काठमाडौं । लक्ष्मी बैंकले भाइबर च्याटमा कुराकानीलाई अझ बढी रोमाञ्चक बनाउने उद्देश्यका साथ भाइबरमा १६ प्रकारको स्टिकर रहेकोे स्टिकर सेटको सुरुवात गरेको छ । योसँगै ‘नेपाली एनिमेटेड प्याक’ शुरु गर्ने लक्ष्मी बैंक नेपालकै पहिलो बनेको हो ।
भाइबरमा स्टिकरहरु एक रमाइलो एवं रंगीन अभिव्यक्तिको माध्यम हुन् र लक्ष्मी बैंकको “ग्रिटिङ्स फ्रर्म लक्ष्मी” प्याकले पनि त्यसलाई सघाउने अपेक्षा गरिएको छ । भाइबर च्याटमा मौद्रिक भाषामा समयानुकुल कुराकानी गर्न, धन्यवाद व्यक्त गर्न तथा अन्य सन्देशहरु आदानप्रदान गर्न अब लक्ष्मी बैंकको रचनात्मक भाइबर स्टिकरहरु प्रयोग गर्न सकिनेछ ।
बैंकले आफ्नो ग्राहकमाझ उत्कृष्ट उत्पादन, विशिष्ट सेवा र उपयोगी टिप्सको माध्यमबाट व्यक्ति, परिवार, साना व्यवसायी तथा ठूला कर्पोरेटको दैनिकिमा महत्वपूर्ण योगदान पु¥याउन प्रतिबद्घ छ । भाइबर स्टिकर त्यही उद्देश्यबाट प्रेरित एक अर्को कदम हो ।