site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
लिन नसकेको त्यो अन्तर्वार्ता 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालमा अहिले दक्षिण एसियाली खेलकुदको कुम्भ मेला १३ औं दक्षिण एसियाली खेलकुद (साग) चलिरहेको छ । सात राष्ट्र सहभागी यस कुम्भ मेलामा आयोजक नेपालले तेक्वान्दोमा सर्वाधिक १२ स्वर्ण पदक जितेको छ ।  बिहीबार सम्पन्न तेक्वान्दोतर्फ नेपालले सर्वाधिक स्वर्ण जित्दा करातेतर्फ १० स्वर्ण पदक जित्यो । यी दुई खेल उद्घाटन भएको भोलिपल्ट अर्थात् सोमवारबाट सुरु भएका थिए । 

आयोजक नेपाललाई प्रतियोगिता भव्य रुपमा सञ्चालन गर्ने चटारो छ । खेलकुद पत्रकारितालाई कर्म बनाउँदै आएका खेलकुद पत्रकारलाई त झन किसानलाई असार महिना लागेको जस्तै समाचार लेख्न भ्याइनभ्याइ छ । काठमाडौंका विभिन्न स्थानमा खेल सञ्चालन भइरहँदा समाचारका लागि कहिले यता त कहिले उता दौडने हुलमा पनि मिसिन पुगेकी छु ।

Prabhu Bank
Agni Group
NIC Asia

बिहीवार घर्किँदै थियो समय । म सातदोबाटोमा रहेको मिडिया सेन्टरबाट तेक्वान्दो हलतर्फ लागेँ । ४ बजेपछि फाइनल हुने भएका कारण अधिकांश पत्रकार हल पुगिसकेका थिए ।  एक खेलाडीको सफलताको कथा लेख्न आतुर थिएँ ।
दुरीमा हल पुग्न समय थौरै लागे पनि मनमा हजारौं शब्दको बाढीले मलाई बेचैन बनाइरहेको थियो । 

कारण तेक्वान्दोतर्फकी एक खेलाडी जसको म खुसीको समाचार सबैमा सम्प्रेषण गर्न आतुर थिएँ । खचाखच भरिएको हलमा मेरा नयनले ती खेलाडी खोजिरहेको थियो । खेलाडीको कक्ष बाहिरबाट उनलाई हेर्न कोशिस नगरेको भने होइन, तर सकिनँ ।  उनमा देखिएको उत्साह तस्बिरमा उतार्नु थियो मलाई । त्यो पूरा नभए पनि अन्य सहकर्मी भएतर्फ जाँदै थिएँ । टक्क मेरा आँखाले त्यो दृष्य देख्यो । जो म क्यामेरामा कैद गर्न चाहन्थेँ । 

Global Ime bank

त्यो पनि सकिनँ । केवल आँखामा मात्रै कैद भयो, क्यामेरामा हुन सकेन । मानसपटलमा कहिल्यै नमेटिनेगरी रहन पुग्यो । एक अधबैँसे पुरुष काखमा निदाएकी छोरी काखमा लिइरहेका थिए । ती पुरुषले आफ्नी जीवनसाथीको खुसी सबैलाई सुनाउन आतुर देखिन्थे । जीवनसाथीको सफलताको क्षणका लागि कुरिरहेका उनलाई मैले पच्छ्याउने निर्णय गरेँ । 

केहीपरको दुरीमा उभिएर उनलाई हेरिरहेकी थिएँ ।  आमा खोजिरहेकी छोरीको रुवाइले आफुलाई सम्हाल्नै सकिनँ ।  

अनि बहाना बनाएर सोधेँ– तपाईँ मनिता शाहीको श्रीमान् होइन ? मनिता अर्थात् तेक्वान्दोकी एक अनुभवी खेलाडी । जो आमा भएपछि तेक्वान्दोमा कमब्याक गर्दै थिइन् । २००२ बाट राष्ट्रिय खेलाडी मनिता २००६ मा श्रीलंकामा भएको १० औं सागको स्वर्ण विजेता हुन् । ११ औं सागमा रजतमा सीमित उनी २००६ मा एशियन खेलमा कास्य जित्न सफल भएकी खेलाडी हुन् । 

छोरी गर्भमा रहँदा र जन्मिसकेपछि उनकै स्याहारमा लागेकी ३७ वर्षीया मनिता पछिल्लो चारवर्ष भने कुनै प्रतियोगितामा सहभागी भइनन् । यो बीचमा मनिताले भारतमा भएको १२ औं सागमा पनि सहभागिता जनाइन् ।  ४ वर्षको विश्रामपछि उनलाई कमब्याक गर्नु थियो । त्यो पनि घरेलु मैदानमा हुन लागेको सागमा । मनिताले फेरि पुरानै अवस्थामा फर्किने निर्णय गरिन् । जसमा साथ दिए श्रीमानले । 

त्यहि भएर उनी २० महिनाकी दुधेछोरीलाई श्रीमान् दिनेश खड्कीको जिम्मा लगाएर १३ औं सागका लागि तयार भइन् ।  छोरीको स्याहारसुसार गर्ने प्रतिवद्धता जनाएका दिनेश श्रीमतीको फाइनल खेल हेर्न आतुर थिए भने छोरीको रुवाइले आजित । कहिले बाहिर निस्कन्थे, कहिले छोरीलाई थुमथुम्याइरहेका हुन्थे ।
कालीमाटीमा पसल सञ्चालन गर्दै आएका उनलाई श्रीमतीलाई हौसला दिनु थियो । त्यही भएर छोरी र परिवारका साथ सातदोबाटो आएका थिए । 

जब फाइनलका लागि मनिताको नाम उद्घोष भयो । उनी कोर्टतर्फ लम्किए । मनिता फाइनलमा भारतीय खेलाडी मार्गरेट मारिया रेगीसँग प्रतिस्पर्धा गर्दै थिइन् । श्रीमतीलाई हौसला दिइरहेका उनी भारतीय खेलाडी मारियाले अंक बटुल्दा निराश हुन्थे तर मनितालाई हौसला दिइरहन्थे । भलै मनिताले मारियाविरुद्ध एक अंक पनि ल्याउन सकिनन् र रजतमा सीमित भइन् । 

रजतमा सीमित हुनुको पिडा मनिताको अनुहारमा प्रष्ट देखिन्थ्यो भने श्रीमती स्वर्णबाट बन्चित हुनुपर्दाको पिडा दिनेशमा झनै बढी देखिन्थ्यो । मैले उनको अनुहारमा देखिएको पिडा क्याप्चर गर्न नसके पनि महसुस भने गर्न सकेँ ।  एक आमाको सफलताको कथा लेख्न म आतुर थिएँ । तर पनि रजत पदक हात पारेकी मनिताले चित्त बुझाइरहेकी थिइनन् ।

उनले पक्कै पनि स्वर्ण पदक हात पार्छिन् भनेर मैले पहिलेदेखि नै पच्छ्याइरहेकी भए पनि पराजितपछि उनमा देखिएको नैराश्यताका कारण मैले पनि उनीसँग कुरा गर्ने आँट गर्न सकिनँ । उनले स्वर्ण पदक लिएपछि केहीबेर अन्तर्वार्ता गर्ने र उनको सफलताको कथा लेख्ने मेरो चाहना पनि उनको पराजयसँगै विलिन हुन पुग्यो ।
आगामी दिनमा मनितालाई सफलतै सफलता मिलोस्, शुभकामना !


 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर २२, २०७६  ०७:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC