site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नागरिकता विधेयक ढिलो भएकोमा सरोकारवालाको आपत्ति
Sarbottam CementSarbottam Cement

काठमाडौं । नागरिकता नपाउँदा पीडित बनेकाहरुले तत्काल आफूहरुले नागरिकता पाउने गरी नागरिकता विधेयक अघि बढाउनुपर्ने माग गरेका छन् । महिला कानुन र विकास मञ्चले आइतबार आयोजना गरेको कार्यक्रममा सरोकारवालाहरुले  नागरिकता नहुादाका पीडा सुनाउँदै यस्तो माग गरेका हुन् । 

मञ्चले आधा दर्जन सांसदहरुसँग नागरिकताबाट बञ्चित व्यक्तिहरू र सांसद प्रत्यक्ष छलफल कार्यक्रम आयोजना गरेको हो । जसमा सांसदहरु विन्दा पाण्डे, शेख चाँदतारा, नवराज सिलवाल, कृष्णभक्त पोखरेल निरू जैरीलगायत सहभागी थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

कार्यक्रममा मकवानुपरकी रीता लामा (नाम परिवर्तन)  ले नागरिकता नहुँदा आफुले भोग्नुपरेको पीडा सुनाइन् । ११ वर्षमा आफु बेचविखनमा परेको बताउँदै श्रीमान् भारतीय नागरिकको समेत पत्तो नभएको भन्दै आफना छोराछोरीलाई समस्या परेको बताइन् । 

२० वर्षपछि नेपाल फर्केकी उनले छोरीको लागि आमाको नामबाट नागरिकता दिन पाउँ भन्दै सर्वोच्चमा रिट हालेपनि ८ वर्षसम्म फैसला नभएको भन्दै गुनासो गरिन् । ललितपुरका अर्का राम परियार (नाम परिवर्तन) ले पनि नागरिकता नहुँदा आफुमाथी सांघातिक हमला भएको भन्दै न्यायका लागि गुहार मागे । बाल्यकालमै बुबा बितेको र त्यसपछि आमाले मामाघरमा हुर्काएका बताउने उनले सर्जमिन गराउँदा पनि जिल्ला प्रशासनले नागरिकता नदिएको गुनासो गरे । 

Global Ime bank

अन्य सरोकारवालाले नागरिकता नहुँदा बालबालिकालाई पढाउन नसकिएको, सरकारी सेवामा जान नसकिएको, पासपोर्ट बनाउन नपाएको भन्दै आफूहरुलाई राज्यविहीन नबनाउन सांसदहरुको ध्यानाकर्षण गराएका थिए । आमाको नामबाट नागरिकता पाउने संवैधानिक व्यवस्था कार्यान्वयन नभएकोतर्फ पनि उनीहरुले गुनासो गरे । 

सरोकारवालाको कुरा सुनेपछि सांसद पाण्डेले  एउटा व्यक्ति जन्मिएपछि राष्ट्रविहिन हुन नहुने बताइन् । छोरीको नेपाली युवकसँष्ग विवाहपछि सजिलै नागरिकता बनेपछि छोराको हकमा बढी समस्या हुने गरेको बताउँदै उनले नागरिकता विधेयकले समस्याको समाधान गर्ने बताइन् । सांसदहरु नवराज सिलवाल, पोख्रेलले राज्य व्यवस्था समितिमा विधेयकमाथि छलफल भइरहेको बताए । 

हिउँदे अधिवेशनमा नागरिकता विधेयक पारित हुने र नागरिकतासमस्या हल हुने सांसदहरुको प्रतिवद्धता थियो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर २२, २०७६  २०:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC