site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
आगलागीमा ज्यान गुमाएका परिवारलाई दुई लाख दिने मोदीको घोषणा
Sarbottam CementSarbottam Cement

नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीमा भएको आगलागीका पीडितहरुलाई प्रारम्भिक राहतको घोषणा गरेका छन् ।

प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट प्रतिव्यक्ति दुई लाख भारतीय रुपैयाँ दिनेगरी उनले आइतबार राहतको घोषणा गरेका हुन् ।

सो रकम आगलागीमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई दिइने अधिकारीहरुले जानकारी दिएका छन् । उनले आगलागीमा परी गम्भीर घाइते भएकाहरुलाई प्रतिव्यक्ति ५० हजार भारतीय रुपैयाँ उपलब्ध गराउने निर्णय पनि गरेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

आइतबार बिहान भएको आगलागीमा परी कम्तीमा ४८ जनाको मृत्यु भएको छ भने अरु १३ जना घाइते भएका छन् । 

त्यसैगरी दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पनि मृतकका परिवारलाई प्रतिव्यक्ति दश लाख भारतीय रुपैयाँ राहत दिने घोषणा गरेका छन् ।

Global Ime bank

उनले घाइतेहरुलाई भने प्रतिव्यक्ति एक लाख भारतीय रुपैयाँ उपलब्ध गराउने घोषणा पनि गर्नुभएको समाचारमा जनाइएको छ । 

राज्य सरकारले घटनाका बारेमा अनुसन्धान गरी सत्य तथ्यसहितको प्रतिवदेन पेश गर्न एक हप्ताको समयसीमा सहित छानविन टोली पनि खटाएको छ ।

घटनाप्रति भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसले पनि दुःख व्यक्त गरेको छ । पार्टीकी महासचिव प्रियंका गान्धीले घटनाप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् ।

“नयाँ दिल्लीको अनाज मण्डीमा रहेको कारखानामा भएको आगलागीको समाचार सुनेर निकै दु्ःख लाग्यो,” गान्धीले भने ।  

नयाँ दिल्लीको रानी झाँसी रोडस्थित अनाज मण्डीमा रहेको एउटा कारखानामा आगलागी भएको प्रहरी अधिकारीहरुले जनाएका छन् । 

आगलागी भएको ठाउँबाट झण्डै ६२ जनालाई उद्धार गरिएको उद्धारकर्ताहरुको भनाई छ । घाइतेहरुको नजिकैका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।  - एएनआई
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर २२, २०७६  २३:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC