site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
शैक्षिक प्रणाली कमजोर भएको स्वीकार्दै नयाँ नीतिको तयारीमा चीन
Sarbottam CementSarbottam Cement

एजेन्सी । चीनका अधिकांश विद्यालयहरुमा यस वर्षको लामो गर्मी बिदा सुरु भइसकेको छ । तर दुई महिनाको सो छुट्टी धेरै विद्यार्थीहरुका लागि सहज हुँदैन । परीक्षामा केन्द्रित शैक्षिक प्रणालीको नतिजा स्वरुप चीनमा विद्यार्थीहरुबीच अत्यन्तै कडा प्रतिस्पर्धा हुने गरेको छ । जसकारण प्रायः सबै अभिभावकले छुट्टीमा पनि आफ्ना बालबालिकाहरुलाई अतिरिक्त शैक्षिक कक्षामा पठाउने गरेका छन् । त्यसैले चिनियाँ सरकारले यसमा बदलाव ल्याउने प्रयास गर्ने बताएको हो । 

सिनहुआ समाचार एजेन्सीका अनुसार चिनियाँ सरकारको राज्य परिषद्ले विद्यार्थीहरुका लागि परीक्षामा कम र शारीरिक, सांस्कृतिक अनि राजनीतिक शिक्षामा बढी केन्द्रित गराइने कक्षाहरु सञ्चालन गर्न नयाँ मार्गनिर्देशन सार्वजानिक गरेको हो । वर्तमानको परीक्षामा आधारित शिक्षा प्रणालीले चिनियाँ विद्यार्थीहरुलाई अधिक दबाबमा पारिरहेको र पर्याप्त शारीरिक अभ्यासको कमीका कारण विद्यार्थीहरुमा मायोपिया, मोटोपना लगायत स्वास्थ्य सम्बन्धी समस्या बढ्दै गएको सिन्हुआले उल्लेख गरेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

अघिल्लो वर्ष मात्र राष्ट्रपति शि जिनपिङले देशको शिक्षा प्रणालीलाई नयाँ रुप दिने सम्बन्धी कुरा उठाएका थिए । गत मार्चमा उनले शिक्षकहरुसँग बैठक बस्दै विद्यार्थीहरुलाई सबै पक्षमा जानकार गराए मात्र नयाँ पीढी राष्ट्रलाई आधुनिक रुपमा समृद्ध बनाउन सक्षम हुने बताएका थिए । सरकारको यस्तो आशयको कतिले प्रशंसा गरेका छन् भने कोहीले चाहिँ चीनको शिक्षा प्रणाली प्रभावकारी नहुनुका पछाडि अभिभावकको उच्च अपेक्षा र सरकारी अधिकारीहरुको पदपूर्तिमा विद्यार्थीको नतिजाको प्रभावलाई जिम्मेवार ठहर्याएका छन् । जस्तै शिक्षकबाट प्राध्यापकदेखि स्थानीय अधिकारी वा प्रदेशको शिक्षा प्रमुखसम्मका पदपूर्ति सार्वजानिक परीक्षाको नतिजासँग सम्बन्धित रहने गरेको छ ।  

चिनियाँ शिक्षा प्रणाली विश्वकै सबैभन्दा ठूलो मानिन्छ । चीनको अनिवार्य शिक्षा प्रणालीमा १५ करोड भन्दा बढी विद्यार्थीहरु देशभरका २ लाख बढी विद्यालय गइरहेका छन् । अनिवार्य शिक्षा प्रणाली अन्र्तगत विद्यार्थीले पहिलो नौ वर्ष विद्यालयमा बिताउनु पर्ने हुन्छ । यसरी ती विद्यार्थीहरुलाई बाँकी चीनबाट छुट्याउँदा समेत तिनको जनसङ्ख्या पूरै बेलायत, क्यानडा र अष्ट्रेलिया जोड्दा भन्दा धेरै हुन्छ  । त्यसैले पनि त्यहाँ शिक्षा प्रणाली व्यवस्थापनको विषय निकै जटिल रहेको बताइन्छ ।  

Global Ime bank

चीनमा विशेषगरी विश्वविद्यलय र उच्च माध्यमिक तहका प्रवेश परीक्षालाई जीवनकै सबैभन्दा महत्वपूर्ण क्षण मानिन्छ जसलाई क्रमशः गोको र जोङ्को भनिन्छ । यस्तोमा यी दुवै परीक्षामा उत्कृष्ट स्कोर ल्याइ राम्रो विश्वविद्यालयमा भर्ना हुन सफल विद्यार्थीहरुले मात्र आफूलाई सक्षम र अरु भन्दा प्रतिभाशाली ठान्ने गरेका छन् जुन सामाजिक रुपमा गलत मानसिकता भएको विश्लेषकहरु बताउँछन् । तर सरकारी क्षेत्रदेखि अभिभावकसम्मले यही परीक्षासँग मात्र बढी मतलब राख्ने गरेको हुँदा विद्यार्थीहरु पनि यसमा उच्च अङ्क ल्याउनमै पूर्ण केन्द्रित रहन्छन् । तापनि चिनियाँ सरकारको योजना यी परीक्षा हटाउनु नभएको बताइएको छ र केबल विद्यालयहरुलाई अन्य परीक्षा र शैक्षिक श्रेणीका आधारमा कुन विद्यार्थी राम्रो कलेजमा भर्ना हुन्छ भन्ने निर्धारित नगर्न आग्रह गरिरहेको छ । 

यसका साथै चिनियाँ सरकारले अभिभावकहरुलाई आफ्ना बालबालिकामाथि अस्वस्थ दबाब नबनाउन पनि प्रोत्साहन गरिसकेको छ । अनगिन्ती अतिरिक्त क्रियाकलापमा सहभागी गराएर विद्यार्थीलाई मानसिक एवम् शारीरिक यातना नदिन सरकारी डक्युमेन्टमार्फत निर्देशन गरिएको छ । वास्तवमा राष्ट्रपति जिनपिङले पछिल्लो समय अमेरिकासँग जारी व्यापारिक युद्धपछि देशलाई आत्मनिर्भर बनाउनमा अत्याधिक जोड दिइरहेका छन् । यसै अन्र्तगत अहिले चीनले रिसर्चमा ठूलो लगानी गरिरहेको छ भने बालबालिकालाई पढाउने शैली पनि निरीक्षण गरिरहेको छ । यसै सम्बन्धी मन्त्री जेङ फुजीले यसअघि शारीरिक श्रम शिक्षालाई पनि शिक्षा प्रणालीमा समावेश गर्न जरुरी भएको बताएका थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २३, २०७६  ०५:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC