site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
विमानमा उड्दा शरीरमा के हुन्छ ? 
Ghorahi CementGhorahi Cement

एजेन्सी । विमानमा उड्दैगर्दा मानिसको शरीरमा विभिन्न परिवर्तन आइरहेका हुन्छन् जसबारे प्रायः मानिसहरुलाई थाहा हुँदैन । उचाइमा पुग्दा त्यहाँ हावाको चापदेखि तापमान सबै पृथ्वी सतहभन्दा फरक हुने हुनाले पनि नयाँ वातावरणसँग अनुकूल रहन शरीरमा विभिन्न बदलाव हुने गर्दछ । 

सबैभन्दा पहिले त उडिरहेको समयमा हामीलाई जलवियोजन हुने गर्दछ । किनकि विमानभित्र हामी जुन हावामा सास फेरिरहेका हुन्छौँ, त्यो अत्यन्तै सुख्खा हुन्छ । बाहिरको हावामा एकदम थोरै बाफ हुने हुनाले पनि त्यसले विमानभित्रको हावालाई पनि प्रभाव पारिरहेको हुन्छ । जस्तै क्याबिनभित्र हावामा बाफको दर ५ देखि ३५ प्रतिशतसम्म हुन्छ जुन केही मरुभूमिसँग तुलना गर्न सकिन्छ । यस्तोमा अधिक पानी पिउनुले थकान र टाउको दुखाइबाट बचाउन सक्छ । 

Agni Group

अर्को परिवर्तन भनेको हाम्रो स्वाद लिन सक्ने क्षमतामा आउने गर्दछ । जसकारण उडानको समयमा जुनसुकै खानेकुरा पनि नमिठो लाग्न सक्छ । 

वास्तवमा हावामा बाफको कमि हुनुले हाम्रो नाकभित्रका मेम्ब्रेनहरुलाई पनि सुख्खा बनाइदिएको हुन्छ जसले हाम्रो जिब्रोको क्षमतामा कमी ल्याउँछ । त्यस्तै विमानको इन्जिनको आवाजले पनि यसलाई प्रभावित गरिरहेको हुन्छ । यसले गुलियो र नुनिलो खानेकुराको स्वाद थाहा पाउने क्षमता ३० प्रतिशतले कम गराउँछ । 
तेस्रो शारीरिक बदलाव भनेको हामीलाई आफू फुलिएको जस्तो अनुभूति हुन्छ । 

Global Ime bank

विमानहरुमा हावाको चाप सामान्य अवस्थामा भन्दा अत्यन्तै कम गरिएको हुन्छ जसको हामीलाई बानी परेको हुँदैन ।  यसले हाम्रो शरीरभित्रका ग्यासलाई फैलाउँछ । जसकारण हामीलाई पेट फुल्ने, विचलित भएको जस्तो र ग्यास बढीरहेको महसुस हुन्छ । 

त्यसैगरी लामो समय विमानको यात्रा गर्नुले हाम्रो कानमा पनि उत्तिकै असर पारिरहेको हुन्छ । हावाको चापमा लगातार बदलाव आइरहँदा हाम्रो कानलाई सन्तुलनमा आउन कठिन भइदिन्छ । यसैकारण हामीलाई कान दुखेको जस्तो र घरिघरि पड्किएको जस्तो लाग्छ । 

यसबाट राहत पाउन हामीले नाक बन्द गरि निल्न खोज्नुपर्छ । तर कानबाट हावा फाल्ने प्रयास गर्यो भने चाहिँ त्यसले उल्टै हाम्रो कानको जालीमा गम्भीर क्षति पुर्याउन सक्छ । –बिजनेस इन्साइडर
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २३, २०७६  ०६:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC