site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
स्थानीय तहदेखि बालुवाटारसम्मको भ्रष्टाचारमा कांग्रेस बोल्छ : प्रवक्ता शर्मा
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले स्थानीय तहदेखि बालुवाटारसम्म हुने भ्रष्टाचारमा कांग्रेसले आवाज उठाउने बताएका छन् । 

शुक्रबार नेपाली कांग्रेस क्षेत्र नम्बर २ ले कागेश्वरी मनहरा नगरपालिकामा भएको अनियमितताविरुद्ध आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भने, “कांग्रेसले स्थानीय तहमा भएको भ्रष्टाचार,अनियमितताबारे पनि बोल्छ । बालुवाटारमा भएको भ्रष्टाचारमा पनि बोल्छ ।” 

Prabhu Bank
Agni Group
NIC Asia

नेता शर्माले कम्युनिष्ट पार्टीले चलाइरहेका स्थानीय तहमा सुशासन नभएको भन्दै कांग्रेसले अब देशैभर स्थानीय तहमा भएका भ्रष्टाचारको भण्डाफोर गर्ने बताए । 

नेता शर्माले कम्युनिष्टले जितेका स्थानीय तहमा करको दर बढाएर जनताको ढाड सेक्ने काम गरेको भन्दै आलोचना पनि गरे । “कागेश्वरी मनोहरा नगरपालिकाले शुरुवात गरेको छ । ७५३ स्थानीय तहमै कांग्रेस भ्रष्टाचारविरुद्दको अभियान लिएर जाँदैछ,” उनले भने । 

Global Ime bank

प्रवक्ता शर्माले उपनिर्वाचनको परिणामले जनताले कांग्रेसले संसदमा खेलेको शालिन भूमिकाको अनुमोदन गरेको बताए । कांग्रेसले शान्तिपूर्ण रुपमै आफ्ना विरोधका कार्यक्रम गर्ने पनि बताए । 

कागेश्वरी मनोहरा नगरपालिकामा १० करोडको बालुवा ठेक्का लगाउँदा ३ करोड अनियमितता भएको भन्दै कांग्रेसले मेयरविरुद्ध चरणवद्ध आन्दोलन गर्दै आएको छ ।  काठमाडौं क्षेत्र नम्बर २ का सभापति उपेन्द्र कार्कीको सभापतित्वमा आज थलीमा विरोध सभा भएको हो । कार्यक्रममा कांग्रेस नेता एवं सांसद भीमसेनदास प्रधान र काठमाडौं सभापति सबुज बानियाँ पनि उपस्थित छन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २०, २०७६  १४:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC