site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
किम्फ महोत्सवको तेस्रो दिन सात चलचित्र, यस्तो छ पुरस्कारको विवरण
Ghorahi CementGhorahi Cement

काठमाडौं । काठमाडौं इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) को १७ औं संस्करण अहिले काठमाडौंम सञ्चालन भइरहेको छ । 

राष्ट्रिय सभा गृह र नेपाल पर्यटन बोर्डमा भइरहेको महोत्सवमा २९ देशका ७९ फिल्महरु प्रर्दशनी गरिनेछ । सर एडमन्ड हिलारीको शताब्दीको अवसरमा विशेष शो ‘द एसेन्ट अफ एभरेष्ट’ वृत्तचित्रबाट सुरु गरिएको महोत्सवको आज तेस्रो दिन रहेको छ ।

Agni Group

आज तेस्रो दिन नेपालबाट ७ फिल्महरु प्रदर्शनी गरिनेछन् । जसमा प्रशिस बज्रचार्यको ‘कोक्रो’,निपिल शर्माको ‘अतिसर्ग’, सुमन सापकोटाको ‘एटिन’, गणेश पाण्डेको ‘ को हजबेन्द’, प्रदीप ढकालको ‘गाइने’, ग्रिष्मा गिरीको ‘ ब्लुज अफ पिंक’ रजिला श्रेष्ठको ‘ चित्रपुरी नगर’ र नेपाल-अष्ट्रेलियाको एडिथ जेहेन्मेर्त र निकोल बायर को ‘ मिंगमा नुरु शेर्पा : गोइंग वेस्ट’, अमेरिका-नेपालको माइकल ब्राउनको ‘ दी वेट अफ वाटर’का साथै इरानबाट टिमोर गडेरीको ‘कूह (माउन्टने)’ प्रर्दशन गरिने छन् । 

विशेष शो मा स्विजरल्यान्डका पेट्रा वियोनडिना भोल्पेको ‘ डाई गोथी ओर्थनंग’ अर्थात ‘ द डिभाइन अर्डर’ प्रदर्शनी गरिने छ । ‘भ्वाइस फ्रम दी मार्जिन’ नाराका साथ सुरु भएको किम्फ २०१९, १५ डिसेम्बरसम्म चल्ने छ ।

Global Ime bank

फिल्म प्रदर्शनीसँगै महोत्सवको अरु अकार्षण भनेको मास्टर क्लास, समूह छलफल, फोटो प्रदर्शनीलगायतका कार्यक्रमहरु पनि रहेका छन् । नेपाली पानोरामा अन्तर्गत १७ फिल्महरु प्रदर्शन गरिनेछन् ।

महोत्सवको नेपाली पानोरमा र अन्तर्राष्ट्रिय प्रतिस्पर्धा विधामा परेका फिल्महरुलाई पुरस्कारको व्यवस्था पनि रहेको छ ।

पुरस्कारको विवरण :


 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २७, २०७६  १५:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC