site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
पुस्तकमा प्रतिबन्ध
Sarbottam CementSarbottam Cement

इरफान इस्लाम


उपन्यासकार सारा नविदले आफ्नो पहिलो अङ्ग्रेजी उपन्यास ‘अन्डाइङ एफिनिटी’ स्वयम्को खर्चमा प्रकाशित गरिन् । प्रकाशक देशको प्रमुख विक्रेतासँग जोडिए, जसले वितरणमा ध्यान दियो । नविदको दोस्रो उपन्यास ‘आवर स्टोरी इन्ड्स हियर’ पेनगुइन इन्डियाले छाप्यो । भारतीय प्रकाशकलाई उक्त उपन्यास यति मन प¥यो कि, उनकै पहिलो उपन्यास पनि पुनः प्रकाशन गर्ने स्वीकृति लिइयो । नविदलाई उनका दुवै उपन्यास प्रकाशनको सम्झौता गर्न पेनगुइनले अनुरोध ग¥यो ।

यस पटक प्रकाशकलाई नविदले कुनै भुक्तानी गर्नुपरेन । बरु उनले प्रकाशकबाट रकम पाइन् । उनका पछिल्ला उपन्यास पनि पेनगुइन इन्डियाले नै छाप्यो । र, नयाँ उपन्यास २०२० को फेब्रअरीमा सार्वजनिक हुने अपेक्षा गरिएको छ । तर विडम्बना नविदलाई आफ्ना उपन्यास पाकिस्तानमा वितरणको विषयले चिन्तित बनाइदिएको छ । किनकि, पुस्तकसहित सबैखाले व्यापारमा पाकिस्तान सरकारले भारतलाई रोक लगाइदिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

जम्मु–कस्मिर विवादका कारण अगस्ट ९ देखि पाकिस्तानले रेल तथा बससेवासमेत बन्द गरिदिएको छ । दुई देशबीच व्यापार र डाँकसेवा पनि अगस्ट २३ देखि बन्द हुन पुगेका छन् । अन्य क्षेत्रका साथै पुस्तक बिक्री व्यवसायमा पर्न गएको गम्भीर असरलाई धेरैले महसुस गरेका छन् । पुस्तक बिक्रीमा परेको असर अन्ततः पाठकसम्म पुग्छ । विशेषगरी अङ्ग्रेजी भाषाका पुस्तक पहिलादेखि नै बढ्दो बजारभाउको मारमा पर्दै आएका छन् । 

पाकिस्तानमा आउटलेट राखेका लिबर्टी बुक्सका प्रबन्ध निर्देशक सलिम हुसेनका अनुसार ९ अगस्टदेखि पुस्तक आयात बन्द भएको छ । र, भारतसँगका सबैखाले सञ्चार रोकिएको छ । लिबर्टीले पाकिस्तानी लेखकका पुस्तकका साथै बालोपयोगी किताब आयात गर्ने गर्छ । हुसेन भन्छन्, ‘‘पाकिस्तानी प्रतिबन्धले कारोबारमा प्रभाव पारेको छ । लिबर्टीले २० देखि २५ प्रतिशत पुस्तक भारतबाट आयात गर्छ ।’’ 

Global Ime bank

पछिल्लो समय पाकिस्तानका अधिकांश पुस्तक बिक्रेताहरु भारतबाट आयात गर्छन् । किनकि, भारत केही दशकदेखि प्रकाशन उद्योगको केन्द्र बनिरहेको हुसेनको भनाइ छ । उनका अनुसार यो क्षेत्रभरि नै भारतबाट पुस्तक आयात गरी बिक्री–वितरण हुँदै आएको छ ।

‘‘अधिकांश अन्तरराष्ट्रिय प्रकाशक अब भारतमा निर्भर छन्,’’ लाहोरको गुलबर्गमा लोकप्रिय पुस्तक पसल सञ्चालन गर्दै आएका एक व्यापारी भन्छन् । साहित्यका पाठकका निम्ति खुराकका साथै कम्प्युटर विज्ञान, बालबच्चाको साहित्य र पाठ्यपुस्तकसमेत भारतबाट आयात हुने गर्छ । उक्त पसलमा एकतिहाइ पुस्तक भारतबाट आयातीत रहेका छन् । 

यसरी भारतीय पुस्तकमा भर पर्नुको मुख्य कारणमा किफायती संस्करणको विकल्पसमेत रहेको बताइएको छ । कम समयमा पुस्तक आइपुग्ने भएकाले पनि बिक्रेताको रोजाइमा भारतका पुस्तक पर्ने गरेको पाकिस्तानी व्यवसायीको भनाइ छ । 

भारतबाट प्रकाशित ९० प्रतिशत पुस्तक अहिले पनि पाकिस्तानी बिक्रेताले पाएका छैनन् । यसकारण पनि तिनको माग अधिक हुने गरेको छ । पाकिस्तानमा पुस्तकको मासिक माग ३० देखि ४० हजार अमेरिकी डलरबराबर हुने गरेको छ । यसमा प्रतिबन्ध लागेपछि अब बेलायत तथा अमेरिकाबाट झिकाउनुको विकल्न नरहेको व्यवसायी बताउँछन् । यसरी मगाउँदा पुस्तकको मूल्य ३० देखि ४० प्रतिशतसम्म बढ्ने उनीहरुको भनाइ छ । बेलायत र अमेरिकाका कतिपय प्रकाशकले वितरणको जिम्मा भारतका व्यवसायीलाई मात्र दिने गरेका छन् । यसकारण पनि सीधै ती मुलुकबाट पाकिस्तानी बिक्रेताले पुस्तक नपाउने सम्भावना उत्तिकै छ । 

पाकिस्तानले भारतबाट पुस्तक आयात गर्नै पर्ने अर्को कारण पनि छ, त्यो हो– पछिल्लो समय अङ्ग्रेजीमा लेख्ने कतिपय पाकिस्तानी लेखकका कृति भारतीय प्रकाशकले छाप्ने गरेका छन् । हुसेन भन्छन्, ‘‘पछिल्ला ८–१० वर्षमा थुप्रै नयाँ पाकिस्तानली लेखकका कृति भारतबाट प्रकाशन भएका छन् । यी लेखकले भारतमा ठूलो बजार पनि पाएका छन् ।’’

निश्चित रुपमा पाकिस्तानमा अङ्ग्रेजी आख्यान लेखकको बजार बढ्दो छ । भारतीयका साथै पाकिस्तानी र अन्य देशका लेखक पनि यसमा सामेल छन् । १९७० को दशकमा भारती सिनेमामा लगाइएको प्रतिबन्धका साथै किताब आयातमाथिको यस्तो दृष्टिले सम्भवतः ‘पाइरेसी’लाई मलजल गर्नेछ । पाकिस्तानमा पुस्तक चोरी र लेखकको अधिकार उल्लङ्घनका घटना निकै अघिदेखि हुँदै आएको हुसेन बताउँछन् । पछिल्लो समय लगाइएको पुस्तकमाथिको प्रतिबन्धले यिनै कर्मलाई बढावा दिनेछ र यसले अन्ततः सबैभन्दा बढी नोक्सान पार्नेछ– पाकिस्तानी लेखकलाई नै !

पाकिस्तानी लेखकहरु आफ्ना कृति प्रकाशन गर्न भारत जानुका थुप्रै कारण छन् । उपन्यासकार तथा अनुवादक मुसर्रफ अली फारुकी भन्छन्, ‘‘भारतमा व्यावसायिक लेखक, प्रकाशक, सम्पादक, वितरक, पुस्तक डिजाइनरलगायतको नेटवर्क छ । अन्तरराष्ट्रिय रुपमा फैलँदै गएको यस्तो कामलाई त्यहाँ प्रवद्र्धन गरिन्छ ।’’

भारतमा ठूलो कागज उद्योग छ, जसले गर्दा पुस्तक उत्पादन सस्तो पर्न जान्छ र व्यवसायीलाई त्यो लाभदायी हुन्छ । फारुकी भन्छन्, ‘‘मेरा थुप्रै पुस्तक भारतबाट प्रकाशित छन् । सम्पादक तथा प्रकाशन समूहको सहयोगबाट मलाई धेरै फाइदा भएको छ, म उनीहरुको अति सम्मान गर्छु ।’’

तुलनात्मक रुपमा पाकिस्तानमा स्थापित प्रकाशन उद्योग छैन, विशेषगरी अङ्ग्रेजी भाषाका पुस्तकका लागि । उर्दूका अधिकांश पुस्तक लेखक स्वयम्ले प्रकाशन गरेका छन् । कुनै पुस्तक प्रकाशकले छापेका छन् भने पनि लेखकलाई त्यसले कुनै आर्थिक लाभ हुन सकेको छैन । यसकारण पाकिस्तानमा लेखेरै जीवन चलाउने लेखक पाउन मुश्किल छ । फारुकी भन्छन्, ‘‘हामीसँग यो संस्कृति नै छैन । उर्दू लेखकको त झन् कुरै भएन । यसकारण पनि पाकिस्तानका राम्रा लेखक अङ्ग्रेजीमा लेख्न चाहन्छन् र भारतबाट प्रकाशन गर्ने इच्छा राख्छन् ।’’
भारतको तुलनामा पाकिस्तामा निकै कम प्रकाशक छन् । पाकिस्तानमा प्रकाशन उद्योगलाई प्रोत्साहन दिनु अत्यावश्यक रहेको नविद बताउँछिन् । धेरै प्रकाशक भएमा लेखकले सहजै अवसर पाउने उनको भनाइ छ । 

पुस्तक आयात प्रतिबन्धको असरलाई कसरी कम गर्न सकिन्छ भन्नेबारे सोच्नुपर्ने फारुकी बताउँछन् । कुनै पनि लेखकले (साउथ एसिया इङ्लिस–ल्याङ्ग्वेज राइट्स)ले अन्य देशका प्रकाशकलाई आफ्नो कृति बेच्न सक्छ । चाहे त्यो भारतमा होस् या अन्य कुनै पनि मुलुकमा किन नहोस् ।

फारुकीकै नयाँ पुस्तक ‘द मर्मन एन्ड द बुक अफ पावर: अ किस्सा’ भारतबाट पहिला नै प्रकाशित भएको थियो । उनले पाकिस्तान पाठकका निम्ति अर्को संस्करण निकाले, भारतबाट हुने आयातमा निर्भर हुनु नपरोस् भनेर ।

फारुकीका मतमा प्रकाशन उद्योग भन्नु एक ‘सज्जन’ व्यक्तिको व्यवसाय हो । हालको प्रतिबन्धलाई लिएर यदि कुनै लेखकले प्रकाशकलाई आफ्नो पुस्तक छाप्न अनुरोध ग¥यो भने सहर्ष स्वीकार हुने उनको भनाइ छ । ‘‘एउटा असल प्रकाशक सधैं नै आफ्नो लेखकलाई पाठक खोज्ने अवसर प्रदान गर्दछ, यदि लेखकको प्रस्ताव दमदार छ भने,’’ फारुकी भन्छन् ।  
 
पुस्तक प्रतिबन्धले आफूलाइ चिन्तित बनाएको नविद बताउँछिन् । यसलाई समयमै व्यवस्थित गर्नुपर्ने उनको सुझाव छ । ‘‘यसो हुन सकेन भने पाकिस्तानमा पाठकले मेरो पुस्तकमा हात राख्न पाउने छैनन् । पुस्तक प्रतिबन्ध एउटा डर लाग्दो विचार हो । मेरो पुस्तक आउनुअघि चामत्कारिक ढङ्गमा यो समस्याको समाधान होस् भन्ने कामना गर्दछु,’’ उनी भन्छिन् । 

लिबर्टी बुक्सका हुसेनका अनुसार पाकिस्तान सरकारले भारतबाट हुने औषधि आयातमा छुट दिएको छ । अब पुस्तक आयातमा पनि समान विचार सरकारले लिनुपर्ने उनको सुझाव छ । ‘‘विशुद्ध रुपमा एकेडेमिक पुस्तक भारतबाट आयात हुने गर्छ । प्रतिबन्धले विद्यार्थी र शिक्षालाई प्रभाव पारेको छ,’’ उनी भन्छन् । 

उता, फारुकी भने प्रतिबन्धलाई पाकिस्तानी प्रकाशकले पाएको अवसरका रुपमा पनि लिन्छन् । भन्छन्, ‘‘प्रतिबन्ध कालो बादलमा देखिने चाँदीको घेरा हो ।’’

(सुरुमा पाकिस्तानी पत्रिका ‘डान’मा प्रकाशित, त्यसपछि भारतीय अनलाइन स्क्रोलडटइनमा साभार– अनुदित तथा सम्पादित अंश)
      
        
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर २१, २०७६  १०:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC