site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
विद्यार्थी मौन आन्दोलनमा
Ghorahi CementGhorahi Cement

चितवन । कलेजले अतिरिक्त शुल्क लिएको विरोधमा आन्दोलन गर्दै आएका चितवन मेडिकल कलेजका  विद्यार्थीले आइतबार अस्पताल अगाडि मौन आन्दोलन गरेका छन् । चार महिनासम्म चर्को स्वरमा कराउँदा समेत कलेजले विद्यार्थीका माग नसुनेको भन्दै विद्यार्थीले मौन आन्दोलन गरेका हुन् । मौन आन्दोलन भनिए पनि उनीहरूले कलेज सञ्चालक र सरकारलाई इंगित गर्दै तल्लो स्तरका शब्द लेखिएका प्लेकार्डसहित मुखमा कालो पट्टी लगाएका थिए ।

विद्यार्थीहरूले ‘बोल्दा बोल्दा घाँटी सुक्यो मुख दुख्यो न्याय कहिले ?, ‘४ महिना भइसक्यो न्याय खोई, ‘माफियाले देश घेर्दैछ, ६०१ के हेर्दैछ,’ जस्ता प्लेकार्डहरू बोक्दै  विरोध गरेका हुन् ।
त्यस क्रममा बोल्दै चिकित्सा शिक्षा संघर्ष समितिकी सदस्य मान्यता थापाले चर्को स्वरमा आन्दोलन गरिरहँदा सरकारले नसुने झै गरेका कारण मौन विरोध गरिएको बताइन् । ‘कति बोल्ने, कति कराउने, मुख दुखिसक्यो,’ थापाले भनिन् ।

Agni Group

सरकार र मेडिकल कलेजबीच भएको सहमति विद्यार्थीको पक्षमा नभई मेडिकल माफियाहरूको पक्षमा भएको भन्दै उनीहरूले आन्दोलनलाई झनै चर्काउने लाने निर्णय गरेका थिए । सोहीअनुसार मौन आन्दोलनको आयोजना गरिएको हो ।

सरकार र मेडिकल कलेज सञ्चालकबीच भएको वार्तामा एमबीबीएस र बिडिएसको २ वर्षको शुल्क मात्र समायोजन गर्ने सहमति भएको थियो । तर, मेडिकल कलेजहरूले ०७२ देखि नै विद्यार्थीबाट अवैध शुल्क उठाउँदै आएकाले चार वर्षको नै शुल्क फिर्ता वा समायोजन हुनु पर्ने भन्दै दुवै मागको सम्बोधन गर्नैपर्ने अडान दोहोर्‍याउंँदै आएका छन् ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर २२, २०७६  २०:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC