site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
देशकै ठूलो बैंक बन्यो ग्लोबल आईएमई: जनतासँग मर्जर गरेर सुरु गर्‍यो एकीकृत कारोबार
Ghorahi CementGhorahi Cement

काठमाडौं । ग्लोबल आईएमई बैंक देशकै ठूलो वाणिज्य बैंक बनेको छ । जनता बैंकसँग मर्जर गरेर आजदेखि एकीकृत कारोबार सुरु गरेको बैंकको चुक्ता पूँजी २४ अर्ब पुगेको छ । यस्तै बैंकको कुल निक्षेप २ खर्ब १७ अर्ब छ भने ऋण १ खर्ब ९४ अर्ब पुगेको बैंकले जनाएको छ । 

ग्लोबल र जनता दुबै बैंकले गरेर १७ वटा बैंक तथा वित्तीय संस्थालाई मर्जर गरेको छ । ग्लोबलले हालसम्म ११ बैंक तथा वित्तीय संस्थालाई गाभिसकेको छ भने जनतासँग ७ वटा गाभिएका थिए । ग्लोबल आईएमई बैंकले दुई वटा वाणिज्य बैंकलाई गाभेको छ । जनताअघि ग्लोबलले कमर्ज एण्ड ट्रष्ट बैंक मर्ज गरेको थियो । १८ वटा बैंक तथा वित्तीय संस्था गाभिएपछि ग्लोबल आईएमई देशकै ठूलो बैंक बनेको हो । 

Agni Group

यससँगै वाणिज्य बैंकको संख्या पनि २७ मा झरेको छ । करिब तीन सय शाखा संख्या रहेको बैंकको २९५ एटीएम र ३३ एक्सटेन्सन काउन्टर रहेको छ भने ३२ सय कर्मचारी कार्यरत छन् । जनता र ग्लोबल आईएमईबीच गत असार २० गते मर्जरमा जाने सहमति भएको थियो भने मंसीर १३ गते नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृती दिएको थियो । पाँच महिनाको अवधिमा दुईवटा बैंक मर्ज भएका हुन् । 

अर्थमन्त्री युवराज खतिवडाले निक्षेपकर्ताको विश्वास र ठूला आयोजनामा लगानी गर्ने क्षमता बैंकहरुले बताउनुपर्ने बताए । अर्थतन्त्रको संरचना परिवर्तन हुँदै गरेको भन्दै उनले उच्च आर्थिक बृद्धि हासिल गर्न दीर्घकालीन लगानी आवश्यक रहेको बताए । बैंक ठूलो हुँदा लगानी बढाउन र विदेशबाट समेत रकम लिन सक्ने उनले बताए ।

Global Ime bank

राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले ग्लोबल आईएमई र जनता बैंकबीच भएको मर्जरले अन्य बैंकहरुलाई पनि ‘म्यासेज’ दिएको बताए । उनले मर्जर नीतिलाई निरन्तरता दिने भन्दै समयमै मर्जरतर्फ सोच्न समेत अन्य बैंकहरुलाई आग्रह गरे । उनले बैंकका सञ्चालक समितिलाई नाफा बढाउन प्रमुख कार्यकारीहरुलाई दबाब नदिन पनि निर्देशन दिए । बैंक ठूलो भएसँगै ब्यवस्थपकीय चुनौती पनि थपिने भन्दै संस्थागत सुशासन र क्षमता बृद्धिमा ध्यान दिन आग्रह गरे । 

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले ब्याजदरले व्यवसायको लागत बढेको बताए । उनले कर एवं सम्पत्ती शुद्धिकरणका कारण व्यवसायीको मनोबल घट्दै गइरहेको भन्दै यसतर्फ ध्यान दिन समेत आग्रह गरे । 
बैंकका अध्यक्ष चन्द्र ढकालले अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले लिएको मर्जर सम्बन्धी नीति अनुरुप बैंक मर्ज गरिएको बताए । उनले बैंकको सेवालाई थप प्रभावकारी बनाउने, नियामक निकायको मार्गनिर्देशन पालना गर्ने एवं आर्थिक उत्पादकत्व बृद्धिमा सहयोग गर्न बैंक कटिबद्ध रहेको उनले बताए । 

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले मर्जरले संस्था ठूलो भएर लागत कटौती भएपछि त्यसको लाभ ऋणीले पनि पाउनुपर्ने बताए । 

नेपाल उद्योग परिसंघका कार्यवाहक अध्यक्ष विष्णु अग्रवाललले संस्था ठूलो हुँदा जोखिम पनि उत्तिकै बढ्ने भन्दै सचेन हुन आग्रह गरे । बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले अहिले नै ग्लोबल आईएमई ठूलो बैंक भएको बताउँदै अझै ग्लोबले अझै १/२ वटा बैंकलाई मर्जर गर्न सुझाव दिए । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २०, २०७६  १४:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC