site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

गरिबीका कारण सप्तरीकी सुत्केरी आमा र नवजात शिशुले भोग्नुपरेको सास्तीले नेपालको स्वास्थ्य सेवाको कुरूप अनुहार एकपटक फेरि उदांगो भएको छ । विराटनगरको एउटा अस्पतालमा सुत्केरी हुँदा लागेको खर्च तिर्न नसकेपछि सप्तरी तिलाठी कोइलाडीकी महिलालाई अस्पतालले घर जान दिएन । ती महिलाले जन्माएकी जुम्ल्याही छोरीमध्ये एकको अस्पतालमै मृत्यु भइसकेको छ । आमालाई अस्पतालले ‘बन्धक’ बनाएर राखेपछि बाबुले जीवित छोरीलाई घर लिएर आए । आमासँग छुटाइएकी नवजात शिशु अहिले कुषोषणबाट सिकिस्त भएकी समाचार प्रकाशमा आएको छ । समाचारअनुसार उनका बाबु अस्पतालमा बन्धक बनाइएकी सुत्केरी पत्नीलाई छुटाउन ३ लाख ५० हजार रुपियाँको जोहो गर्नमा व्यस्त छन् । तर, नवजात शिशुलाई तत्काल उपयुक्त उपचार नगर्ने हो भने अनीष्ट हुनसक्ने शंका चिकित्सकले प्रकट गरेका छन् । उता, अस्पतालमा बन्धक बनाइएकी आमाको दूध सुक्तै गएको समाचारमा उल्लेख छ । 

अस्पतालमा सुत्केरी गराउँदा सरकारले प्रोत्साहनस्वरूप यातायात खर्च दिने गरेको छ । यसलाई राज्यको गरिबमुखी कार्यक्रमका रूपमा निकै प्रचारप्रसार गरिएको छ । यस्तै कार्यक्रमहरूलाई देखाएर देशले सामाजिक आर्थिक क्षेत्रमा प्रगति गरेको जस पनि लिएको छ । तर, व्यवहारमा भने यी सप्तरीकी सुत्केरी महिलाको नियति भोग्न विवश हुनेहरूको बाहुल्य छ । सुत्केरी आमालाई ‘बन्धक’ बनाएर राख्ने अस्पतालको अमानवीय कृत्यको आफ्नै तर्क होला । नत्र, आमा र नवजात शिशुलाई अलग्याउँदा बच्चाको जीवन संकटमा पर्नसक्छ भन्ने अस्पताल प्रशासनले पक्कै बुझेकै हुनुपर्छ । सुत्केरी महिलाका पतिले पनि छोरीलाई आमासँगै अस्पतालमै नछाडी ल्याउनुको आफ्नै बाध्यता होला । कुपोषित नवजात शिशुको उपचार पनि राज्यको दायित्व हो । तर, त्यसका लागि आवश्यक प्रक्रिया होला । यही प्रक्रिया र बाध्यता नाममा गरिबको ज्यानै जाने दुर्दशा हाम्रो स्वास्थ्य सेवाको वास्तविकता हो । 

सुत्केरीलाई बन्धक बनाउने अमानवीय कार्य अस्पतालले नगरेको भए नवजात शिशु कुपोषित हुनबाट जोगिन सक्थिन् । स्थानीय र प्रदेश सरकारहरूले सुत्केरीलाई अस्पतालबाट मुक्त गराउन पहल गरेका भए तिनको औचित्य सिद्ध हुन्थ्यो । यस प्रकरणमा अस्पताल प्रशासन र स्थानीय सरकारका पदाधिकारी धिक्कारका पात्र भएका छन् । यथार्थमा  अस्पतालमा सुत्केरी ‘बन्धक’ हुनुपर्ने र तिनको नवजात शिशु कुपोषित हुने समाचार राज्यका सबै तह र अंगका लागि लज्जा र चुनौतीको विषय हो । राज्यले अस्पतालमा सुत्केरी सेवासम्म पनि निःशुल्क उपलब्ध गराउन नसक्ने र नागरिकले उपचार गराएबापत बन्धक बस्नुपर्ने लाजमर्दो अवस्था संसारका थोरैमात्र मुलुकमा होला । नैतिक मूल्यको सम्मान गर्ने शासन हुँदो हो त यस्तो अवस्था सार्वजनिक भएपछि कम्तीमा स्वास्थ्य मन्त्रीले पदबाट राजीनामा गर्थे होलान् । नेपालमा नैतिकताका आधारमा पद त्याग बिरलै हुने घटना हो । यहाँ त सप्तरीकी बन्धक सुत्केरी र तिनको नवजात शिशुको अवस्था दोहोरिन नदिनमात्र ध्यान दिए पनि धेरै उपलब्धि हुन्थ्यो । नेपालको स्वास्थ्य सेवाको यो अमानवीय अनुहारले अस्पतालहरूको प्रशासन शैली र राज्यको संवेदनहीनताको पोल खोलेको छ । आमूल सुधार नगर्ने हो भने स्वास्थ्य सेवाको यो कुरूप अनुहार नेपालीको नियति बन्न पुग्नेछ । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर २८, २०७६  १०:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC