site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
अमेरिकामा आफ्नै देश हराएपछि ...

त्रिभुवन विश्वविद्यालय केन्द्रीय इतिहास विभागले लगातार दुईवर्ष पढाउने विद्यार्थी नै पाएन । पढ्ने नै नभए पछि विभाग राख्ने, नराख्ने तीव्र वहस चलिरहदा अघिल्लो शैक्षिक वर्ष एमए पहिलो सेमेष्टरमा २३ विद्यार्थी भर्ना भए । त्यो पनि प्राध्यापकहरुको व्यक्तिगत पहलकदमीको वलमा । केन्द्रीय इतिहास विभागका उपप्राध्यापक डा. उद्धव पुरी भन्छन्–भर्ना भएका २३ मध्ये १७ जनाले मात्र जाँच दिएका छन् ।

अर्कोतिर २०७२ को विनासकारी भूकम्पले भत्काएर अस्तव्यस्त  विश्वविद्यालयको पुस्तकालय अझै व्यवस्थित हुन सकेको छैन । कैयौँ पुस्तक र अध्ययन सामग्री यत्रतत्र अलपत्र छन् । राष्ट्रिय पुस्तकालय र केशर पुस्तकालय मात्र होइन, पुरातत्व विभागका ऐतिहासिक दस्तावेज पनि संरक्षणको पखाईमा छन् । तर त्यसतर्फ राज्यको चासो पुगेको देखिँदैन । 

आखिर ऐतिहासिक दस्तावेज र बौद्धिक सम्पत्तिको संरक्षणलाई हामीले किन महत्व दिइरहेका छैनौ ? 

Prabhu Bank
Agni Group
NIC Asia

विद्धानहरु नै भन्ने गर्छन्, मृत इतिहास पढेर के हुन्छ ? 

भनिन्छ, इतिहासको ज्ञानविना वर्तमान वुझ्न कठिन छ । पश्चिमाहरुले इतिहास संरक्षणलाई विशेष प्राथमिकता त्यसै दिइरहेका होइनन् । 

Global Ime bank

हाम्रो अनुभव भने नितान्त भिन्न छ । नेताहरु निरन्तरताको क्रमभंग गर्ने र नया“ शिरावाट इतिहास बनाउने भाषण ठोक्छन्, कार्यकर्ता उचाल्छन् । ऐतिहासिक महत्वका शालिक ढाल्न लगाउछन् । उनीहरु न त नाम लेखाउने काम गर्न सक्छन्, न पिता पूर्खाको इतिहास संरक्षण गर्न नै ।  

गत अक्टोवर महिना सुशील कोइराला मेमेरियल फाउन्डेसनका सदस्य सचिव अतुल कोइराला, युनिभर्सिटी अफ क्यालिफोर्निया (युसी) बर्कलेका प्राध्यापक डा. आमोद पोखरेलका साथ मैले पनि विश्वका दश सर्वोत्कृष्ट विश्वविद्यालयको सूचीमा रहेका युसी बर्कले र स्टेनफोर्डको अध्ययन भ्रमण गर्ने अवसर पाएँ ।

दुईसाताको क्यालिफोर्निया (अमेरिका) बसाइले यस विषय लेख्न प्रेरित गर्‍यो । 

१५ अक्टोवर

बिहान १० बजेका लागि मिटिङ तय भएको थियो, स्टेनफोर्ड विश्वविद्यालयको पुस्तकालयमा । हामी निर्धारित समयमै पुग्यौं । डा. पोखरेल भन्दै हुनुहुन्थ्यो, अमेरिकामा यात्रा गर्दा बाटोको दुरी पार गर्ने भन्दा पनि पार्किङ खोज्ने काम सर्वाधिक चुनौतीपूर्ण हुन्छ । आमन्त्रण गर्ने प्राध्यापक स्वयम्ले पार्किङका लागि समय छुट्टाएर आउनु भन्ने आसयको मेल पठाएकाले पनि डा. आमोद सचेत हुनुहुन्थ्यो । आठ हजार एक सय असी एकड जमिनमा फैलिएको विश्वविद्यालय परिसरमा प्रवेश गर्दा नै मलाई युरोपको कुनै ऐतिहासिक सहरभित्र पुगेको प्रतित भयो । प्राचिन कला र इञ्जिनियरिङ डिजाइनका ति भवनमा १६ हजार भन्दा बढी विद्यार्थी पढ्छन् । हामी पुग्दा धेरैजसो विद्यार्थी एउटा कक्षा सकेर अर्कोमा पुगिहाल्ने ध्याउन्नमा थिए । कोही मोटरमा त कोही साइकलमा हुइँकिदै गरेका देखिए ।  

विश्वविद्यालय परिसर अमेरिकी अर्थतन्त्रको मेरुदण्ड मानिने सान फ्रान्सिस्को सहरको सिलिकन भ्यालीमा छ, जहा“ फेसबुक, गुगल र एप्पलका मुख्यालय पनि छन् । डा. आमोद भन्दै हुनुहुन्थ्यो, भोलिका दिनमा हरेक क्षेत्रमा संसारको नेतृत्व गर्ने जनशक्ति यहीँ छ । अमेरिका मात्र होइन, विश्वभरबाट आउने विद्यार्थीका लागि यो आकर्षण केन्द्र हो । 

युसी बर्कले र स्टेनफोर्डले धेरैवटा मुलुकको सांस्कृतिक, आर्थिक, भौगोलिक, राजनीतिकलगायत विभिन्न विधाको इतिहास संरक्षण गर्न चलाइरहेको संयुक्त परियोजनाका लागि अर्काइभ गर्ने तरिका हेर्न र जान्न हामी उत्साहित थियौं । 

एकैपटक पुस्तकालयका प्रमुखले भने आफ्ना विद्यार्थी र अध्यताहरुका लागि स्टेनफोड विश्वविद्यालयले हरेक वर्ष निकै ठूलो (१.६ विलियन अमेरिकी डलर) लगानी गर्ने गर्छ । यहा“को जस्तो प्रविधि र जनशक्ति संसारका कमै विश्वविद्यालयसँग मात्र छ होला । विद्यार्थीका लागि चाहिने कुनै पनि अध्ययन सामग्री (संसारकै) एक साताभित्र उपलव्ध गराउन सक्नु स्टेनफोर्ड पुस्तकालयको विशेषता हो । जहाँ करिब ९५ लाख अध्ययन सामग्री संग्रहित छन् । औषत पा“च विद्यार्थीका लागि एक अध्यापक राखिनुले विश्वविद्यालयले शिक्षालाई कति महत्व दिइएको छ भन्ने बुझ्न सकिन्छ । 

आफ्नै देश हराए पछि ...

इन्साइक्लोपेडियाका रुपमा चिनिने भव्य पुस्तकालय अवलोकनपछि हामीलाई एउटा हलमा लगियो, अनी ठूलो स्क्रिनमा विश्वको नक्सा देखाइयो । त्यो दृष्य हेर्दा मनै चसक्क भयो । अनायसै भन्यौ, खै त हाम्रो देश नेपाल । 

भारत र चीनबीचमा जतिसुकै जुम गर्न लगाउँदासमेत नेपाल फेलै परेन । राष्ट्रियताको राजनीतिले सधैँ प्रमुखता पाउँदै आएको मुलुकका नागरिक हामी इतिहासमा कहिल्यै कसैको गुलाम नभएकोमा गर्व गर्छौँ । एउटा प्रतिष्ठित विश्वविद्यालयको नक्सामा आफ्नो देशको नाम निसाना नदेख्दा आश्चर्यचकित त भयौँ । अनि फेरि सोधिहाल्यौँ खै त, नेपाल देखिएन नि ?  

नक्सामा नेपाल छुटेकोतर्फ विश्वविद्यालयको पनि त्यसअघि ध्यान पुगेको रहेनछ । पुस्तकालयका अधिकारीहरुले समेत असहज महसुस गरे । विश्वकै सर्वोत्कृष्ठ दशमध्ये अधिकांश विधामा एक दुई नम्बरमा रहेको विश्वविद्यालयकै नक्सामा एउटा देशको भूगोल नै नहुनु उनीहरुका लागिसमेत आश्चर्यजनक थियो ।

संसारकै ठूलो डिजिटल पुस्तकालयको सभाकक्षमा केही क्षण मौनता छायो । वातावरण सहज बनाउँदै पुस्तकालयका अधिकारीहरुले भने–यो कुनै भौगोलिक नक्सा होइन, यो त स्कलर म्याप हो । संसारको कुन ठाउ“मा कति अध्ययन अनुसन्धान भएको छ भन्ने आधारमा तयार पारिएको हो । अनुसन्धानविना कुनै देश प्रगतिपथमा जान सम्भव छैन । तपाईंहरु काम गर्नुस्, हामी पनि सुधार्छौं । 

शक्ति सन्तुलन र भूराजनीतिक दृष्टिले कुनै अमेरिकी विश्वविद्यालयका लागि नेपाल प्राथमिकतामा नहुनु अस्वाभाविक होइन । यसले उनीहरुलाई खासै फरक पर्ने पनि होइन । तर  यस्ता प्रतिष्ठित विश्वविद्यालयको नोटिसमा नेपाल नहुँदा अरु अल्पविकसित मुलुकका विद्यार्थीले पाइरहेको जस्तो छात्रवृत्तिबाट नेपाली वञ्चित हुन सक्छन् । 

मिटिङ सकेर फर्किने क्रममा डा. आमोदले भने–नेपालमा अध्ययन अनुसन्धान नै नभएको भने होइन । भएका छन् । सरकारले प्रयाप्त बजेट दिएर प्राथमिकतामा राख्ने हो र भएका अनुसन्धानलाई अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित गर्न प्रोत्साहित गर्ने हो भने शैक्षिक गुणस्तर सुधार्न सक्ने ठाउ“ छ । 

अमेरिकी सरकारले आफ्नो बजेटको ठूलो अंश अनुसन्धानमा खर्च गर्ने गर्छ । यस्तो बजेट लिन विश्वविद्यालय, निजी अनुसन्धान संस्था र अध्ययताहरुले प्रस्ताव पेश गर्छन् ।  विश्वविद्यालयहरुले त्यसअघि गरेको अनुसन्धान र त्यसको गुणस्तरका आधारमा सरकारबाट प्रस्ताव स्वीकृत हुने परिपाटी छ । 

नेपालमा भने विश्वविद्यालयहरु चरम राजनीतिकरणको शिकार भएका छन् । प्राध्यापक कृष्ण खनाल भन्छन्– गहन अनुसन्धानका लागि विश्वविद्यालयहरुसँग बजेट नै हुँदैन । भएको बजेट पनि कनिका छरे झैँ, नामका लागि रिपोर्ट बनाउन खर्च गरिन्छ । अध्यताले पैसा फर्स्यौट गर्न रिपोर्ट त बुझाउँछन् तर गुणस्तरको अभावमा ति रिर्पोट प्रकाशन भएर बजारमा जानुको साटो दराजमा थन्क्याइन्छन् । 

युसी बर्कले

१७ अक्टोवरका दिन यु.सी. बर्कले परिसरभित्र प्रवेश गर्दा ठ्याक्कै हाम्रो त्रिभुवन विश्वविद्यालयकै झल्को आयो । केही समय प्राध्यापक र विद्यार्थीसँग नेपालको राजनीतिक विकासक्रम र लोकतान्त्रिकरणबारे कुराकानी भयो । अनी बर्कलेमै पढेर त्यहीँ कार्यरत ताइवानी मूलकी एक महिलाले हामीलाई विश्वविद्यालयको फ्रि स्पिच मुभमेन्टबारे जानकारी दिइन् र पुस्तकालयसहित महत्पवूर्ण विभाग र परिसर घुमाइन् । 

वाक तथा अभिव्यक्ति स्वतन्त्रताका लागि युसी बर्कलेका विद्यार्थीहरुले खेलेको भूमिका संसारकै लागि नमुना मानिन्छ । विभिन्न कालखण्डमा भएका आन्दोलन र तिनको झल्को दिने गरी फोटा र पोष्टर भित्ता सजाइएका छन् । 

विद्यार्थीहरुको आफ्नै काउन्सिल छ । जहा“ उनीहरु आफ्नो हितका लागि काम गर्छन् । आफ्नो स्वतन्त्रताको प्रयोग गर्दा अरुको अधिकार हनन गर्नु हुँदैन भन्ने शिक्षा संस्कारबाटै दिने गरिएको छ । अभिव्यक्ति स्वतन्त्रताको उपभोग गर्न सबैलाई समान अवसर दिइएन्छ । जसका लागि छुट्टाइएको एउटा विशेष स्थानमा लेखिएको छ–"This soil and the air space extending above it shall not be a part of any nation and shall not be a subject  to any entitity's jurisdiction."

अर्थात् यो माटो र यहाँको हावा कुनै पनि देशको हिस्सा हुने छैन र यहा“ बोलेको विषय कुनै कानूनको क्षेत्राधिकार भित्र पर्ने छैन । 

संसारभरबाट पढ्न आएका विद्यार्थीहरु त्यही मञ्चमा उभिएर अभिव्यक्ति दिन्छन् । आफ्ना कारण अरुको स्वतन्त्रतामाथि असर नपुगोस् भनेर सचेत रहन्छन् ।

त्यहाँको दृष्य हेरेपछि लाग्यो, हाम्रो देशमा पनि सातदशक यता पटक पटक आन्दोलन र राजनीतिक परिवर्तन भए । सबै आन्दोलन सफल बनाउन युवा, विद्यार्थीहरुकै बढी भूमिका छ । तर देशको राजनीतिक इतिहास परिवर्तनका लागि यति विधि भूमिका खेल्ने धेरैको इतिहास भने संरक्षणको अभावमा गुमनाम नै छ । 
हामी नेपालीले धेरैपल्ट इतिहास बदल्यौँ । तर आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिकलगायत देशमा भएका अन्य घटनाक्रमहरुको ऐतिहासिक महत्व भावी पुस्ताका लागि सुरक्षित राख्न भने सकेका छैनौँ । 

दुईसाता अमेरिकामा रहँदा सिक्न र हेर्न पाएको विषय नै के भने देशको विकास र समृद्धि नेताहरुको भाषणवाट सम्भव हुने कुरा होइन । साँचो अर्थमा देश बनाउने हो भने विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेपवाट टाढा राखेर प्राज्ञिक उन्नयन र अनुसन्धानमा केन्द्रित बनाउने बातावरण बनाउन जरुरी छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २०, २०७६  ०९:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC