site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

न्यायालयप्रति विश्वास नहुने हो भने राज्यको वैधता पनि समाप्त हुन्छ । व्यक्तिले राज्यको भर पर्ने आधार नै न्यायालय हो । यसैले न्यायालयको स्वतन्त्रता र निष्पक्षता राज्यकै शासनको मापक मानिन्छ । न्यायालयमाथिको विश्वासको मूल आधार न्याय सम्पादनमा देखिने निष्पक्षता नै हो । न्यायिक मनविना न्यायाधीश निष्पक्ष र स्वतन्त्र हुन सक्तैनन् । व्यक्ति कसैप्रति अनुगृहित हुन परेन भनेमात्र न्यायाधीशले पूर्णतः न्यायिक मनको प्रयोग गर्नसक्छन् । तर, नेपालमा भने न्यायाधीशको नियुक्तिमै अनुचित प्रवृत्ति बढ्दै गएको देखिएको छ । न्यायाधीश नियुक्तिमा नातावाद र कृपावाद देखिएको आरोप लागेको थियो । न्यायाधीश नियुक्तिलगत्तै पार्टीको कार्यालयमा ‘दाम राख्न’ पुग्नेहरूले बदनाम गरेकै थिए । आधारातमा न्यायाधीश नियुक्तिको सिफारिस गरेर न्यायपालिकाको इतिहासमै लाजमर्दो र विवादास्पद कार्य भएकै थियो । हुँदाहुँदा न्यायाधीश नियुक्तिका सिपाmरिस गर्ने जिम्मेवार न्याय परिषद्का सदस्य स्वयं न्यायाधीश हुने तारतम्य मिलाएर नियुक्ति लिन लागेको अविश्वसनीय र लज्जास्पद समाचार सार्वजनिक भएको छ । 

नेपालको संविधान, २०७२ को धारा १५३ मा न्याय परिषदको व्यवस्था छ । त्यसको उपधारा (१) मा लेखिएको छ – ‘‘यस संविधान बमोजिम न्यायाधीशको नियुक्ति, सरुवा, अनुशासन सम्बन्धी कारबाही बर्खासी र न्याय प्रशासन सम्बन्धी अन्य विषयको सिफारिस गर्न वा परामर्श दिन एउटा न्याय परिषद रहनेछ ।’’ सर्वोच्च अदालतका प्रधान न्यायाधीश अध्यक्ष रहने न्याय परिषद्मा कानुन मन्त्री र सर्वोच्च अदालतका  वरिष्ठतम न्यायाधीशका साथै प्रधानमन्त्रीको सिफारिसमा एक जना र नेपाल बार एसोसियसनको सिफारिसमा अर्का एक जना गरी दुई जना सदस्य राष्ट्रपतिद्वारा नियुक्त हुने व्यवस्था छ । यसरी नियुक्त सदस्यको पदावधि ४ वर्षको हुने र सेवा, सुविधा तथा पारिश्रमिक सर्वोच्च अदालतका न्यायाधीश सरह हुने प्रावधान संविधानको धारा १५३ को उपधारा (२)मा रहेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

संविधानको आशय हेर्दा स्पष्टै देखिन्छ – न्याय परिषद्का सदस्यले सर्वोच्च अदालतको न्यायाधीश हुन खोज्नु नैतिक दृष्टिबाट मात्र हैन पदीय आधारमा पनि उचित होइन । नियुक्तिको सिफारिस गर्ने संवैधानिक ओहोदामा पुगेको व्यक्ति स्वयं नै न्यायाधीश बन्न खोज्दा पदलोलुपताको कलंक त लाग्ने नै छ न्यायाधीश नियुक्त भएकै दिनदेखि विवादमा पर्नेछन् । मौका पर्नेबित्तिकै अरूको भाग खोस्न तम्सने व्यक्तिले स्वतन्त्र, निष्पक्ष, न्यायिक मन प्रयोग गरेर इन्साफ गर्ने कल्पना पनि गर्न सकिँदैन । असल न्यायाधीश लोभबाट मुक्त हुनुपर्छ । यसैले नियुक्तिमै पदलोलुप सिद्ध भएको व्यक्ति असल न्यायाधीश बन्नै सक्तैनन् । 

संविधान निर्माणपछि निर्वाचन सम्पन्न भइसकेकाले राजनीतिक संक्रमणका नाममा भित्र्याइएका विकृति समाप्त हुने विश्वास जनतामा पलाएको थियो । तर, जताततै बेथिति बढाइएको छ र त्यसलाई उचित सिद्ध गर्ने प्रयासमा सरकारी अधिकारीहरू लाजै नमानी पहिले पनि विकृत अभ्यास भएको उदाहरण दिन्छन् । तर, न्याय परिषद्कै सदस्यलाई न्यायाधीश बनाउने गलत परम्परा सुरु गरेको कलंक बोक्न प्रधान न्यायाधीशसमेत तयार होलान् भनेर पत्याउन मुस्किल हुन्छ । नेपाल बार एसोसियनले पनि न्याय परिषद्कै सदस्य न्यायाधीश बन्ने अभ्यास सुरु गर्ने प्रयासको विरोध गरेको छ । न्याय कानुनका क्षेत्रका विद्वान्हरूले पनि यस्तो अभ्यासलाई अनुचित भनेका छन् । यसैले न्याय परिषद् विशेषगरी प्रधान न्यायाधीशले गलत परम्परा सुरु गरेर न्याय क्षेत्रलाई थप क्षतविक्षत बनाउने बाटो खोल्ने छैनन् भन्ने अपेक्षा गरौँ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर २१, २०७६  १४:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC