site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
हलिउड अभिनेता जोनसनको बलिउड चलचित्र गर्ने इच्छा 
Ghorahi CementGhorahi Cement

मुम्बई । हलिउड चर्चित अभिनेता डाेयन जोनसनले बलिउड अभिनेत्री प्रियंका चोपडासँग चलचित्र ‘बेवाच’ मा सँगै काम गरिसकेका छन् । उनको र बलिउड अभिनेता वरुण धवनको सामाजिक सञ्‍जालमा राम्रै निकटता रहेको भारतीय सञ्‍चारमाध्यमले जनाएका छन् । 

उनै अभिनेताले हालै आफू बलिउड एक्शन चलचित्रसँग आवद्ध हुन चाहेको बताएका छन् । आफ्नो रिलिजको तयारीमा रहेको चलचित्र ‘जुमान्जी : द नेक्स्ट लेभल’को प्रचारमा रहेका उनलाई मिडियाले के हामी तपाईंलाई चाँडै नै बलिउड चलचित्रमा पनि देख्न सक्छौं भन्ने प्रश्न गरेका थिए । त्यसको जवाफ दिँदै उनले सम्भावना भएको बताएका हुन् । 

Agni Group

बलिउड एक्शन चलचित्रमा काम गर्नुको छुट्टै रमाइलो हुने भन्दै उनले भारतमा पनि आफना थुप्रै दर्शक भएकोले कुनैदिन आफूलाई बलिउड एक्शन चलचित्रमा देख्ने सम्भावना प्रचुर रहेको बताए ।

डब्लु डब्लु इ कुस्तिबाट अभिनेतामा आएका उनको कुस्ति व्यक्तित्व भएको चलचित्र ‘द रक’ विश्वबजारमा राम्रै कलेक्शन गर्दै सुपरहिट चलचित्र बनेको थियो । सोही चलचित्रको क्यारेक्टर रक नामबाटै उनी अहिलेसम्म पनि चिनिन्छन् ।

Global Ime bank

उनको आगामी चलचित्र ‘जुमान्जी : द नेक्स्ट लेभल’ यही १३ डिसेम्बरमा रिलिज हुँदैछ । चलचित्रमा जोनसनका साथै केविन हार्ट, करेन गिलान, ज्याक ब्लाक र निक जोनास लगायतका कलाकारको अभिनय रहेको छ । - द हिन्दुस्तान टाइम्स
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर २२, २०७६  १३:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC