site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
भरतपुरले सार्वजनिक गर्‍यो भ्रमण वर्ष लक्षित कार्यतालिका
Ghorahi CementGhorahi Cement

चितवन । सरकारले देशभर नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै विभिन्न पर्यटन प्रबर्द्धनात्मक कार्यक्रम थालनी गरेका बेला भरतपुर महानगरपालिकाले पनि यसको तयारी र योजना बारे वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । 

२९ वटा वडा रहेको महानगरमा २७ वटा पर्यटकीय गन्तव्यको छनोट गरी ७ दिनसम्म बसाई लम्ब्याउन प्रर्बद्धनात्मक कार्यमा जोड दिइएको छ । महानगरको नेपाल भ्रमण वर्ष २०२० समन्वय तथा सहजीकरण समितिले शुक्रबार एक कार्यक्रमको आयोजना गरी वर्षभरीको पर्यटकीय क्रियाकलापहरुको योजना सार्वजनिक गरेको हो । 

महानगरले वर्षभरिमा गरिने ३२ वटा कार्यक्रम अनुसार विभिन्न व्यवसायिक तथा सामाजिक संस्था, समिति, निकुञ्ज, सामुदायिक वन उपभोक्ता समितिलगायत संघसस्था सँग समन्वय र सहकार्य गरी कार्यक्रमलाई अगाडि बढाइने महानगरका प्रमुख रेनु दाहालले बताइन् । उनका अनुसार समितिको ११ सदस्यीय स्टेरिङ समिति र ९५ सदस्यीय मुल समन्वय तथा सहजीकरण समितिमार्फत आ-आफ्नो जिम्मेवारी तोकिएको छ । 

Agni Group

कार्यातालिका अनुसार अंग्रेजी भाषमा ब्रोसर निर्माण, प्रचार सामग्री उत्पादन तथा प्रचार, छुट तथा सहुलियत घोषणा, भ्रमण वर्षको स्तम्भ निर्माणका क्रियाकलाप रहेका छन् । यसैगरी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दिवसलाई सम्बोधन हुनेगरी विश्व सिमसार दिवस, राष्ट्रिय धान दिवस, विश्व पर्यटन दिवसलगायतका कार्यक्रम कार्यतालिकामा समावेश गरिएका छन । 

पर्यटन प्रबर्द्धनका लागि अन्तर जिल्ला प्रबर्द्धनात्मक कार्यक्रम अर्न्तगत पोखरा महानगरपालिका र लुम्बिनि सांस्कृतिक नगरपालिकाबीच पनि सम्झौता गरिएको छ । 

Global Ime bank

यस्तै खेल पर्यटनलाई समेत प्रबर्द्धन गर्न हेरिटेज म्याराथुन, साइकल र्‍याली, रिभरवीच खेलकुद, डुंगा तथा र्‍याफ्टिङ प्रतियोगितालाई पनि प्राथमिकता दिइएको छ । यस्तै स्थानीय उत्पादन तथा परिकारहरुलाई प्रबर्द्धन गर्न मौलिक परिकार, फुड फेष्टिभल, मेला महोत्सबको आयोजना गरिएको दाहालले जानकारी दिइन् । 

यसैगरी धार्मिक पर्यटन र जलपर्यटनमा आकर्षण गर्न, देबघाटदेखि गोलाघाट सम्म डुंगाबाट शयर, देबघाटमा योगा, ध्यान, शिविर र नारायणी नदी किनारमा दैनिक आरतीको कार्यक्रम गरिने छ । 

भ्रमण वर्ष नजिकिएसँगै भरतपुर विमानस्थलमा पर्यटन भ्रमण वर्ष डिजिटल बोर्ड, मुख्य स्थान र बसपार्कमा पर्यटकीय सूचना केन्द्र लगायतका कामलाई तीब्र पारिएको छ ।
 
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले नीजि तथा सामाजिक संस्थाहरुसँग समन्वय र सहकार्य गरेर भ्रमणबर्षलाई सफल बनाइने बताए । उनका अनुसार नियमित वार्षिक कार्यक्रमको अलावा अन्य पर्यटन प्रर्वद्धनात्मक सम्बन्धी प्रभावकारी कार्यक्रम समेत थप गरिनेछ । 

सो अवसरमा बोल्दै उद्योग वाणिज्य संघ, चितवनका बरिष्ठ उपाध्यक्ष चुन नारायण श्रेष्ठले चितवनकै सबैभन्दा ठूलो चितवन महोत्सवमा पर्यटनका गतिविधिलाई प्राथमिकतामा राख्न लागिएको जानकारी दिए । पर्यटन गतिविधिले जिल्लाको हरेको आर्थिक क्रियाकलापमा टेवा पुग्ने भएकोले यसपटक महोत्सवमा पर्यटन गतिविधि र फुड फेष्टिभललाई प्राथमिकतामा राखिएको उनको भनाई छ ।
 
सो अवसरमा बोल्दै समितिका सल्लाहकार एवं पर्यटन विज्ञ विश्वराज सुवेदीले देशकै पर्यटन गन्तव्य मध्ये भरतपुर महानगरमा दुईवटा पर्यटकीय गन्तव्य परेको र प्रदेश सरकारले १०  जिल्लामा १० पर्यटकीय गन्तव्य छनोट गरिएकोमध्ये मेघौली उत्कृष्ट गन्तव्य परेको जानकारी दिए । 

पर्यटन भ्रमण बर्षको प्रमुख उद्धेश्य, पर्यटकको बसाई अवधि लम्ब्याउने र अन्तराष्ट्रिय स्तरमा चितवनको पर्यटकीय गन्तव्यको प्रचार प्रसार गरिने उनले बताए । पर्यटन प्रर्वद्धनको लागि नेपाल टुरिज्म बोर्डसँग समन्वय गरी काम अघि बढाइएको उनको भनाई छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २०, २०७६  १७:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC