site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
विकसित हुने चाहनालाई सहयोग गर्न आग्रह
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले चीन तथा दक्षिण एसियाकै व्यावसायिक हवका रूपमा विकास हुने नेपालको चाहनालाई सहयोग गर्न आग्रह गरेकी छन् ।

शिल्करोड चेम्बर इन्टरनेसनल कमर्सको आयोजनामा चीनको सियानमा जारी शिल्क रोड व्यावसायिक सम्मेलनमा उनले बीआरआईमार्फत नेपाललाई चीन तथा समग्र दक्षिण एसियाकै व्यावसायिक हवका रूपमा विकास गर्न सकिने भन्दै सहयोगका लागि आग्रह गरिन् ।

Agni Group

नेपाल भूपरिवेष्ठित मुलुक भए पनि रणनीतिक रूपमा महत्त्वपूर्ण स्थानमा रहेकाले आर्थिक रूपमा बलिया दुई शक्तिशाली छिमेकीहरूसँग आफूलाई भूजडित मुलुकको रूपमा विकास गर्दै चीन तथा समग्र दक्षिण एसियाबाट नेपालले फाइदा उठाउन सक्ने उनको दाबी थियो ।

दक्षिण एसियामा लगानी आकर्षणमा ठूलो सम्भाव्यता रहेको भन्दै उनले वीआरआई सदस्य मुलुकहरूले नेपालको समृद्ध कला, संस्कृति पर्यटनका साथै नेपालको करिब ३ करोडको बजार तथा चीन तथा भारतमा रहेको करिब ३ अर्ब जनसंख्याको बजारबाट ठूलो लाभ हासिल गर्न सक्ने बताइन् । भौगोलिक विकटता तथा अन्तर्राष्ट्रिय बजारसम्मको सहज पहुँचको अभाव भोग्दै आएको नेपालका लागि बीआरआईले बाह्य बजार र अर्थतन्त्रसँग जोडिने सम्भावनाको ढोका खोलिदिएको उनको भनाइ थियो ।

Global Ime bank

ऊर्जा, पूर्वाधार विकास, पर्यटनसहित अन्य सम्भावित क्षेत्रहरूलाई नेपालले प्रमुख लगानी आकर्षण क्षेत्रका रूपमा पहिचान गरेको भन्दै अध्यक्ष राणाले कृषि, कृषि तथा खाद्य प्रशोधन, प्योकेजिङ, पशुपन्छी, हर्वल उद्योग, चिया तथा कफी, हर्वल उत्पादनहरू, हस्तकला लगायतका क्षेत्रमा पनि लगानीको ठूलो सम्भाव्यता रहेको बताइन् । नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउने तयारी गरिरहेको सन्दर्भमा नेपालमा पर्यटनको अपार सम्भाव्यता रहेको र यस क्षेत्रमा बीआरआई अन्तर्गतका मुलुकहरूबाट लगानी आउन सके ठूलो लाभ उठाउन सकिने बताइन् । 

चीनले अगाडि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) मा सामेल करिब पाँच दर्जनभन्दा बढी देशका सरकारी तथा व्यावसायिक नेताहरूको सहभागिता रहेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर २२, २०७६  १४:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC