site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
‘शैक्षिक प्रमाणपत्रले मानिस नोकर बन्छ’
Sarbottam CementSarbottam Cement

पोखरा । विभिन्न व्यवसायमा आबद्ध ३० वर्षमुनिका दुई सय ५० भन्दा बढी युवाहरु । चर्चित युवा उद्यमी शिक्षित भट्ट, अहमद दुल्ला, पर्यटन उद्यमी कर्ण शाक्य, आनन्दराज मुल्मी, नायिका करिश्मा मानन्धर, युवा व्यवसायी अर्जुन पोखरेल ।

शनिबार पोखरामा भेला भएका यी युवाहरुले आफ्ना उद्यमका अनुभव सुनाए । उद्यमी बन्न चाहने युवाहरुलाई बिजनेश टिप्स र 'सक्सेस मन्त्र'हरु सुनाए ।

रोट्रयाक्ट डिष्ट्रिक जोन ४ ले आयोजना गरेको यस कार्यक्रममा रोट्रयाक्टरसहित बाह्य क्षेत्रका उद्यमी तथा युवाहरु सहभागी थिए । भेला सुरु भयो । उद्यमीहरुले आफ्ना अनुभवहरु शेयर गरे । सहभागीका प्रश्न सुने र जवाफ दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

‘जीवन यथार्थ हो,’ व्यवसायी कर्ण शाक्यले युवाहरुलाई सुनाए, “शैक्षिक प्रमाणपत्रले मानिस नोकर बन्छ, मालिक बन्न आफैं व्यवसाय गर्नैपर्छ, गल्ती गर्नैपर्छ ।”
उनले जवाफ दिनुको पछाडि सहभागीहरुले सफलता र शिक्षाको बारेमा प्रश्न गरेका थिए । 

“म पढाईमा लद्दु थिएँ, मलाई अहिलेसम्म हिसाब आउँदैन, १२ पास भइसकेपछि केही लक्ष्य थिएन,” द फ्याक्ट्री टिमका सञ्चालक अहमद दुल्लाले व्यवसायी सुरुवातीका अनुभव सुनाए ।

Global Ime bank

अहिलेका चर्चित जुत्ता व्यवसायी दुल्लालाई सुरुवातमा परिवारले पनि साथ दिएन । विदेश गएर कमाउ भन्ने सुझाव परिवारले दिन्थे, सानो जातले गर्ने काम भनेर पनि उनलाई होच्याउने गरिन्थ्यो । उनको अनुभव छ ।

चर्चा र बहसमा छ टुटल । राइड सेयरिङ एप टुटलका को-फाउण्डर शिक्षित भट्टले युवालाई शिक्षित गरे, “टुटल मोबिलाइजेसनको कुरा हो ।”

सहभागीहरुले टुटलका अहिलेको अवस्थाको बारेमा प्रश्न सोधे र भट्टले जवाफ दिए । अन्तरक्रिया गरे । टुटल सुरु गनुपूर्व जागिरे जीवन छाडेको अनुभव सुनाए ।

फरकफरक सेसनमा शनिबार करिब ६ घण्टा उद्यमी बन्न इच्छुक युवा र युवा उद्यमीको अन्तरक्रिया चल्यो ।

पोखरा उद्योग वाणिज्य संघका महासचिव अर्जुन पोखरेलले नीतिगत प्रक्रियाका बारेमा युवाहरुलाई जानकारी दिए । नेष्डो नेपालका सञ्चालक विश्वप्रसाई ठकुरीले वित्तीय साक्षरताको बारेमा सहजीकरण गरे ।

उद्यम गर्न चाहने युवाहरुलाई लक्षित गरेर कार्यक्रम आयोजना गरिएको रोट्रयाक्ट जोन ४ का जेडआरआर सुदिप प्रसाई ठकुरीले जानकारी दिए ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर २२, २०७६  १९:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC