site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
झोराहाट नाटकघरमा 'मालिनी'
Sarbottam CementSarbottam Cement

विराटनगर । मोरङको झोराहाट नाटकघरमा मञ्चन भइरहेको मालिनी नाटक हेर्न दर्शकको चाप बढ्दै गएको छ । 

साहित्यकार रविन्द्रनाथ टेगोरको चर्चित नाटक हो मालिनी । नेचुरल्ली दीपकले नेपालीमा अनुवाद गरेको मालिनी मंसिर १४ गतेदेखि मञ्चन भइरहेको छ । नाटकको हालसम्म १६ वटा शो सम्पन्न भइसकेको छ । युवाकलाकार सुदीपजंग कार्कीले निर्देशन गरेको नाटकको मुख्य भूमिकामा भरत गुरागाईं देखिन्छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

गुरागाईं झोराहाट नाट्य समूहका अध्यक्ष पनि हुन् । गुरागाईंसहित अनु श्रेष्ठ, निराशा ढुंगेल, प्रज्वल काफ्ले, सुरज माझी, प्रदीप सरदार, दीक्षा चौधरी, शिवलाल सरकार, अजय सुवेदी, विजय थारु, दीपक निरौला, विवेक मिश्र, चन्दन माझी प्रवेश तिम्सिना र नुना कट्टेलले अभिनय गरेका छन् । समाजसेवी भक्तकिरण राईसँगको सहकार्यमा निर्माण भएको मालिनी हेर्न विशेष गरी विद्यालय र कलेजका विद्यार्थीहरुको भीड लाग्ने गरेको छ । 

यसअघि पनि झोराहाटमा विभिन्न नाटक मञ्चन भइसकेका छन् । नाटक मञ्चनको प्रदेश–१ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले उद्घाटन गरेका थिए । यता,आरोहण गुरुकुल विराटनगरले सुरु गरेको काव्यारोहणको दोस्रो शृंखलामा वरिष्ठ कवि तुलसी दिवस उपस्थित हुने भएका छन् । 

Global Ime bank

हरेक महिनाको पहिलो शनिबार आयोजना हुने काव्यारोहणमा यसअघि आयामेली कवि बैरागी काइँला प्रस्तुत भइसकेका छन् । अग्रजहरुको सम्मानस्वरुप वरिष्ठ कविलाई हरेक महिना उपस्थित गराइने कार्यक्रम संयोजक धीरज राईले बताए । हाटखोलास्थित गुरुकुलको सुशीला कोइराला नाटकघरमा कार्यक्रम हुनेछ । 

कार्यक्रममा दिवसले करिब एक दर्जन कविता सुनाउनेछन् । सशुल्क हुने कार्यक्रममा विराटनगरसहित झापा, सुनसरी, इलाम, पाँचथर, धनकुटालगायतका साहित्यकारहरुको बाक्लो उपस्थिति हुने अर्का संयोजक रमेशचन्द्र अधिकारीको भनाइ छ । कवि सुनाउनकै लागि आधा विश्वभन्दा बढी घुमिसकेका दिवस संस्कृतिविद्समेत हुन् । उनको कविता वाचनशैली र आवाजलाई धेरैले मन पराउने गरेका छन् । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर २२, २०७६  १८:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC