site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कार्यकारीको जिम्मेवारी पाएपछि प्रचण्डको सक्रियता बढ्यो, ओली पक्ष असन्तुष्ट
Sarbottam CementSarbottam Cement

काठमाडौं । सचिवालय बैठकको पूर्वसन्ध्यामा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेटघाट, परामर्श तीव्र पारेका छन् । नेकपाले सचिवालय बैठक सोमबार (भोलि) बिहान ९ बजेलाई तय गरेको छ । बैठक सञ्चालन गर्ने कार्यकारी अधिकार (अख्तियारी) पाएका प्रचण्डले एजेन्डा तय गर्न भेटघाट, परामर्शलाई तीव्रता दिएका छन् ।

प्रचण्डले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग परामर्श गरेका छन् । पहिलो वरियताका अध्यक्ष ओलीसँग परामर्शका लागि प्रचण्ड शनिबार बिहानै ९ बजे प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । एपेन्डिसाइटिसको शल्यक्रियापश्चात् निवासमा आराम गरिरहेका ओलीसँग शनिबार खासै कुराकानी नभएको भेटमा सँगै रहेका सचिवालय सदस्य ईश्वर पोखरेलले जानकारी दिए ।

“हिजो बिहान ९ बजेतिर अध्यक्षज्यू बालुवाटार आउनुभएको थियो । कार्यक्रममा जान हतारिएकाले प्रचण्डले प्रधानमन्त्रीसँग खासै कुरा गर्नुभएन । बरु भोलि आउँछु सचिवालयको बैठकका विषयमा कुराकानी गर्नुछ भन्दै हुनुहुन्थ्यो,” रक्षामन्त्रीसमेत रहेका पोखरेलले बाह्रखरीसँग भने ।

Prabhu Bank
Agni Group
NIC Asia

आइतबार बिहान पनि प्रचण्डले खुमलटारमा नेताहरूलाई बोलाएर परामर्श गरेका थिए । प्रचण्डलाई भेट्न वरिष्ठ नेता माधवकुमार नेपाल आइतबार बिहानै खुमलटार पुगेका थिए । 

नेकपाको एकता मूलभूत रूपमा टुंगिए पनि विभाग, निकायले पूर्णता पाउन बाँकी छ । ३२ विभाग र ५ निकाय (अनुशासन, लेखा, निर्वाचन आयोग, ज्येष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार परिषद)मा सदस्यहरूको नियुक्ति बाँकी छ । एकाधमा सदस्य नियुक्त भए पनि अधिकांश खाली छन् । विभाग र निकायमा एकताको मर्म र भावना अनुरूप सदस्य नियुक्त गर्नुपर्ने साविक पार्टीका नेताहरूले बताउँदै आएका छन् ।

Global Ime bank

त्यस्तै नेकपाको स्थायी कमिटी बैठक एक वर्षदेखि बसेको छैन । केन्द्रीय कमिटीको बैठक पनि शपथ ग्रहणयता बोलाइएको छैन । यी सबै विषयमा सचिवालय बैठकले निर्णय लिनुपर्ने भएकाले प्रचण्डले परामर्श गरिरहेको उनको सचिवालयले जनाएको छ ।

आइतबार प्रचण्ड निवास खुमलटारमा पनि यिनै विषयमा छलफल भएको हुन सक्ने पोखरेलको भनाइ थियो । “मचाहिँ गइन तर शनिबार अध्यक्ष ओलीसँगको परामर्श सुन्दा त्यही विषयमा छलफल गरिएको हुनुपर्छ,” उनले भने ।

‘१८ गतेको बैठक राख्न छिटो भयो’

पार्टी अध्यक्ष प्रचण्डले गत मंसिर १८ गते पार्टी मुख्यालय धुम्बाराहीमा सचिवालयको बैठक आह्वान गरेका थिए । बैठकको अध्यक्षता गर्न मात्रै बैठक डाकिएको भन्दै पूर्वएमाले विशेषतः ओली समूहको असन्तुष्टि रहेको स्रोतको भनाइ छ ।

“पार्टी अध्यक्ष भोलिपल्ट डिस्चार्ज हुँदै हुनुहुन्थ्यो । त्यसदिन बैठक बोलाइहाल्नुपर्ने कार्यसूची पनि रहेनछ । अध्यक्षताका लागि मात्रै बैठक आह्वान गर्नुपर्ने कुनै कारण थिएन,” ओली निकट एक नेताले बाह्रखरीसँग असन्तुष्टि पोखे ।

उनले महासचिवले मातहतका कमिटीलाई परिपत्र गर्न सक्ने विषय सचिवालय बैठक बसेर सुर्कुलर गर्न नपर्ने उनको तर्क छ । १८ गतेको सचिवालय बैठकले उपनिर्वाचन भएका स्थानका सम्बन्धित कमिटीलाई दुई दिनभित्र समीक्षात्मक रिपोर्ट पठाउन परिपत्र गरेको थियो । महासचिवकै क्षेत्राधिकारको विषय भएकाले सचिवालयको बैठक आवश्यक नरहेको ती सदस्यको निचोड छ ।

यसअघि पनि भदौ ९ गतेको प्रचण्डको अध्यक्षतामा सचिवालयको बैठक बसेर गरिएको निर्णयप्रति ओली समूहको असन्तुष्टि रहेको थियो ।

सचिवालयको निर्णयका आधारमा पार्टीले प्रचण्डको एकल हस्ताक्षरमा भदौ १३ गते अन्तरपार्टी निर्देशन पठाएको थियो । १५ गते ओली उपचार गरेर फर्किएपछि पुनः अर्को अन्तर पार्टी निर्देशन (अपानि) जारी गरिएको थियो । निर्णय–निर्देशन उही भए पनि ओलीको हस्ताक्षर थपिएको थियो ।

नेपालको जोड पोलिट्ब्युरो गठन

पछिल्लो समय पेलानमा परेको महसुस गर्दै आएका माधव नेपालले पोलिट्ब्युरो गठनको माग गर्दै आएका छन् । विधानको दफा १८ (घ) २ मा स्थायी कमिटीसहित केन्द्रीय कमिटीको कूल सदस्य संख्याको बढीमा एकतिहाई सदस्य रहेको पोलिट्ब्युरो गठन गर्नुपर्ने प्रावधान छ । पोलिट्ब्युरो गठन नभएसम्म पार्टी एकताले पूर्णता नपाउने नेपालको जिकिर छ ।

यसअघिका बैठकमा पोलिट्ब्युरो गठनको काम उपेक्षामा पर्दै आएकाले आगामी बैठकमा यसलाई मुख्य मुद्दा बनाउने तयारी नेपालको छ । आइतबारको भेटमा पनि नेपालले यही कुरा अघि सारेको उनी निकट स्रोत बताउँछ ।

नेकपाको सुरूमा ४४१ सदस्यीय केन्द्रीय कमिटी थियो । भदौ ९ गते बसेको सचिवालय बैठकले एकता प्रक्रियापछि विभिन्न पार्टी परित्याग गरी नेकपा भित्रिएका चारजना सदस्य थप गरेको छ । दुईजनाको मृत्यु भइसकेको छ । तथापि, विधानमा ४४१ जनाको केन्द्रीय कमिटीको व्यवस्था भएकाले त्यसको एकतिहाइ अर्थात् पोलिटब्युरोमा १४७ सदस्य रहनेछन् ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर २२, २०७६  १४:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC