site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
महिला टोली भारतसँग पराजित, स्वर्णका लागि भारतसँगै खेल्ने
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोली फाइनलसरह मानिएको खेलमा भारतविरुद्ध पराजित भएको छ ।  १३ औं साग अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपाल आज भारतसँग १–० ले पराजित भएको हो । बालादेवीको निर्णायक गोलमा विजय हासिल गरेको भारतले अब उपाधिका लागि आयोजक नेपालसँग नै खेल्नेछ । फाइनल खेल सोमबार दिउँसो हुनेछ । 

पोखरा रंगशालामा सुरुआती राम्रो प्रदर्शन गरेको नेपाल १८ औं मिनेटमा गोलको शिकार भएको थियो । भारतका लागि बालादेवीले नेपाली डिफेन्डर छक्याउँदै गोल गरेकी थिइन् ।  गोलपछि दबाबमा परेको नेपालले पुनरागमनको प्रयास गरे पनि सफलता पाउन सकेन । दोस्रो हाफमा आक्रामक बनेको नेपालले गोलको अवसर सदुपयोग गर्न नसक्दा हार बेहोरेको छ ।

हारसँगै फाइनल पुगेको नेपालले अब उपाधिका लागि भारतकै सामना गर्नुपर्नेछ । भारतविरुद्ध नेपाल पछिल्लो समय लगातार पराजित छ । यसअघि विराटनगरमा गत फागुनमा सम्पन्न पाँचौं महिला साफ च्याम्पियनसिपमा पनि नेपाल पराजित भएको थियो । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर २१, २०७६  १७:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC