनयाँ समस्या देखिन थालेको पनि उनको अनुभ छ । इन्टरनेट लतकै कारण प्रयोगकर्ताहरू कालान्तरमा गएर एन्जाइटी र डिप्रेसनको सिबियर बिरामी- हुनेतर्फ पनि उनले सचेत गराइन् ।

सूचना र प्रविधिको फैलावटका कारण बालबालिका, किशोरकिशोरीलाई ग्याजेट्सबाट अक्षुण्ण राख्न नसकेता पनि उनीहरूलाई कति घण्टा मोबाइलमा व्यस्त रहन दिने भन्ने कुरामाचाहिँ अभिभावक सचेत हुनुपर्ने र सावधानी अपनाउनुपर्नेमा उनको जोड थियो ।

“हामीले इन्टरनेट, मोबाइल अनुशासनमा पनि ध्यान दिनुपर्ने बेला आएको छ । बालबालिकाले मोबाइलको के हेरिरहेको छ ? के खोजिरहेको छ ? कति घण्टा समय बिताउँछ ? यसबाट के सिकिरहेको छ भन्ने कुरामा सचेत हुनुपर्छ र समय समयमा निरीक्षण गर्नुपर्छ,” उनले थपिन् ।

किशोरकिशोरीमा त मोबाइल, सामाजिक सञ्जालको झन् ठूलो असर परिरहेको उनको अनुभव छ ।

“बालबालिकाको समस्या अभिभावकले भन्ने गरेका छन् र थाहा हुन्छ । किशोरकिशोरीको समस्या त अभिभावकले लुकाएर राखेका छन् । घर–परिवार बाहिर आउन पाएको छैन । त्यहाँ झ्न ठूूलो समस्या छ । साइबर अपराधका घटना बढ्दो छ । कतिपय समस्याको डायग्नोसिस (निदान) नै हुन बाँकी छ । समस्याको पहिचान पनि हुन बाँकी छ । अतः यसलाई न्यूनीकरण गर्न पनि ग्याजेट्समा नियन्त्रण र सन्तुलन कायम गर्नैपर्छ,” उनले भनिन् ।

उनले बालबालिका, किशोरकिशोरीलाई मोबाइलबाट टाढा राख्न अभिभावकले पनि मोबाइलमा खर्चने समय कटौती गर्नुपर्ने बताइन् ।

“कतिपय अभिभावक नयाँनयाँ मोबाइल, ग्याजेट्स घर भित्र्याउँदा गर्व गर्छन् । त्यसको अन्त्य गर्नुपर्छ । ग्याजेट्स फेर्ने बानी पनि फेर्नुपर्छ । अभिभावकले ग्याजेट्स अनुशासन पालना गरे, बालबालिकाले पनि त्यसको सिको गर्छन्,” उनले भनिन् ।

उनले स–साना बालबालिकालाई तुरुन्तै मोबाइलबाट अलग गर्नुपर्ने टड्कारो आवश्यकता रहेको पनि बताइन् ।

“बालबालिकासँगै अभिभावकले आफ्नो पनि मनिटरिङ गर्नुपर्‍यो । लत छुटाउन प्रयोगमा कटौती गर्नुपर्‍यो । बालबालिकालाई मोबाइलाबाट छुटाउनुहोस्, ४ दिन गाह्रो हुन्छ । रक्सीको लत छुटाएजस्तो पनि हुनसक्छ । त्यस्ता लक्षण देखिन सक्छन् । तर ४ दिनपछि सजिलो हुँदै आउँछ । लत छुट्छ,” उनले उपाय पनि सुझाइन् ।

बालस्याहारबारे विमर्श गर्दै आएका वसन्त गौतमले पनि ग्याजेट्स बालबालिकाको जीवनबाट अलग गराउनु पर्ने तर्क गरे ।

अन्य मुलुकको उदाहरण सुनाउँदै गौतमले भने, “जापान प्रविधिमा हामीभन्दा निकै अगाडि छ । विश्वमा चल्तीमा आएका कतिपय प्रविधिको सुरूआत जापानबाटै हुन्छ । अधिकांश ग्याजेट्स त्यहीँ बन्छन् पनि । तर जापानी बालबालिकाको हातचाहिँ पुग्न पाउँदैनन् । ग्याजेट्सभन्दा पुस्तकमै जोड दिएका छन् ।”

पुस्तकलाई पठनीय र सिकाइमैत्री बनाउनु लागिपरेकैले जापानी बालबालिका ग्याजेट्सबाट पर रहेको उनको अनुभव पनि छ ।

उनले शिक्षामा पनि जापानकै उदाहरण जोडे । प्राथमिक तहका बालबालिकालाई किताबी शिक्षामा भन्दा व्यवहारिक शिक्षा, वनजङ्गल देखाउने, प्रकृतिसँग चिनापर्ची गराउने, स्कुल, बाटोघाटो सरसफाइ गराउनेजस्ता काममा लगाएर बोझिलो शिक्षाबाट बाहिर राखेको सन्दर्भ राखे ।

रचनात्मक बाल शिक्षामा जोड दिँदा उनीहरूका पछिल्ला छिमलका बालबालिका ग्याजेट्समा नझुम्मिएको उनको अनुभव छ । 

छलफलमा सहभागी अर्की वक्ता बिना थिङले पछिल्लो समय समाज एक्लो पनको सिकार भइरहेको बताइन् । प्रत्येक दुई घरमध्ये एक घरको सदस्य रोजगारीका लागि विदेश गइरहेको अवस्था वर्णन गर्दै पारिवारिक विखण्डन र विभाजनको सोझो असर बालबालिकाको वृद्धि-विकासमा परेको बताइन् ।

“आजका बालबालिका एक्लै हुर्कन बाध्य छन् । हिजोजस्तो कथा-कुथुङ्ग्री, लोरी सुन्दै हुर्कने समय रहेन । त्यसरी सुनाउन हजुरबुबा, हजुरआमा साथमा हुनुहुन्न । यसको असर बालबालिको वृद्धि-विकासमा परिरहेको छ,” उनले भनिन् ।

बालबालिका सह्यार्ने, रेखदेख गर्ने मान्छे नहुँदा आमाहरू मोबाइल जिम्मा लगाउन बाध्य भएको उनको अनुभूति छ ।


 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर २८, २०७६  १४:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC