site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नेपाली टिमको फुटबल हेर्न मात्रै ३५ हजार टिकट बिक्री
Sarbottam CementSarbottam Cement

काठमाडौं । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा नेपालको खेल हेर्न ३५ हजारभन्दा बढीले टिकट काटेका छन् । विशेष गरी नेपाली टिमलाई हौसला प्रदान गर्न खेलप्रेमीले ५ सय र हजार रुपैयाँका टिकट काटेका हुन् । काठमाडौंमा भएका खेलका लागि मात्रै यतिको संख्यामा टिकट बिक्री भएका हुन् । खासगरी नेपाली फुटबल टिमको खेल हुँदा दशरथ रंगशाला पुग्ने दर्शकको संख्या सबैभन्दा धेरै छ ।

साग खेलमा टिकटको व्यवस्थापकको जिम्मेवारी पाएको ईसेवाले नेपालको खेल हर्न मात्रै ३५ हजारभन्दा बढीले टिकट काटेको जानकारी दिएको छ । ईसेवाका सीइओ रोशन लामिछानेका अनुसार शनिबार नेपाल र माल्दिभ्सबीच भएको खेल हेर्न मात्रै ११ हजार ७ सयले टिकट काटेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

फुटबलतर्फ नेपाली टिमको पहिलो खेल हेर्न ६ हजारले टिकट काटेका थिए भने दोस्रो खेल हेर्न ७ हजार जनाले टिकट काटेका थिए । आजको बंगलादेशविरुद्धको खेल हेर्न ६ हजार ५ सयभन्दा बढीले टिकट काटिसकेको लामिछानेले बताए । नेपालको खेल हुँदा रंगशाला खचाखच देखिन्छ भने अन्य देशको खेल हुँदा दर्शकको संख्या ज्यादै न्यून देखिन्छ । नेपाली टिमको खेल नहुँदा मुस्किलले २ सय ५० वटा मात्र टिकट बिक्ने गरेको पनि लामिछानेले बताए ।

यसैबीच, अनलाइनबाट टिकट काटेर पनि खेल हेर्न नपाएको गुनासो सर्वसाधारणले गरेका छन् । ईसेवाबाट टिकट काटेर रंगशाला पुगेका दर्शक खेल हेर्न नपाउँदा आक्रोसित देखिन्थे । उनीहरूले गेटमा सुरक्षाकर्मीसँग गुनासो गरेका थिए ।

Global Ime bank

यता, टिकट व्यवस्थापनको जिम्मा लिएको ईसेवाले भने सिस्टमबाट टिकट काटेकाहरू खेल हेर्नबाट वञ्चित नभएको जनाएको छ । कतिपय मान्छेले टिकट फोटोकपि गरेर ल्याएका कारण खेल हेर्न नपाएपछि यस्तो गुनासो गरेको ईसेवाका सिइओ लामिछानेले बताए । उनले समयमै रंगलाशाको गेट छिर्न पर्ने भएकाले ढिला गरी आउनेहरूका लागि समेत आफूले नै खेल हेर्ने वातावरण बनाएको दाबी गरे । उनले भने, “कतिपय साथीहरूले एउटा टिकट काटेर त्यही टिकट अर्कोलाई दिने गरेको समेत भेटिएको छ, सिस्टमबाट टिकट काटेमध्ये कतिले खेल हेर्न आएनन् भन्ने पनि सिस्टमबाटै थाहा हुन्छ । त्यस्तो संख्या १२ जनाभन्दा बढी छैन ।” 

ईसेवाले साग अन्तर्गतका फुटबल, क्रिकेट, भलिबल तथा बास्केटबलको टिकट बिक्री तथा व्यवस्थापनको काम गर्दै आएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर २२, २०७६  १५:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC