खेल
काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत नेपालका लागि गौरिका सिंहले एउटै संस्करणको सागमा लगातार तीन स्वर्ण जित्दै कीर्तिमान कायम गरेकी छन् ।
यसअघि कुनै पनि नेपाली खेलाडीले एउटै चरणको सागमा लगातार तीन स्वर्ण जितेको थिएन । सातदोबाटोस्थित हिटिङ स्वीमुङ पुलमा आइतबार भएको चार सय मिटर फ्रि-स्टाइलमा उनले स्वर्ण जित्दै कीर्तिमान बनाएकी हुन् ।
यही संस्करणमा उनले यसअघि दुई स्वर्ण जितिसकेकी छन् ।
प्रकाशित मिति: आइतबार, मंसिर २२, २०७६ १७:२३
प्रतिक्रिया दिनुहोस्