site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
राजीनामा दिन्नँ, महरालाई मैले पठाएको हो र ? : उपसभामुख
Sarbottam CementSarbottam Cement

काठमाडौं । उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले आफूले तत्काल पदबाट राजीनामा नदिने बताएकी छन् । उनले आफूलाई राजीनामा दिन भनेर कसैले पनि नभनेको स्पष्ट पार्दै तत्काल राजीनामा नदिने बताएकी छन् । 

बुधबार बिहान बाह्रखरीसँगको कुराकानीमा उनले भनिन्,‘‘मिडियामा आएको समाचार देखेर म आफैँ छक्क परिरहेको छु । मलाई कसैले राजीनामा दिन भनेको छैन, दिने कुरा पनि हुँदैन ।”

Prabhu Bank
Agni Group
NIC Asia

राष्ट्रपति विद्यादेवी भण्डारीबाट सरकारको सिफारिसमा आउँदो पुस ४ गते संसदको अधिवेशन डाकिएपछि उपसभामुखको राजीनामाको प्रसंग आएको हो । उपसभामुख र सभामुख फरक फरक पार्टीको हुनुपर्ने संवैधानिक प्रावधान भएको र उपसभामुखले राजीनामा नदिँदा सत्तारुढ नेकपाले सभामुख पद छोड्नुपर्ने अवस्था उत्पन्न हुन सक्ने भएकाले उपसभामुखले राजीनामा दिएर नेकपाकै अर्का एक नेतालाई सभामुख बनाउने तयारी गरिएको प्रसंग सार्वजनिक भएपछि उनले यस्तो बताएकी हुन् ।

यद्यपि यसअघि नै सभामुख र उपसभामुख एउटै पार्टीको हुन हुने वा नहुने भन्ने बारेमा परेको रिटको सर्वोच्चबाट अन्तिम फैसला आइसकेको छैन । प्रतिनिधिसभा नियमावलीमा संसद् बैठकको आरम्भ र स्थगनको घोषणा सभामुखले गर्ने व्यवस्था छ ।

Global Ime bank

प्रधानमन्त्रीले राजीनामा दिन आग्रह गर्नुभएको हो भन्ने बाह्रखरीको प्रश्नमा उपसभामुख तुम्बाहाम्फेले भनिन्,‘‘प्रधानमन्त्रीले मात्रै होइन, मलाई कुनै पनि नेताले राजीनामा दिनुपर्यो भन्नु भएको छैन । कसैसँग मेरो भेट पनि भएको छैन ।’’

उनले आफूले तत्कालीन सभामुख कृष्णबहादुर महरालाई यौन काण्डमा फस्न नपठाएको बताउँदै महराले गरेको गल्तीको सजाय आफूले भोग्ने भन्ने कुरा नआउनेसमेत बताइन् । ‘‘केही दिनमा नेताहरुले भन्नु होला । तर, अहिलेसम्म केही भन्नुभएको छैन । त्यसैले मलाई बोल्न पनि मन लागेको छैन । मिडियामा आएको हल्ला सुनेर अचम्ममा परेकी छु,’’ उपसभामुखले भनिन् । 

उनले आफूले राजीनामा नदिने पनि स्पष्ट पारिन् । “मैले तत्काल होइन, राजीनामा नै दिन्नँ,” उनले बाह्रखरीसँगको कुराकानीमा भनिन् । तत्कालीन सभामुख महरा यौनकाण्डमा फसेपछि अहिले सभामुख पद खाली छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २५, २०७६  ०९:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC