site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
 आठौं दिन नेपाललाई दुई स्वर्ण, स्वर्ण संख्या ४५
Ghorahi CementGhorahi Cement

काठमाडौं । साग खेलकुदमा नेपालले ऐतिहासिक उपलब्धि हात पारेको छ । १३ औँ सागअन्तर्गत नेपालले सातौं दिन नै साग इतिहासमा हालसम्मकै धेरै स्वर्ण जित्दै इतिहास कायम गरेको थियो । 

सागको आठौं दिनसम्म पुग्दा नेपालले ४५ स्वर्ण पदक जितेको छ  । पदक तालिकाको अग्रस्थानमा रहेको भारतले १२७ स्वर्ण जितेको छ । तेस्रो स्थानको श्रीलंकाले २९ स्वर्ण जित्दा चौथो स्थानको पाकिस्तानले २१ स्वर्ण जित्न सफल भएको छ ।

Agni Group

पाँचौँ स्थानमा रहेको बंगलादेशले ६ स्वर्ण जित्दा माल्दिभ्सले एक स्वर्ण जित्दै छैटों स्थानमा छ भने भुटानले हालसम्म खाता खोल्न सकेको छैन । नेपालले आइतबार पौडी र जुडोमा एक-एक स्वर्ण जितेको छ । पौडीतर्फ नेपालकी गौरिका सिंहले एउटै सागमा तीन स्वर्ण जित्दै कीर्तिमानी कायम गरेकी हुन् । सागमा हालसम्म एउटै नेपाली खेलाडीले स्वर्ण जित्न सकेको छैन् ।

गौरिकाले ४ सय मिटर फ्रिस्टाइलमा स्वर्ण जितेकी हुन् । ओलम्पियन गौरिकाले ४ मिनेट २५.२८ सेकेण्डको समय निकाल्दै स्वर्ण जितेकी हुन् । यस स्पर्धामा भारतकी शिवांगी शर्माले ४ मिनेट २६.२२ सेकेण्डको समय निकाल्दै रजत जितिन् । गौरिकाले यसअघि २ सय मिटर ब्याकस्ट्रोक र २०० मिटर फ्रिस्टाईलमा स्वर्ण जितेकी थिइन् ।

Global Ime bank

जुडोतर्फ देविका खड्काले स्वर्ण जितेकी छिन् । आर्मीको कभर्डहलमा देविकाले ५२ केजी मुनि तौल समूहमा नेपाललाई स्वर्ण दिलाएकी हुन् । देविकाले भारतकी टोकास गायत्रीलाई पराजित गरिन् । यस स्पर्धामा बंगलादेश र श्रीलंकाले कास्य जित्यो  ।

योसँगै नेपालले पदक तालिकामा सुधार गरेको छ । ५० स्वर्ण जित्ने लक्ष्य बनाएको नेपालले प्रतियोगिताको आठौं दिन सम्म राम्रो नतिजा हात पारिसकेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर २२, २०७६  २०:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC