site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
टोस्टमास्टर्स सम्मेलन ‘साइटेसन २०१९’ सम्पन्न
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल टोस्टमास्टर्सको वार्षिक सम्मेलन सम्पन्न भएको छ । साइटेशन २०१९ नाम दिइएको सम्मेलनमा नेपालभरका ३ सय ५० जना सदस्यहरुले ३० वटा क्लबको प्रतिनिधित्व गर्दै सहभागी भएका थिए । यी सहभागीहरुले विभिन्न समुदायिक क्लब, कम्पनी, व्यवसायिक संगठन, र शिक्षक संस्थाको प्रतिनिधित्व गरेका थिए ।

सम्मेलनमा प्रमुख वक्ताको रुपमा टोस्टमास्टर्स इन्टरनेसनलका अन्तर्राष्ट्रिय प्रेसिडेन्ट दीपक मेनन रहेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

यसैगरी, नेपाल टोस्टमास्टर्सले कृष्णा ताम्राकारलाई कम्युनिकेटर अवार्ड २०१९ द्वारा सम्मान गरेको छ । ८२ वर्षीया ताम्राकार अझै पनि दुईवटा एफएम कार्यक्रम चलाउँछिन् । उनी एक क्यान्सर सर्भाइभर हुन् र क्यान्सरसम्बन्धी जनचेतनाका लागि ‘आशा’ नामक रेडियो कार्यक्रम चलाउँछिन् । उनले ३१ वर्षसम्म रेडियो नेपालमा समाचार वाचिका रहेकी थिन् ।

सम्मेलनमा ‘इभ्यालुएसन’ र ‘ह्युमरस’का प्रतिस्पर्धीले फाइनल राउन्डका लागि प्रतिस्र्धा गरेका थिए । प्रतिस्पर्धाको विजेता ‘इभ्यालुएसन’तर्फ कुशुम टोस्टमास्टर्स क्लबकी प्रिया चापागाँइ भएकी छन् भने ‘ह्युमरस स्पिीच कन्टेस्ट’तर्फ लक्ष्मी बैंक टोस्टमास्टर्स क्लबकी कुष्मा केसी भएकी छन् । यी दुवै एरिया ए५ का टोस्टमास्टर्स हुन् । यी दुवै विजेताले भारतको नयाँ दिल्लीमा मे २०२० मा आयोजना हुन् डिस्ट्रिक्ट लेभल कन्टेस्टमा सहभागी हुनेछन् ।

Global Ime bank

कार्यक्रममा ‘सञ्चारको माध्यमबाट नेतृत्व’ भन्ने विषयमा प्यानल छलफल पनि राखिएको थियो जसमा प्यानलिस्ट सुमन शाक्य डीटीएम, रञ्जीत आचार्य डीटीएम, जेनिफर घोष डीटीएम र इन्टरनेशनल प्रेसिडेन्ट दीपक मेनन डीटीएम रहेका थिए ।

कार्यक्रममा नेपाल टोस्टमासटर्स डिभिजन ए डिस्ट्रिक ४१ को न्युजलेटर इन्कस्पायरको दोस्रो अंक सार्वजनिक गरिएको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २४, २०७६  १४:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC