site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
सुटिङको एयर पेस्तोल १० मिटरमा दुवै स्वर्ण भारतलाई, नेपाल पदकविहीन
Sarbottam CementSarbottam Cement

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत सुटिङ १० मिटर एयर पेस्तोलको महिलामा भारतले स्वर्ण जितेको छ । 

सातदोबाटोस्थित सुटिङ रेञ्जमा शुक्रबार भएको प्रतिस्पर्धामा भारतले टिम र व्यक्तिगत स्पर्धामा गरी दुई स्वर्ण पदक जितेको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

भारतकी सरी परमानन्दमले २३८.४ अंकका साथ स्वर्ण पदक जितिन् । बंगलादेशकी एड्रिना फिरदोसले २३४.६ अंकका साथ रजत पदक पाउँदा पाकिस्तानकी अन्ना इबित्समले २१४.९ अंकका साथ कास्य पदक जितिन् । 

यस इभेन्टमा नेपालका तीन जना खेलाडीले छनोट चरण नै पार गर्न सकेनन् । १६ खेलाडीले प्रतिस्पर्धा गरेकामा सेरिया केसी, सरिता बस्नेत र कृष्णा थापा क्रमश १४, १५ र १६ औं स्थानमा रहे । 

Global Ime bank

टिम इभेन्ट्सतर्फ भारतले नै स्वर्ण पदक जितेको छ । भारतका सरी परमानन्द, अनुराज सिंह र इसा सिंहले १७३३ अंकका साथ स्वर्ण पदक जिते । 

पाकिस्तानका मेविस फरहान, अन्ना इवित्सम र कृसमला तलतले १६७८ अंकका साथ रजत पदक जिते । 

बंगलादेशका एन्जिला अमज्द अन्तु, एड्रिना फिद्रोस र निलुफा एस्मिनको टोलीले १६५५ अंकका साथ कास्य पदक जिते । 

नेपाली टिम प्रतियोगितामा पाँचौं स्थानमा रह्यो । नेपालकी सेरिया केसी, कृष्णा थापा र सरिता बस्नेतको जोडी १५८३ अंकका साथ पाँचौं स्थानमा रह्यो ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २०, २०७६  १५:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC