site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
मोबाइल फोनको लापरबाहीपूर्ण प्रयोगले अनुहारमा बढी चोटपटक
Sarbottam CementSarbottam Cement

एजेन्सी । मोबाइल फोनसँग सम्बन्धित अनुहारमा चोटपटकका घटना पछिल्लो समय व्यापक बनेको बिहीबार प्रकाशित रिपोर्टले उल्लेख गरेको छ । मोबाइल फोन प्रयोग गर्दा लापरबाही गरिएकाले नै काटिने, ठोक्किने र हड्डीहरु भाँच्चिनेसम्मका घटना भइरहेको बताइएको छ ।  फेसियल प्लाष्टिक सर्जनहरुले गरेको यस अनुसन्धानमा विभिन्न प्रकारले मानिसहरु मोबाइलबाट घाइते भइरहेको पाइएको हो ।

जस्तै प्रायः मानिसहरु सुतेर फोन चलाउँदै गर्दा मोबाइल अनुहारमा खसेर नाक भाँच्चिने र घाउ हुने गरेको छ । यस किसिमका घटना २००६ देखि सुरु भएको हो जसबेला पहिलो स्मार्टफोनको बाहिरिएको थियो ।  यसरी २० वर्षदेखिका डाटाहरु अध्ययन गर्ने क्रममा उनीहरुले यस प्रकारका घटना लगातार वृद्धि हुने क्रम जारी रहेको पाएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

यसमा कतिपय अवस्थामा झगडा हुँदा मानिसहरुले एकअर्कामाथि मोबाइल फोन फाल्नाले पनि घाइते हुने गरेको पत्ता लागेको छ । त्यसैले फोन चलाउँदै हिँड्दा सडक दुर्घटनामा पर्ने, पिलरसँग ठोकिएर मुखका विभिन्न भाग भाँचिने, चोटपटक लाग्ने जस्ता घटना बढेका हुन् । 

यसमा धेरै अवस्थामा पीडितहरु अस्पताल भर्ना नहुने गरेको पनि पाइएको हो । यस्तोमा सामान्य ठोक्किने, घाउ हुने क्रम पछिल्लो समय विश्वव्यापी रुपमा वृद्धि भइरहेको छ, जसकारण दुर्घटनाहरुको सङ्ख्या अनुमानित भन्दा अझ बढी हुन सक्ने बताइएको छ ।  प्रविधिको विकाससँगै फोनको आकार ठूलो हुँदै गएको छ भने मानिसले सुत्दा, उठ्दा हिँड्दा खाँदा हरेक क्षण मोबाइल हेर्ने गरेका छन् । तरपनि यी समस्यालाई गम्भीर रुपमा नलिइनु नै अहिलेको सबैभन्दा ठूलो समस्या रहेको बताइएको छ । 

Global Ime bank

टाउकोमा मात्र नभएर मोबाइल फोनले घाँटीमा र आँखामा पनि नोक्सान पुर्याइरहेको पाइएको छ । अमेरिकामा मात्र २०१७ मा देशभरबाट ७६ हजार मोबाइल फोन सम्बन्धी चोटपटकका घटना फेला पारिएको थियो ।  तर २००६ भन्दा अगाडिसम्म यस किसिमका घटना वार्षिक २ हजारका सङ्ख्यामा मात्र हुने गरेका थिए । यसरी दुर्घटनामा पर्नेमध्ये ४० प्रतिशत १३ देखि २९ वर्ष उमेरको हुने गरेको पाइएको हो । 

जसमध्ये अधिकांश हिँड्दै टेक्स्ट गर्दै, वा मोबाइल प्रयोग गर्दै गाडी चलाउने गर्दा घाइते भएको पाइएको हो । त्यसैगरी धेरै फोन चलाएर, विशेषगरी गेम खेलेर हात र घाँटी मड्किने, नसामा समस्या आउने गरेको पनि पाइएको हो ।  यसरी मानिसहरुले ध्यानपूर्वक फोन चलाएमा यस प्रकारका सबै दुर्घटनाबाट सजिलै बच्न सकिने अध्ययनकर्ताहरुको निष्कर्ष छ । यसका लागि मानिसले ‘कमन सेस्स’ प्रयोग गर्नुपर्ने एक फोनप्रेमीले बताएका हुन् । – फक्स न्युज 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर २२, २०७६  ०६:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC