site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
 सभापति महाधिवेशन टार्ने खेलमा लागेपछि बहिष्कार गर्‍यौं
Ghorahi CementGhorahi Cement

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विभागको संख्या बढाउने प्रस्ताव केन्द्रीय समितिमा ल्याउने तयारी गरेपछि रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूहले  बैठक बहिष्कार गरेका छन् । बिहीबार दिउँसो बोलाएको बैठकअघि महाधिवेशनको कार्यतालिका पहिला ल्याउनुपर्ने अडान पौडेल पक्षको थियो ।
सभापति देउवा र पौडेलबीच पार्टी कार्यालय सानेपामा बैठकअघि छलफल भएको भए पनि सहमति कायम हुन सकेन ।

देउवाले केन्द्रीय समितिको बैठकमा विभागको संख्या ४१ बनाउने प्रस्ताव ल्याएका छन् । तर यसको पौडेल र सिटौला पक्षले भने तीव्र विरोध गरेका छन् । बैठक बहिष्कार गरेका कांग्रेस नेता पौडेलसँग बाह्रखरीका जगन्नाथ दुलालले गरेको कुराकानीः


आजको केन्द्रीय समिति बैठक बहिष्कार गर्नुभएछ । किन ?

Agni Group

सभापति शेरबहादुर देउवाको महाधिवेशन टार्ने, पार्टीलाई संकटमा पार्ने रबैयासँग हाम्रो आपत्ति हो । त्यसैले बैठक बहिष्कार गरेका हौं । सभापति नै महाधिवेशन टार्ने खेलमा लागेपछि हामी बैठक बहिष्कार गर्न बाध्य भएका हौं ।

बैठकको सुरुमा तपाईंहरु पनि हुनुहुन्थ्यो । एकाएक बैठक छाड्ने परिस्थिति कसरी बन्यो ? 

Global Ime bank

यो बैठकको औचित्य छैन । बैठकमा सभापतिले प्रस्तुत गर्नुभएका एजेन्डा हामीलाई स्वीकार्य छैन । हामीले बैठकअघि पनि सभापतिसँग कुरा गरेर आफ्ना कुरा भन्यौं ।  हामीले पहिले १४ औँ महाधिवेशनको कार्यतालिका ल्याउनुपर्छ भनेका छौं । कार्यतालिकासहित आए हामी पनि छलफल गर्न तयार छौं भनेकै हौं । तर त्यसका लागि सभापति तयार हुनुभएन । 

उहाँ महाधिवेशनको कार्यतालिका बनाउने सम्बन्धी छलफलको एजेन्डासम्म बनाउन पनि तयार हुनुभएन । त्यसपछि छलफलमा हामी सहभागी भएनौं । 

अब के गर्नुहुन्छ त ? 

यो कार्यसमितिको कार्यकाल पूरा हुन लागिसक्यो । ३ महिनामात्रै बाँकी छ । कहिलेसम्म महाधिवेशन गर्न सकिन्छ त्यहीअनुसार कार्यतालिका ल्याएर छलफल  गर्न सकिन्छ भन्ने हाम्रो भनाइ हो ।

यति धेरै काम बाँकी छ । अब चुनाव आउँछ । चुनावमा पार्टी त्यही हालत हुन्छ फेरि ।  अहिले पार्टीको अधिवेशन सकेर, पार्टीभित्रको सबै झन्झट अन्त्य गरेर एकत्व भावले पूरै लागेर जान सकियो भने पार्टीलाई आउँदो चुनावमा जिताउन सकिन्छ । नत्र भने पार्टीको हालत यस्तै हुन्छ । जसरी पनि अधिवेशन टार्ने र आफूलाई दिगो राख्ने उहाँको नियत देखियो । 

भनेपछि केन्द्रीय समिति बैठकमा महाधिवेशनको कार्यतालिकाको एजेन्डा नआएसम्म बैठकमा सहभागी हुनुहुन्न ? 

हो, महाधिवेशनको कार्यतालिका नआएसम्म बैठकमा सहभागी हुँदैनौं । यही नै हाम्रो बटमलाइन हो । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २६, २०७६  १९:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC